चितवन बस दुर्घटना ,मिनीट्रक पल्टिदा १९ चौपाया मरे, मेलामा आगलागी

२६ माघ ८१, आइतबार

२७ माघ , विराटनगर।

कतै सवारी दुर्घटना त कतै आगलागीले मानवदेखि पशुसम्मलाई ठूलो क्षति पुर्याएको छ । आज विहानै चितवनमा दुई सवारी दुर्घटनामा परि २२ जना यात्रु घाइते भएका छन् भने कयौं चौपायाहरु मरेका छन् ।

नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र०३–००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटनामा परेको हो । बसमा सवार २८ जनामध्ये २२ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

Advertisement

उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस पुलबाट करिव २० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । घाइते हुनेहरुमा दैलख, बर्दिया, राप्ती, नुवाकोट, बाँके, कैलाली, सुर्खेत, काठमाडौँका रहेका छन् ।

घाइतेमध्ये ११ महिला र १४ पुरुष रहेका छन् । अधिकांश घाइतेको अवस्था मध्यम रहेको छ भने केहीको अवस्था सामान्य रहेको छ । घटनाको प्रारम्भिक अनुसन्धान अनुसार, बसको चालकतर्फको अगाडिको टायर पञ्चर भएपछि सन्तुलन गुमेर दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ ।

यस्तै चितवनमा नै खसीबोका बोकेको मिनीट्रक पनि दुर्घटना भएको छ । बिहान करिब साढे ६ बजेको समयमा भएको दुर्घटनामा १९ वटा खसी बोका मरेका छन् । प्रहरीका अनुसार उक्त मिनीट्रकमा बर्दियाबाट एक सयभन्दा बढी खसी बोका काठमाडौंतर्फ लगिइँदै थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको मिनिट्रक दुर्घटना भएको हो । भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा दुर्घटना भएको थियो ।

यसैबीच यता सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महोत्सवस्थलमा आगलागी हुँदा ८० स्टलको समान पूर्णरुपमा नष्ट भएको छ ।

महोत्सव स्थलमा राखिएका १६० स्टल मध्ये ८० स्टलको समान पूर्णरुपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले आगलागीको कारण र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको बताएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top