×

NEPAL TIMES UPDATES

Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026
Playing
ट्रम्पको ’इरान डिल’: दाबी एकातिर, जमिनको यथार्थ अर्कैतिर? || Nepal Times
Apr 17, 2026
Playing
कांग्रेस प्रति दिलदार रास्वपा !भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर || Nepal Times
Apr 17, 2026
Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ४८ को मृत्यु

१३ आश्विन २०७५

जाकार्ता, असोज १३
मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ ।

त्यसैगरी अन्य ३६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए ।

Advertisement
Advertisement

“यस प्राकृतिक प्रकोपका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको समेत क्षति भएको छ,” पत्रकार सम्मेलनमा प्रवक्ता नुग्राहोले भने।मध्य इन्डोनेसियाको तटीय क्षेत्रमा ६.०, ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्पपछि ०.५ देखि ३ मिटरसम्मको सुनामी आएको छ ।

यस प्रकोपमा मारिएका र घाइते भएका प्रायः ७.४ म्याग्नीच्युडको भूकम्पबाट पिडित व्यक्तिहरु रहेका छन् । उनीहरुलाई इट्टा र ब्लकले लागेको पनि प्रवक्ता नुग्राहोले बताए ।

तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको समाचारमा जनाइएको छ । त्यसैले पनि धेरै मानवीय तथा भौतिक क्षित भएको अधिकारीहरुको भनाई छ ।

खतराबाट जोगाउनका लागि उद्धार तथा सतर्कता सम्वन्धी कामहरु भइरहेका छन् । तर के कति क्षति भएको छ भन्ने पूर्ण विवरणहरु पनि आउन बाँकी नै रहेको छ ।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेको प्रवक्ता नुग्राहोले बताए ।

यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ ।

Advertisement

विश्वका अन्य देशहरुको तुलनामा इन्डोनेसिया बढी भूकम्प जाने गरेको छ । सन् २०१४ मा पश्चिमी इन्डोनेसियामा गएको ९.३ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो ।
रासस÷एएफपी

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top