शेयर बजारमा यो साता तीन अर्ब बढीको कारोवार

१२ असोज ७५, शनिबार

काठमाडौँ, असोज १३
धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोवार भएको छ ।

कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार २४० कित्ता शेयर खरीद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोवार रकम गत साताको भन्दा २६ दशमलव शुन्य दुई प्रतिशतले बढी हो ।

गत साता १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर खरीद बिक्री भएको थियो ।

Advertisement

यस साता कारोवार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु २३ करोड ३६ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो क्यापिटलको ३० लाख ८५ हजार कित्ता शेयर कारोवार भयो ।

Advertisement

यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोवार भएन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top