×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’, नयाँ नाम ‘माँ प्रेमा हाँस्या’

७ फाल्गुन २०८१

७ फागुन , काठमाण्डौ।

केही समयअघि मात्रै पति छवि ओझासँगको दाम्पत्य जीवनलाई कानूनी रुपमा नै टुंग्याएकी अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेकी हुन् ।

Advertisement
Advertisement

ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ । अभिनेत्री समेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले यसबारे जानकारी दिँदै शिल्पाले नवसन्यास लिएकोमा खुसी जनाएकी छन् ।

शिल्पालाई शुभकामना दिँदै शोभिता भनेकी छन् ,‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डो¥याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।’

चलचित्र ‘लज्जा’बाट चलचित्र अभिनयमा डेब्यु गरेकी शिल्पाले ९ फिल्ममा अभिनय गरेकी छिन् । हवल्दार सुन्तली, फागु, किस्मत २, मंगलम उनका चर्चित फिल्म हुन् । उनको पछिल्लो फिल्म ‘भिलेन’ ७ वर्षअघि रिलिज भएको थियो ।

त्यसयता उनी पूर्वश्रीमान तथा फिल्म निर्माता छविराज ओझासँगको वैवाहिक सम्बन्धले चर्चामा रहेकी थिइन् । यसअघि जनमत पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्य सिके राउत पनि ओशो सन्यासी बनेका थिए ।

सीके राउतले नयाँ नाम ‘आनन्द मैत्रय’ पाएका छन् । यस्तै काठमाडौँको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पनि ओशो सन्यासी बनेका थिए ।

ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका थिए । सन्यासका क्रममा दिइएको नामबाटै सन्यासीलाई बोलाउने चलन छ ।

सन्यासी बनेका पुरुषको नाम अगाडि ‘स्वामी’ र महिलाको नाम अगाडि ‘मा’ लेख्ने गरिन्छ । शब्दकोषमा हेर्ने हो भने सन्यास शब्दको अर्थ–‘सम्पूर्ण त्याग, परिपूर्ण समर्पण’ भन्ने हुन्छ । सन्यासीको अर्थ ‘सबै कुराको परित्याग गर्नु, बैराग्य, त्यागी, बैरागी, योगी’ भन्ने अर्थ लाग्छ ।

शब्दकोषमा भएको यो शब्दको माने अनुसार ओशो सन्यासीहरुले घरबार, आफन्त, गरिरहेको पेशा छोड्ने भने गर्दैनन् । ओशो कुनै छुट्टै धर्म होइन न त हो कुनै सम्प्रदाय । ओशोको धर्म केवल ’प्रेमझ को धर्म हो । प्रेम अर्थात ’उत्सवझ ।

Advertisement

ओशोले भनेका छन् ” मेरो धर्म उत्सव हो र गोत्र ’आनन्द यसको अर्थ हो – हरेक पललाई प्रेम गरौँ । उत्सवमय बनाऔँ र आनन्दमय बनौँ । र मलाई लाग्छ, हामी प्रत्येक मानिसले अन्ततः खोजेको पनि प्रेम ,उत्सव र आनन्द नै हो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top