शंकर र वर्षमानको संवादमा कांग्रेसको प्रष्टीकरण

२७ माघ ८१, सोमबार

२८ माघ,  काठमाण्डौ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आएदिन वर्तमान सरकार ढल्नै लागेको बताउने गरेका छन् । अहिलेको ओली नेतृत्वको सरकार छिटै नै ढल्ने र त्यसपछि बन्ने सरकारमा कांग्रेस नै आफ्नो पार्टनर बन्ने दाबी प्रचण्डले गर्दै आएका छन् ।

अर्कातर्फ यसअघि आफू सरकारमा हुँदादेखिनै भलै त्यतिबेला कांग्रेसलाई साइजमा राख्न किन नहोस् वामपन्थी वा कम्युनिष्ट एकता वा समाजवादीहरुको मोर्चा बनाउन उनी कसिएका थिए । अहिले सरकारबाट बाहिर रहँदा पनि उनको त्यो प्रयास जारी छ ।

उनको यो प्रयास र एमालेका केही नेताहरुको हाउभाउले फेरि पनि नेपाली कांग्रेसको मुटुमा ढ्याग्रो बज्न थालेको छ । हुन त कांग्रेसले आफ्नो साथ छाडेर माओवादीसंग मिल्न जाला भनेर ओलीलाई पनि डर नभएको होइन ।

जसका लागि उनी बेला बखत आफूले देउवालाई कुर्सी सुम्पिने मिति दोहोर्याइरहेकै हुन्छन् । तर पछिल्लो समय भने एमालेलाई भन्दा पनि बढी कांग्रेसको मुटु पोल्न थालेको देखिन्छ । त्यसैले त एमाले र माओवादीका नेताहरुबीच भएको टेलिफोन सम्बादमा समेत कांग्रेसले स्पष्टीकरण दिन थालेको छ ।

शनिबार शंकर पोखरेल र वर्षमान पुनबीच टेलिफोन संवाद भएको थियो । जसका बारेमा पछि दुई नेताबीच आरोप प्रत्यारोप समेत चल्यो । यी दुई नेताहरुबीच भएको संवाद र आरोपप्रत्यारोपमा भने कांग्रेसका पूर्व प्रमुख सचेतक समेत रहिसकेका केन्द्रिय नेता एवं गृहमन्त्री रमेश लेखकले प्रष्टीकरण दिएका छन् ।

लेखकले दुई नेताको संवादले सत्ता गठबन्धनमा समस्या नहुने बताएका हुन् । धनगढीमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेल र माओवादी उपमहासचिव पुनबीच फेरि वाम गठबन्धन गर्ने संवादले सत्ता गठबन्धनमा कुुनै समस्या नहुने उनको जिकिर गरेका हुन् ।

‘कुन नेताले कहाँ के बोल्छन् त्यो उहाँहरुको व्यक्तिगत र राजनीतिक कुरा हो तर संस्थागत रुपमा नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या छैन,’ लेखकले भने, ‘त्यो उहाँहरु दुई जनाबीचको राजनीतिक गफ होला तर त्यसले सरकारलाई कुनै समस्या छैन ।’

गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनमा कुनै समस्या नभएको र दुई दलबीचको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म सरकार चल्ने बताए । सरकारले आफ्ना कामलाई गति दिने उद्देश्यले अध्यादेश ल्याएको बताउँदै लेखकले उचित समयमा संसदमा पेश गरेर पास हुने बताए ।

तर सरकारले ल्याएको अध्यादेश तथा सदनमा पेश गर्ने भनिएका कतिपय विधेयकहरुमा काँग्रेसकै नेताहरुले असन्तुष्टी व्यक्त गरेका छन् । सामाजिक संजाल सम्बन्धी लगायतका विधेयकमा काँग्रेसका दुवै महामन्त्रीहरुले परिमार्जन अवास्यक रहेको बताएका छन् ।

यद्यपि गगन थापाले पनि अहिलेको सरकार ८४ सम्मै जाने दाबी गर्दै आएका छन् । काँग्रेस र एमाले दुवैले सरकारको आयुका बारेमा एकै दाबी गरिरहँदा दुवै एकअर्काप्रति आशंकित भने छन् । माओवादीले बीचमा बसेर खेल खेलिरहँदा दुवै दलबीच शंकाको विउँ झाँगिदै गएको छ ।

एमालेले माओवादीसंग अध्यादेश संसदबाट स्वीकृत गर्न साथ खोज्नु अनि विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भएकाले अब कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अवको बाटो भन्ने एमालेको लाइनले काँग्रेस झक्किनु स्वभाविक नै हो ।

शंकरले वर्षमानाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ भन्नुले महत्वपूर्ण अर्थ राख्ने केहीको बुझाई छ । तर यो कांग्रेसमाथि दबाव बनाइराख्ने रणनीति बाहेक अरु केही नभएको पनि केही ठान्दछन् ।

यसबीच नेकपा एकिकृत समाजवादीका तर्फबाट पनि एमालेलाई सकारात्मक संकेत मिलेको छ । आज मात्रै नेकपा एसका सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले ओली सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था नरहेको बताएका हुन् । खनाल ओलीप्रति सकारात्मक देखिरहँदा यता माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अहिले देशको स्थिति सहज रूपमा अघि बढ्न नसकेको बताएका हुन् । प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोपसमेत अध्यक्ष दाहालको छ ।

मधेशी जनताका लागि दुई पटक संसद्मा संविधान संशोधनको प्रस्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकेको उनले आरोप लगाएका छन् । प्रचण्डले एमालेमा ओलीको नेतृत्वमाथि आरोप लगाइरहँदा पछिल्लो समय एमालेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ ।

एमालेका नेताकार्यकर्तासंगको उनको बाक्लो भेटघाट र त्यसक्रममा जति खेर देश वा पार्टीलाई आवस्यकता पर्छ त्यतिबेला जुनसुकै स्वरुपमा पनि आफूले जिम्मेवारी लिनसक्ने उनको अभिब्यक्तिले एमालेमै तरंग पैदा गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top