×

NEPAL TIMES UPDATES

Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026

युक्रेनको रेयर अर्थ मिनरल कति मूल्यवान छ ?

१९ फाल्गुन २०८१

१९ फागुन , एजेन्सी ।

यतिबेला विश्वमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र यूक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भएको भनाभनबारे चर्चा परिचर्चा छ । यसमा विश्व नै दुई कित्तामा बाँडिएको छ, कोही ट्रम्पको पक्षमा कोही जेलेन्स्कीको पक्षमा आफ्ना तर्क राखिरहेका छन् ।

Advertisement
Advertisement

कसैले ट्रम्पले पाहुनालाई बोलाएर विश्व कुटनीतिकै धज्जी उडाएको बताइरहेका छन् भने, कसैले जेलेन्स्कीको हिम्मत भन्दै प्रशंसा, संगै उनले सबैभन्दा ठूलो कुटनीतिक गल्ती गरेको पनि तर्क गरेका छन् ।

यद्यपि अहिले सिंगो यूरोप उनको साथमा उभिएको छ । यसबीच जेलेन्स्कीले पनि ट्रम्पसंग पुनः वार्ता हुनसक्ने बताएका छन्, र त्यो बन्द कोठामा हुनुपर्ने उनको माग छ । साथै अझै आफू अमेरिकासंग खनिज सम्झौताका लागि पनि तयार रहेको बताएका छन् ।

उता यसै मौका छोपेर रुसले पनि अमेरिकालाई बहुमुल्य खनिजमा अमेरिकासंग सहकार्य गर्न चाहेको बताएको छ । यी सबका बीच, विशेषगरी जारी युद्धकाबीच अहिले एकाएक रेयर अर्थ मिनरल अर्थाथ बहुमूल्य खनिजले विश्वको ध्यान खिँचेको छ ।

जुन विश्वकै सबैभन्दा धेरै चीनमा, यस्तै भारत, रुस, युक्रेन लगायतका देशहरुमा ठूलो परिमाणमा रहेको छ । यी मध्ये युक्रेनको कुरा गरौं । युक्रेन निश्चितरुपमा रूसी हमलामा नराम्रो गरी ध्वस्त भएको छ तर यो देश प्राकृतिक सम्पदाहरु संपन्न देश हो ।

यस मामिलामा बास्तवमै ईश्वरले नै यो सुन्दर देशको पोल्टा खनिजले भरिदिएका छन् । एक रिपोर्टका अनुसार यूक्रेनमा विश्वकै सबैभन्दा मूल्यवान खनिज पदाथहरुको अकूत भंडार छ । यसमा ग्रेफाइट, म्याग्नेसियम, फलाम, बेरिलियम, लिथियम, यूरेनियम र टिट्यानियम रहेका छन् ।

यी यस्ता खनीज पदार्थ हुन जुन अहिलेको समयमा कुनै पनि देशको भाग्य बदल्न सक्छन् । यसमध्ये लिथियम, यूरेनियम र टिट्यानियमका मामिलामा त युक्रेन यूरोपकै राजा हो । युक्रेनको भन्दा धेरै यी तिन खनिजहरु यूरोपका कुनै पनि अन्य देशमा छैनन ।

भिजुवल क्यापिालिस्ट डट कमका अनुसार यी खनिजहरुको कुल मूल्य करीब १५ ट्रिलियन डलर छ । अर्थात छिमेकी देश भारतको उदाहरण लिने हो भने यसको अर्थव्यवस्थाको आकार करीब ३.५ ट्रिलियन डलर छ, अर्थात यूक्रेनको यो भंडार भारतको इकोनमीभन्दा तीन गुना ठूलो छ ।

अमेरिका सहित रूस र विश्वका अन्य देशहरुको नजर यूक्रेनको संपत्तिमा छ । रिपोर्टका अनुसार यूक्रेनसंग कयौं रेयर अर्थ मिनरलको अकूत भंडार छ । यी खनिजहरु लाउड स्पीकर र कम्प्यूटर हार्ड डिस्क जस्ता हाईटेक प्रोडक्ट्स बनाउन प्रयोग गरिन्छ ।

यूक्रेनको जियोलोगिकल सर्भेका अनुसार उसंग करीब १५ ट्रिलियन डलरको मिनरल्स छन् । यो मामिलामा युक्रेन यूरोपको एक सबैभन्दा धनी देश हो । यसमा पनि के मानिन्छ भने, विश्वको ५० सबैभन्दा दुर्लभ खनिजहरुमध्ये २३ वटाको भंडार यूक्रेनमा छ ।

जसमा टिट्यानियमको प्रयोग सैन्य र एयरस्पेस उद्योगका उपकरण बनाउनमा प्रयोग हुन्छ । ग्रेफाइट– ब्याट्री उत्पादनमा प्रयोग हुन्छ । लिथियम– लिथियम आइरन ब्याट्री बनाउनमा यो खनिज सबैभन्दा आवस्यक छ ।

बेरीलियम– रक्षा र टेलीकम्यूनिकेशन उद्योगका लागि निकै महत्वपूर्ण छ । रेयर अर्थ इलेमेन्ट्स– इलेक्ट्रोनिक्स, रिन्यूएबल एनर्जी र डिफेन्स इन्डस्ट्रीका लागि निकै आवस्यक छ । युक्रेनका धर्तीमा लुकेका यी बहुमूल्य खजानाकै लागि नै अमेरिकाले अहिलेसम्म उसलाई सहयोग गरिरहेको कम्तीमा पनि अहिले आएर पुष्टि भएको छ ।

Advertisement

यसैका लागि उसले युक्रेनमा पैसाको खोलो बगाएको थियो । यदी सम्झौता भयो भने यूक्रेनकाका यी खनिज सम्पदाले अमेरिकाको सप्लाई चेनलाई बलियो बनाउने छ । उनको चीनमा निर्भरता कम हुनेछ । किनभने यो समयमा रेयर अर्थका मामिलामा चीन सबैभन्दा ठूलो ग्लोबल खेलाडी बनेर उदाएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top