NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी मङ्लबार कार्तिक ४ , २०८२
गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी मङ्लबार कार्तिक ४ , २०८२
चीनलाई १५५% ट्यारिफ लगाउने ट्रम्पको ध म्की मङ्लबार कार्तिक ४ , २०८२
Next
Prev

समाचार

हमासले जारी गर्याे भावनात्मक भिडिओ,विपिनको अवस्थाबारे सबै बेखबर

आइतवार फाल्गुन १८ , २०८१
Reading Time: 1 min read
A A
हमासले जारी गर्याे भावनात्मक भिडिओ,विपिनको अवस्थाबारे सबै बेखबर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१८ फागुन , एजेन्सी ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्धविराम सम्झौताको अस्थायी विस्तारलाई अनुमोदन गरेका छन् । रमजान र यहुदीहरूको सुरक्षालाई ध्यानमा राख्दै सरकारले गाजा युद्धविरामलाई थप ६ हप्ताका लागि अस्थायी रूपमा विस्तार गर्न अनुमोदन गरेको नेतन्याहुले बताएका छन् ।

शनिबार मध्यराति पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो । यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ ह्विटलले गरेका हुन् । तर इजरायलले वार्ताको अर्को चरण असफल भएको महसुस गरेमा ६ हप्ता अर्थात् ४२ दिनपछि उसले पुनः लडाइँ सुरु गर्न सक्ने बीबीसीले जनाएको छ ।

यसअघि इजरायल र हमासबीच पहिलो चरणअन्तर्गत जनवरी १९ देखि मार्च १ सम्म युद्धविरामको सहमति भएको थियो । यस अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ । बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा अचानक हमला गरेपछि दुई पक्षबीच युद्ध भइरहेको थियो । त्यसको १५ महिनाभन्दा बढी लामो समयपछि जनवरी १९ देखि युद्धविराम गरिएको हो ।
यसअघि प्यालेस्टिनी हमास समूहले एक भिडियो जारी गरेको थियो, जसलाई इजरायलले प्रचारको रूपमा खारेज ग¥यो।

भिडियोमा दुई बन्धक दाजुभाइबीचको भावनात्मक क्षण देखाइएको थियो। हमासले भिडियोमा जोड दिँदै भनेको छ कि समय समाप्त हुँदैछ र केवल युद्धविराम सम्झौताबाटै बन्धकहरूलाई फिर्ता ल्याउन सकिन्छ। तर इजरायल आफ्नो अडानमा कायम छ।

यसलाई लिएर इजरायलले हमासको प्रचार भनेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयबाट जारी गरिएको बयानमा भनिएको छ कि बन्धकहरूको प्रयोग मनोवैज्ञानिक युद्धका लागि गरिएको छ र सरकार यस्तो रणनीतिबाट विचलित हुने छैन।

त्यसपछि प्रधानमन्त्री कार्यालयले भन्यो, “हमास आतंककारी संगठनले आज बेलुकी अर्को निर्दयी प्रचार भिडियो प्रसारण गरेको छ जसमा हाम्रा बन्धकहरूलाई मनोवैज्ञानिक युद्धमा संलग्न गरिन बाध्य पारिएको छ। इजरायल हमासको प्रचारबाट विचलित हुने छैन।

हामी हाम्रा सबै बन्धकहरूको फिर्तीका लागि तथा युद्धका सबै उद्देश्यहरू पूरा नभएसम्म निरन्तर लागिरहनेछौं।“ तीन मिनेट लामो भिडियोमा इजरायली–अर्जेन्टिनी दाजुभाइ याएर होर्न र इटन होर्नलाई फेब्रुअरी १५ मा रिहा हुनु केही समयअघि बिदाइ गर्दै देखाइएको थियो।

तेस्रो बन्धक सागुई डेकेल–चेन, जसलाई पनि रिहा गरिएको थियो, दुई अन्य व्यक्तिहरूसँग देखिन्छन्, जसको अनुहार धमिलो पारिएको छ।भिडियोमा, इटनलाई आफ्ना परिवार र साथीहरूलाई विरोध जारी राख्न र बन्धकहरूलाई फिर्ता ल्याउनका लागि सबैथोक गर्न अनुरोध गरिरहेको सुनिन्छ।

बन्धकहरूलाई भिडियोमा भन्दै गरेको सुनिन्छ, “परिवारहरूलाई अलग गर्नु सही होइन। हाम्रो जीवन नष्ट नगर। मेरी आमा, बुबा र सबैलाई भन कि उनीहरूले प्रदर्शन जारी राखून् र यो सरकारले सम्झौताको दोस्रो चरणमा हस्ताक्षर गर्ने तथा हामीलाई घर फर्काउने बेलासम्म नरोकियोस् ।“

याएर, जो अहिले इजरायल फर्किसकेका छन्, उनले भनेका छन्, “यदि सरकारसँग मुटु छ, थोरै विवेक छ भने, उसले सम्झौतामा हस्ताक्षर गर्नुपर्छ। दोस्रो र तेस्रो चरणमा हस्ताक्षर गर्नुहोस्। धेरै भइसकेको छ युद्ध, धेरै भइसकेका छन् मृत्युहरू। अरूको जीवन नष्ट गर्नु धेरै भइसक्यो। धेरै भयो… धेरै भयो… धेरै भयो।“

यसैबीच हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको र रिहा हुने अपेक्षा गरिए पनि अहिलेसम्म अन्योल नै छ । यसबीच नेपाल सरकारले पनि इजरायल र हमास युद्धमा बेपत्ता कञ्चनपुरका युवा विपिन जोशीको तत्कालको अवस्थाबारे जानकारी नरहेको जनाएको छ ।

जेनेभामा संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा शुक्रबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिनको पछिल्लो अवस्थाबारे यथार्थ जानकारी नभएको बताएकी हुन् । यसअघि उनले नै विपिन सकुशल रहेको र चाँडो रिहाइको पहल भएको बताउँदै आएकी थिइन् ।

‘विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसके पनि उनको रिहाइका लागि पहल गरिराखेका छौँ । अन्तर्राष्ट्रिय जगतबाट जोशी हमासको कब्जामा रहेको भए रिहाइ हुने आश्वासन पाएका छौँ,’ जेनेभाबाट शुक्रबार फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणाले भनिन् ।

तर, जोशी चाँडै मुक्त हुनेमा आफूहरू आशावादी रहेको उनले बताएकी छिन् । सरकारले हमास समूहसँग निकट रहेको र युद्धविराममा मध्यस्थकर्ता रहेका कतार, इजिप्टसहित इरान, साउदी अरबलगायत सबैसँग विपिन रिहाइका लागि कूटनीतिक प्रयास गर्दै आएको छ ।

एमनेस्टी इन्टरनेसनलका अनुसार हमास समूहको नियन्त्रणमा रहेका ५९ जनामध्ये २४ जना जीवित रहेको अनुमान छ । नेपाल सरकारले विपिन पनि तिनैमध्ये एक हुन सक्ने आकलन गरेको छ । पहिलो चरणको युद्धविराममा उनको रिहाइ सम्भव भएन ।

Tags: ##3गाजा युद्धविराम अवधि#हमासले जारी गर्याे भावनात्मक भिडिओविपिनको अवस्थाबारे सबै बेखबर

लोकप्रीय

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२

विचार

थप समाचार

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
आर्थिक

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी
खेलकुद

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२
गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी
ताजा समाचार

गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी

मङ्लबार कार्तिक ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.