NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ? बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

साउदी शान्तिदूत बन्दैः युक्रेनयुद्ध रोक्न छलफल चलाउँदै

आइतवार फाल्गुन ४ , २०८१
Reading Time: 1 min read
A A
साउदी शान्तिदूत बन्दैः युक्रेनयुद्ध रोक्न छलफल चलाउँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ फागुन , एजेन्सी ।

विश्वका दुई क्षेत्रमा जारी दुई ठूला युद्ध, रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्ध अन्त्यका लागि साउदी अरेबियाले शान्तिदूत बन्दै महत्वपूर्ण भूमिका निभाइरहेको छ । इजरायल र हमासबीच युद्धविराम गराउने मध्यस्तकर्तामध्येको एक साउदीले अब रुस र युक्रेनबीचको सेटलमेन्ट तथा शान्ति वार्ताको पहलसमेत गर्ने भएको छ ।

अमेरिकी अधिकारीहरुले निकट समय मै ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरु रुसी र युक्रेनी वार्ताकारसँग भेट गर्न साउदी अरेबिया पुग्ने पुष्टि गरेका छन् । यससंगै युक्रेनमा झन्डै तीन वर्षदेखिको युद्ध अन्त्यका लागि अमेरिका र रूसी अधिकारीबीच साउदी अरबमा छलफल हुने भएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तीन देशका राष्ट्रप्रमुखहरूबीच भेटको वातावरण मिलाउन अमेरिकी र रूसी अधिकारीहरूले साउदी अरबमा वार्ता हुने भएको हो । अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि ह्वाइट हाउसका दूत स्टिभ विटकफ साउदी अरब जानेछन् ।

उनीहरू कहिले जाने भन्ने यकिन नभइसकेको रोयटर्सले जनाएको छ । प्रारम्भिक छलफलका लागि रूसबाट कुन कुन अधिकारी साउदी अरब पुग्नेछन् भन्ने यकिन नभएको पनि ह्वाइट हाउसका अधिकारी माइकल मिककोलले रोयटर्सलाई बताएका छन् ।

ती अधिकारीहरूले साउदी अरबमा ट्रम्प, पुटिन र जेलेन्स्कीको भेटवार्ता र छलफलको वातावरण तय गर्ने भनिएको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी समकक्षी पुटिनसँग लामो टेलिफोन वार्ता गरेका थिए । वार्ताका क्रममा उनीहरूबीच युक्रेनमा जारी युद्ध अन्त्यका लागि छलफल भएको भनेर ट्रम्पले सार्वजनिक गरेका थिए ।

त्यतिबेला उनले मध्यस्थताका लागि अमेरिकाले विदेशमन्त्री मार्को रुबिओ, सिआइएका निर्देशक जोन ¥याटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ज र राजदूत स्टिभ विटकफसहितको टोली बनाएको बताएका थिए ।

ट्रम्पले युद्ध रोक्नका लागि पुटिन पनि सकारात्मक भएको टेलिफोन वार्ताबारे जेलेन्स्कीलाई पनि जानकारी गराउने भनेका थिए । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने युक्रेनलाई साउदी नबोलाइएको बताएका छन् ।

जर्मनीमा शुक्रबार भएको म्युनिख सुरक्षा सम्मेलनका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको साइडलाइन वार्तामा जेलेन्स्कीले आफू त्यसबारेमा अवगत नभएको जानकारी गराएका थिए । उनले आफ्ना अन्य रणनीतिक साझेदारहरूसँगको छलफल अगाडि रूससँगको वार्तामा सहभागी नहुने भनेर भान्सलाई जानकारी गराएको रोयटर्सले समाचारमा लेखेको छ ।

म्युनिख सुरक्षा सम्मेलनमा भान्सले युक्रेन र रूसबीच युद्ध अन्त्यका लागि हुने वार्तामा युरोपेली मुलुकहरूलाई स्थान नदिइने भनेका थिए । त्यसपछि युक्रेनलाई सहायता गर्दै आएका युरोपेली मुलुकका प्रतिनिधिहरूले भान्सलाई किएभको सुरक्षाको ज्ञारेन्टी अमेरिकाले लिन सक्छ भनेर प्रश्न गरेका थिए ।

वार्तामा सहभागी नगराउने भनेपछि युरोपेली मुलुकहरू झस्किएको रोयटर्सले जनाएको छ । यता अमेरिकी विदेशमन्त्री रूबिओले रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग शनिबार कुराकानी भएको बताइएको छ ।

रूसी विदेश मन्त्रालयले ट्रम्प र पुटिनबीच भेटवार्ताका लागि दुई देशबीच नियमित सम्पर्क भइरहेको बताएको छ । पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले चाँडै नै दुई देशका राष्ट्रप्रमुखहरुले एक अर्काको देश भ्रमण गर्ने पनि बताएका थिए ।

ट्रम्पले २० जनवरीमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । रूसविरूद्ध लड्न युक्रेनलाई अमेरिकाले हतियार र पैसा दिँदै आएको छ ।

त्यसका बाबजुद पनि खासै परिणाम नदेखिएपछि युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्नुपर्छ भन्ने पक्षमा रहनेहरूमध्ये ट्रम्प पनि एक हुन् ।

Tags: #अमेरिकी र रूसी अधिकारी#युक्रेनयुद्ध रोक्न छलफल#साउदी शान्तिदूत बन्दै

लोकप्रीय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

विचार

थप समाचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी
अन्तर्राष्ट्रिय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२

हालका पोस्टहरू

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.