बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा, साढे ८ करोड बिगो

५ फागुन ८१, मंगलबार

६ फागुन , काठमाण्डौ ।

तपस्वी एवं लिटिल बुद्ध भनेर चर्चामा आएका रामबहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको छ । सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् सहायक जिल्ला न्यायाधिवक्ता नारायणप्रसाद घिमिरे बताएका छन् ।

बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा ८ करोड ५९ लाख रुपैयाँ बिगो कायम गरिएको छ । हाल उनी बाल यौन दुव्र्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका छन्। जिल्ला अदालत, सर्लाहीले उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) ’छ’ अनुसारको कसुर गरेको ठहर गरेको छ ।

Advertisement

दफा ६६ मा बालबालिकाविरूद्वका कसुरहरू उल्लेख गरिएको छ । उक्त दफाअन्तर्गत उपदफा (३) मा बाल यौन दुव्र्यवहार गरेको मानिने अवस्था किटान गरिएको छ । र, उपदफा (३) ’छ’ मा यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने कार्यलाई बाल यौन दुव्र्यवहार मानिएको छ ।

अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकेको छ । पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि भएको थियो । एउटा अपराधमा सजाय भुक्तान गरिरहेका बम्जनविरुद्ध पुनः अर्को मुद्दा दर्ता भएको हो ।

Advertisement

बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको आरोपमा जाहेरी परेको थियो । २०८० सालको पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको बूढानीलकण्ठस्थित एक घरबाट उनलाई पक्राउ गरेको थियो ।

त्यसअघि प्रहरीले लामो समयसम्म पक्राउको प्रयास गरे पनि असफल भएको थियो । तीन महिना पछ्याएर उनलाई पक्राउ गर्न सफल भएको थियो । बूढानीलकण्ठमा उनलाई पक्राउ गरेर घरमा खानतलासी लिँदा विभिन्न देशका मुद्रा फेला परेका थिए ।

उनको घरबाट सीआईबीले ३ करोड ३ लाख नेपाली रुपैयाँ र अरू १७ देशका मुद्रा ३० लाख ९२ हजार रूपैयाँबराबरका बरामद भएका थिए । उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको हो ।

मध्य तराईको बाराको एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका बमजनले सन् २००५ मा एकाएक चर्चा बटुलेका थिए । त्यतिबेला १६ वर्षीय बम्जनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए ।

ध्यानमा रहेका बेला उनी सेतो पातलो कपडामा थिए भने आँखा बन्द थियो । यसरी ध्यानमै बसेपछि उनी एकाएक चर्चामा आएका थिए । उनको चर्चा अन्तर्राष्ट्रियस्तरसम्मै भयो । उनी ध्यानमा बसेको स्थानमा स्थानीयवासी मात्र होइन, बाहिरबाट तीर्थयात्रीहरू पनि आउन थाले ।

यसै बेला उनी ध्यानमा बसेको एक तस्वीर विश्वचर्चित नै बन्न पुग्यो । यसरी बौद्ध धर्मावलम्बीका उनी एक पूज्य व्यक्ति नै बन्न पुगे । तर, उनको उपासनामा रहेका भक्तजन नै यौनशोषणको सिकार बनेको र हत्या भएको चर्चाले उनी लुकेर हिँड्नुपर्ने अवस्था आयो ।

बम्जन आबद्ध धार्मिक संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को अप्रिल १० तारिखमा रतनपुर, बारामा भएको थियो । उनका मातापिता किसान थिए । उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो ।

उनका ५ छोरा र ४ छोरी छन् । रामबहादुर तेस्रो छोरा हुन् । उनका अनुयायीहरूले बम्जन ६ महिनासम्म पानीसमेत नपिएर ध्यानमा लीन भइसकेको र बुद्धत्व प्राप्त नहुँदासम्म उनी ध्यानमै रहने बताएका थिए ।

गौतम बुद्धको आमाको नाम मायादेवीसँग बम्जनकी आमाको नाम पनि मिलेका कारण स्थानीयहरूले उनले गरेको तपस्यालाई गौतम बुद्धसँग जोडेर हेरेका थिए । तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिनै रह्यो ।

१६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बम्जन पहिलोपटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए । अनुयायीहरूले बिस्तारै बम्जन ध्यानमा बसेको क्षेत्रलाई लुङ्ता छोर्तेनजस्ता धार्मिक ध्वजापताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिकस्थलमा परिणत हुँदै गएको थियो ।

बाराबाहेक सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत उनको आश्रम रहेको प्रहरीले जनाएको छ । तिनै बमजन बलात्कार मुद्दामा दोषी ठहर भएपछि अहिले १० वर्षको जेल सजाय काटिरहेका छन् भने उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको समेत मुद्दा दायर भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top