१५ गतेदेखि सुपथ पसल, २१ गतेदेखि नयाँ नोट

कठमाडौँ, असोज १३
दसैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । दसैँको लागि अग्रिम टिकट बुकिङ खुलेपछि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी पनि भैरहेको छ । दसैँको बेला १० प्रतिशत गाडीभाडा बढाएको सरकारले खाद्यान्नमा भने छुट दिने बताएको छ ।

नेपाल खाद्य संस्थानले चाडपर्वलाई लक्षित गर्दै आउँदो १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । संस्थानको बैठकले १५ गतेदेखि मात्रै सुपथ मूल्य पसल खुलाउने निर्णय गरेको हो ।

चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन असोज १५ गतेदेखि कात्तिक २७ गतेसम्म यस्तो पसल सञ्चालन गरिने निर्णय भएको संस्थानका सूचना अधिकारी शंकर सापकोटाले जानकारी दिए । संस्थानले आफ्नो शाखा रामशाहपथ, थापाथली र नख्खुबाट दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्नेछ ।

२१ गतेदेखि नयाँ नोट

नेपाल राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साट्ने भएको छ । ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट साटिदिने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले बिहीबारदेखि नयाँ नोट वितरण सुरु गरीसकेको छ । बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि २१ गतेदेखि मात्र सर्वसाधारणलाई वितरण सुरु गर्नेछन् ।

असोज २१ देखि २९ गतेसम्म ५, १०, २० र ५० का दुई, दुई तथा १ सय दरका एक पाकेट सटही गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्न अनुरोध पनि छ ।

काठमाडौं बाहिर राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top