NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ? बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

दबंग बनेको किट कलेजलाई नेपालीसँग कसले झुकायो ?

बुधबार फाल्गुन ७ , २०८१
Reading Time: 1 min read
A A
नेपाल प्रहरी ओडिसा पुग्यो,नेपाली कुट्ने गार्ड पक्राउ, किटको याचना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ फागुन , एजेन्सी ।

भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका डेढसय भन्दा बढी नेपाल विद्यार्थीहरु घर फर्किएका छन् भने ठूलो संख्यामा थप नेपाली विद्यार्थीहरु घर फर्किने क्रममा रहेको नेपाल आइपुगेका विद्यार्थीहरुले बताएका छन् ।

किट कलेजबाट निकालिएका विद्यार्थीहरू विराटनगर, काकडभिट्टा, वीरगञ्ज नाका हुँदै घर फर्किएका हुन् । पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशान राज गौतमका अनुशार अहिलेसम्म ७६ छात्र र १९ छात्रा वीरगन्ज नाका हुँदै घर फर्किएका छन् ।

उनले फर्किएका मध्ये करिब ८० प्रतिशत विद्यार्थी पर्साकै रहेको बताए । केहि विद्यार्थी मात्र बाहिर जिल्लाको रहेको र उनीहरू आफ्नै हिसाबले घरतर्फ लागेको उनको भनाई छ । यता कोशी प्रदेशका जोगवनी र काकडभिट्टा नाकाबाट गरी हिजो बेलुकादेखि आज विहानसम्म ३१ जना विद्यार्थी फर्किएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

फर्किएका विद्यार्थीहरूको विवरण सीमामा खटेका सुरक्षाकर्मीले राखेका छन् । उनीहरू आफ्नो सरसामान र किताब कापी लिएर पनि फर्किन नपाएको गुनासो गरेका छन् । कलेजबाट लखेटिएका नेपाली विद्यार्थीहरुलाई पुन कलेज फर्काउनका लागि लगातार फोन आइरहेको नेपाल फर्किएका विद्यार्थीहरुले बताएका छन् ।

कलेजमा १४ सय हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत रहेकोमा अहिले चौथो सेमेस्टरका केही विद्यार्थीहरु मात्रै ओडिसामा रहेको फर्किएका विद्यार्थीहरुले बताएका छन् । भारतले दबाउन खोजेको नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु घटना विद्यार्थीको आन्दोलन र त्यसपछिको ब्यापक दबाबपछि यसको निष्पक्ष अनुशन्धानको अवस्थामा पुगेको छ ।

सुरुमा ओडिसा स्थित किट कलेजले घटनाको सत्यता लुकाउन भरपुर प्रयास गरेको विद्यार्थीहरुले बताएका छन् । सो घटनाको छानविनका लागि आवाज उठाउदा नै नेपाली विद्यार्थी कुटिएका थिए भने पछि लखेटिएका थिए । तर, न्यायिक दबाब बढेपछि कलेज प्रशासन झुकेको छ ।

कर्मचारीहरुले माफी मागेका छन् भने प्रकृतिको न्यायका लागि नेपाल र भारतमा समेत विद्यार्थीले दबाब बढाएका छन् । बुटवलकी २० वर्षीया प्रकृत्ति लम्साल बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्। तर, शनिबार साँझ कलेजकै होस्टेलभित्र झुण्डिएको अवस्थामा फेला परिन् ।

यसलाई कलेज प्रशासन र भारतीय मिडियाले आत्महत्या भने पनि विद्यार्थीहरुका अनुुसार घटना शंकास्पद थियो । प्रकृतिले एकजना विद्यार्थीले आफूलाई पटक–पटक मानसिक यातना दिएको भन्दै कलेज प्रशासनमा दुईपटक लिखित उजुरी दिएकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अद्धिवक श्रीवास्तव नाम गरेका युवकले यातना दिने गरेको भन्दै उजुुरी गरे पनि कलेजले सुनुवाइ गरेन । त्यसपछि श्रीवास्तवले प्रकृतिलाई धम्कीपूर्ण र आपत्तिजनक शैलीमा म्यासेज र कल गरेका थिए ।

श्रीवास्तवले पटकपटक यातना दिँदासमेत कलेज प्रशासनले गम्भीरता नदेखाएको भन्दै नेपाली विद्यार्थीहरुले न्यायको अपिल गरेका थिए । घटना बाहिरिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो राख्दै भारतीय पक्षसँग दबाब बढाएका थिए लगत्तै परराष्ट्र मन्त्रालय हुँदै भारतस्थित नेपाली दूतावासले भारतीय पक्षसँग संवाद गरेको थियो भने नेपाली दूतावासबाट दुई जना सुरक्षा अधिकारीलाई ओडिसा पठाइएको थियो ।

नेपाली पक्षको दबाबपछि लगातार कलेजका तर्फबाट विज्ञप्ति जारी भएका थिए भने नेपाली विद्यार्थीहरुलाई गालीगलौज गर्ने कर्मचारीहरुले माफी मागेका थिए । ओडिसाको विधानसभामा समेत यो विषय उठेपछि प्रदेश सरकारले यसको छानविनका लागि समिति गठन गरेको छ भने कलेज प्रशासनका कर्मचारी र प्रकृतिलाई प्रताडित गर्ने भनिएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारबाही सुरु गरेको छ ।

Tags: #ओडिसाबाट डेढ सय विद्यार्थी नेपाल आइपुगे#किट कलेज#दबंग बनेको किट कलेज

लोकप्रीय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

विचार

थप समाचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी
अन्तर्राष्ट्रिय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२

हालका पोस्टहरू

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.