NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै सोमवार अशोज २७ , २०८२
ओली राजीनामा दिँदै नदिने, सडक तताउने सोमवार अशोज २७ , २०८२
सुरु भयो चिसो र हुस्सु सोमवार अशोज २७ , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?

सोमवार फाल्गुन १२ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ फागुन, काठमाण्डौ।

सरकार परिवर्तनयता नै लगातार प्रधानमन्त्री केपी शर्मा ओलीदेखि उर्जामन्त्रीसम्मको निशानामा परेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ।

आज बस्ने मन्त्रिपरिषद् बैठकका लागि उर्जामन्त्रालयबाट कुलमानलाई हटाउने प्रस्ताव गईसकेको उर्जामन्त्री निकट स्रोतले जनाएको छ । यसअघि नै कुलमानलाई हटाउने प्रस्ताव लगिएको भएपनि नेपाल काग्रेसकै तर्फबाट मन्त्री भएका गृहमन्त्री रमेश लेखक विपक्षमा उभिएपछि यो निर्णय रोकिएको खबर बाहिरिएको थियो ।

LS Auto

तर आज उर्जा मन्त्रालयले पहिलो एजेण्डाका रुपमा कुलमान हटाउने प्रस्ताव अघि बढाउने स्रोतले बताएको छ। उर्जामन्त्री दीपक खड्काले सत्ताघटकको सर्वसहमतिमा प्रस्ताव लैजान लागेका हुन्। पटक–पटक सरकारको निर्देशन लत्याएको, चित्तबुझ्दो जवाफ नदिएको र प्राधिकरणमा मनपरी गरेको आरोप कुलमानमाथि छ।

उर्जामन्त्री खड्काले कुलमानले सरकार विरुद्ध राजनीति गरेको बताएका छन् । माओवादी केन्द्रले संसदको हरेक संसदिय समितिदेखि संसद वैठकमा कुलमानको कुरा उठाउने गरेको छ।कुलमानलाई सरकारले हटाए संसद देखि सडकसम्म चर्काउने माओवादीका सांसदहरुले संसद वैठकमा चेतावनी दिने गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा पनि नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले कुलमान घिसिङलाई हटाउने भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै उज्यालो नेपाल बनाएर कुलमानले के गल्ति गरे भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, , ‘काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै उर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यु ? दुधकोशी जलविद्यतुको सिईओ विमल गुरुङलाई कारबाही गरिएको हो कि के हो ? पत्र सार्वजनिक भएको छ ।

मन्त्रीको आलोचना गरेको कारणले । विद्युत नियमन आयोगले महशुल नतिर्नेहरुको लाइन काट्ने हो कि तिर्नेहरुको लाइन काट्ने हो ?मैले पत्रिकामा पढेअनुसार महशुल नतिर्नेहरुको लाइन नकाट्न भनेर निर्देशन गरिएको छ ।

कुलमान घिसिङलाई बेलुका हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ । कुलमानले उज्यालो नेपाल बनाएर के गल्ति गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएर के गल्ती गरे कुलमानले ?’

उनले कुलमान घिसिङले घाटामा गएको विद्युत प्राधिकरण नाफामा ल्याएको बताएका छन् । सरकारले विद्युत महशुल नतिर्नेहरुको नभई तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको आरोप पनि उनले लगाएका छन् ।

उनले उर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोशी जलविद्युत आयोजनाका सिईओ विमल गुरुङमाथि कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन् । नेपालमा कुनै समय १२ देखि १८ घण्टासम्मको लोडसेडिङ आम नागरिकको नियति बनेको थियो।

व्यापार, उद्योग, कार्यालयदेखि सर्वसाधारणको दैनिकीसमेत अन्धकारमय बनाइरहेको अवस्थामा एक व्यक्तिको आगमनले देशको ऊर्जा क्षेत्रमा क्रान्ति ल्यायो— उनी हुन् कुलमान घिसिङ। २०७३ सालमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा कुलमान घिसिङको नियुक्ति भएपछि उनले नेपालमा लोडसेडिङ उन्मूलनको नेतृत्व गरे ।

नेपालभरि द्रुत रूपमा विद्युत् आपूर्ति सुधार, विद्युत् चुहावट नियन्त्रण र उत्पादन व्यवस्थापन गर्दै उनले २०७५ मा नेपाललाई लोडसेडिङमुक्त भएको घोषणा गरेका थिए ।

Tags: #कुलमान घिसिङ#सरकारको निशानामा कुलमान

लोकप्रीय

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

विचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

थप समाचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै
खेलकुद

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै
ताजा समाचार

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

सुरु भयो चिसो र हुस्सु

सोमवार अशोज २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.