उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?

११ फागुन ८१, सोमबार

१२ फागुन, काठमाण्डौ।

सरकार परिवर्तनयता नै लगातार प्रधानमन्त्री केपी शर्मा ओलीदेखि उर्जामन्त्रीसम्मको निशानामा परेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ।

आज बस्ने मन्त्रिपरिषद् बैठकका लागि उर्जामन्त्रालयबाट कुलमानलाई हटाउने प्रस्ताव गईसकेको उर्जामन्त्री निकट स्रोतले जनाएको छ । यसअघि नै कुलमानलाई हटाउने प्रस्ताव लगिएको भएपनि नेपाल काग्रेसकै तर्फबाट मन्त्री भएका गृहमन्त्री रमेश लेखक विपक्षमा उभिएपछि यो निर्णय रोकिएको खबर बाहिरिएको थियो ।

तर आज उर्जा मन्त्रालयले पहिलो एजेण्डाका रुपमा कुलमान हटाउने प्रस्ताव अघि बढाउने स्रोतले बताएको छ। उर्जामन्त्री दीपक खड्काले सत्ताघटकको सर्वसहमतिमा प्रस्ताव लैजान लागेका हुन्। पटक–पटक सरकारको निर्देशन लत्याएको, चित्तबुझ्दो जवाफ नदिएको र प्राधिकरणमा मनपरी गरेको आरोप कुलमानमाथि छ।

उर्जामन्त्री खड्काले कुलमानले सरकार विरुद्ध राजनीति गरेको बताएका छन् । माओवादी केन्द्रले संसदको हरेक संसदिय समितिदेखि संसद वैठकमा कुलमानको कुरा उठाउने गरेको छ।कुलमानलाई सरकारले हटाए संसद देखि सडकसम्म चर्काउने माओवादीका सांसदहरुले संसद वैठकमा चेतावनी दिने गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा पनि नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले कुलमान घिसिङलाई हटाउने भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै उज्यालो नेपाल बनाएर कुलमानले के गल्ति गरे भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, , ‘काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै उर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यु ? दुधकोशी जलविद्यतुको सिईओ विमल गुरुङलाई कारबाही गरिएको हो कि के हो ? पत्र सार्वजनिक भएको छ ।

मन्त्रीको आलोचना गरेको कारणले । विद्युत नियमन आयोगले महशुल नतिर्नेहरुको लाइन काट्ने हो कि तिर्नेहरुको लाइन काट्ने हो ?मैले पत्रिकामा पढेअनुसार महशुल नतिर्नेहरुको लाइन नकाट्न भनेर निर्देशन गरिएको छ ।

कुलमान घिसिङलाई बेलुका हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ । कुलमानले उज्यालो नेपाल बनाएर के गल्ति गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएर के गल्ती गरे कुलमानले ?’

उनले कुलमान घिसिङले घाटामा गएको विद्युत प्राधिकरण नाफामा ल्याएको बताएका छन् । सरकारले विद्युत महशुल नतिर्नेहरुको नभई तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको आरोप पनि उनले लगाएका छन् ।

उनले उर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोशी जलविद्युत आयोजनाका सिईओ विमल गुरुङमाथि कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन् । नेपालमा कुनै समय १२ देखि १८ घण्टासम्मको लोडसेडिङ आम नागरिकको नियति बनेको थियो।

व्यापार, उद्योग, कार्यालयदेखि सर्वसाधारणको दैनिकीसमेत अन्धकारमय बनाइरहेको अवस्थामा एक व्यक्तिको आगमनले देशको ऊर्जा क्षेत्रमा क्रान्ति ल्यायो— उनी हुन् कुलमान घिसिङ। २०७३ सालमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा कुलमान घिसिङको नियुक्ति भएपछि उनले नेपालमा लोडसेडिङ उन्मूलनको नेतृत्व गरे ।

नेपालभरि द्रुत रूपमा विद्युत् आपूर्ति सुधार, विद्युत् चुहावट नियन्त्रण र उत्पादन व्यवस्थापन गर्दै उनले २०७५ मा नेपाललाई लोडसेडिङमुक्त भएको घोषणा गरेका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top