NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

मधेशका मुख्यमन्त्रीको स्टिङ अप्रेशन, चालक बनेर गार्डलाई फोन

सोमवार फाल्गुन ५ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
मधेशका मुख्यमन्त्रीको स्टिङ अप्रेशन, चालक बनेर गार्डलाई फोन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ फागुन , विराटनगर।

एकातर्फ दुवैतर्फ बन्दुक बोकाएर डनशैलीमा परेड देखाएपछि जनमतकै प्रतिनिधिसभा सदस्य अब्दुल खानको आलोचना भइरहेको छ भने अर्कातर्फ जनमतबाटै मधेशका मुख्यमन्त्री बनेका सतिशकुमार सिंहको भने प्रशंसा भइरहेको छ ।

मधेशका मुख्यमन्त्री सिंहले जनकपुरधामका अवैध निजी अस्पतालविरुद्ध कडा कारबाही थालेका छन् । अस्पतालहरूको अनुगमन गर्दै उनले अनियमितता उजागर गरिरहेका छन्। उनको स्टिङ अप्रेशन शैलीको यो कदमको सर्वत्र प्रशंसा भइरहेको छ ।

Advertisement

आइतबार उनले थप चार अस्पताल— जनक मेमोरियल, जनकपुर गोदावरी हस्पिटल, जनकपुर मोडल, कृष्णा हस्पिटल— अवैध रूपमा सञ्चालन भइरहेको भेटे। यी अस्पतालहरू दर्ता नगरी चलाइएका कारण आफैं बन्द गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

अनुगमनकै क्रममा साँझ जनकपुर मोडल हस्पिटल पुग्दा मुख्यमन्त्री सिंहले अस्पतालमा बाहिरबाट ताला लागेको देखे। तर, भित्र बत्ती बलिरहेको थियो। उनलाई शंका लाग्यो— कतै अस्पताल सञ्चालकहरूले बिरामीहरूलाई भित्रै थुनेर अनुगमन छल्ने प्रयास त गरिरहेका छैनन् ? यसपछि उनले स्थानीयसँग सोधपुछ गरे।

एकजनाले अस्पतालका गार्डले बाहिरबाट ताला लगाएर गएको बताए। मुख्यमन्त्री सिंहले तत्कालै ती गार्डको नम्बर पत्ता लगाएर फोन गरे। उनले आफू एम्बुलेन्स चालक भएको बताउँदै बिरामी लिएर आएको नाटक गरे।

मुख्यमन्त्रीको फोनपछि सार्वजनिक भिडिओमा गार्डले सोधेका छन्, “तपाईं को?“ मुख्यमन्त्रीले आफू ३११२ नम्बरको एम्बुलेन्स ड्राइभर ‘सरोज’ भएको बताए। उनले गार्डलाई अस्पतालमा ‘राम्रो पार्टी’ अर्थात बिरामी ल्याएको भन्दै राख्न आग्रह गरे। अनि गार्ड झस्किए।

उनले जवाफ फर्काए, “अहिले अनुगमन भइरहेको छ, म बिरामी राख्न सक्दिनँ। गोदावरी हस्पिटलमा लग्नुस्।“ मुख्यमन्त्रीले थप जाँच्न गार्डसँग सोधे, “गोदावरीले कति दिन्छ?“ गार्डले सजिलै जवाफ दिए, “कुरा गरेपछि!“

यो कुराकानीबाट स्पष्ट भएको छ कि, जनकपुरधामका अवैध अस्पतालहरूले बिरामी ल्याउने एम्बुलेन्स चालकलाई कमिसन दिने चलन छ। मुख्यमन्त्री सिंहले अस्पतालका गार्डसँग गरेको यो स्टिङ अप्रेशनको भिडिओ ‘सीएम सतिश सिंह’ नामक फेसबुक पेजमा राखेका छन्।

उनको साहसिक कामको सर्वत्र प्रशंसा भइरहेको छ। नेपाली कांग्रेस मधेसका पूर्वसांसद नरेश यादवले भिडियो सेयर गर्दै लेखेका छन्, “यस्तो कामको लागि धेरै धेरै धन्यवाद। तपाईँ जस्तो मुख्यमन्त्री मात्रै होइन, प्रधानमन्त्री भए देश भ्रस्टाचारमुक्त हुने थियो! जय हो मुख्यमन्त्री सतिश सिंह जी!“

मुख्यमन्त्री सिंह र स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंहले अहिलेसम्म तीन दर्जनभन्दा बढी अस्पतालहरूको अनुगमन गरिसकेका छन्। जसअन्तर्गत मापदण्डविपरीतका पाँच अस्पताल बन्द भइसकेका छन्।

प्रदेश संरचनालाई लिएर प्रश्न उठिरहेका बेला मधेशका मुख्यमन्त्रीको यस अभियानलाई जनताले निकै सकारात्मक रूपमा लिएका छन्। अब यो पहल केही दिनका लागि मात्रै प्रशंसामा सिमित हुन्छ कि स्थायी सुधारमा रूपान्तरण हुन्छ त्यो भने हेर्न बाँकी नै छ।

Tags: #अवैध अस्पतालको शल्यक्रिया#चालक बनेर गार्डलाई फोन#मधेशका मुख्यमन्त्रीको स्टिङ अप्रेशन

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.