×

NEPAL TIMES UPDATES

Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026

लाज शरणम्, मायावी र फिलिलीः कुन फिल्म कस्ता छन् ?

२० फाल्गुन २०८१

२० फागुन , काठमाण्डौ ।

शिवरात्रीको दिन देखि प्रर्दशनमा आएका तीन नेपाली चलचित्र लाज शरणम, मायावी र फेरि रेशम फिलिलीले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेनन । विराट भट्टको १२ गाउँ, दीपक दीपाको छक्का पंजा र विजय बराल अभिनित पूर्णबहादुरको साङ्गीपछि रिलिज भएका नेपाली चलचित्रहरुले सिनेमाहरुमा दर्शकलाई तान्न सकेका छैनन् ।

Advertisement
Advertisement

११ करोड लगानीमा बनेका यि तीन फिल्मले पाँच दिन सम्म घरेलु बक्स अफिसमा करिब ३ करोडको हाराहारीमा मात्र व्यापार गरेको देखिएको छ । यी मध्ये लाज शरणमको व्यापार अन्य दुई चलचित्रको भन्दा केही सुधारिएको छ ।

पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार लाज शरणमले २ करोड माथि व्यापार गरेको छ भने दोश्रो नम्बरमा मायावीले करिब ४० लाख र फेरि रिशम फिलिलीले ३८ लाख ग्रस कलेक्सन नघाएका छन ।

यो व्यापार तीनै फिल्मको लगानीको हकमा कमजोर व्यापार हो जसले निर्मातालाई घाटा लाग्ने करिब निश्चित जस्तै छ । तीनवटा नेपाली चलचित्र बुधबारबाट एकै दिन रिलिजमा आएका थिए ।

‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ एकै दिन रिलिजमा आएका थिए । तीनवटै चलचित्र अहिले प्रदर्शनरत छन् । पहिलो दिन दर्शकको राम्रै चाप देखिएको चलचित्रमा अहिले खासै दर्शक देखिएका छैनन् । पाएका शो पनि खाली छन् । अग्रिम टिकट बुकिङ निकै न्यून छ । कतिपय शो मा अग्रिम बुकिङ शून्य छ ।

‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् । यसमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराललगायत कलाकार मुख्य भूमिकामा छन् । ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरेका छन् ।

यसमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी, नीर शाहलगायत कलाकारको अभिनय छ । ‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । दीपिका प्रसाइँ र पल शाह यो चलचित्रको मुख्य भूमिकामा छन् ।

यी तीनवटा चलचित्रमध्ये ‘लाज शरणम्’ले मात्रै पहिलो दिनको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको थियो । निर्माणपक्षका अनुसार यो चलचित्रले एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अरूले सार्वजनिक गरेका छैनन् ।

चलचित्र ‘लाज शरणम्’का मुख्य कलाकार सिताराम कट्टेल (धुर्मुस)को लुक्सलाई लिएर राम्रै चर्चा भयो । पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमको ‘लुक्स’मा देखिएको भन्दै उनको चर्चा भयो । तर, यथार्थमा धुर्मुस ‘लाज शरणम्’मा नेताको क्यारेक्टर नभएर व्यापारीको क्यारेक्टरमा छन् ।

उनी भारतीय व्यापारीको चरित्रमा छन्, जसको नाम चाचा छ । अधबैंसे उमेरको क्यारेक्टरमा देखिएका उनले पाइजामा र हाफकोट लगाएका छन् । धुर्मुसको रियल शरीरभन्दा निकै मोटो देखिन्छन्, उनी । पेट ठूलो देखाउन उनले शरीरको तौल बढाएका थिए ।

तौल बढाएर मात्र नपुगेर चीनबाट आफ्नै नाप पठाएर पेटजस्तै देखिने सामग्री मगाएका थिए । ’लाज शरणम्’ कर्णाली प्रदेशको ग्रामीण परिवेशमा आधारित कथा हो, जहाँ सुन तस्करी, सामाजिक समस्याहरू र स्थानीय जनजीवनका संघर्षहरू प्रस्तुत गरिएको छ।

चलचित्रले समाजमा व्याप्त विकृतिहरू र तिनको प्रभावलाई उजागर गर्ने प्रयास गरेको छ। दर्शकहरूले ’लाज शरणम्’लाई सकारात्मक प्रतिक्रिया दिएका छन्। फिल्मको कथावस्तु, निर्देशन, र कलाकारहरूको अभिनयको प्रशंसा गरिएको छ।

विशेष गरी, ग्रामीण जीवनको यथार्थ चित्रण र सामाजिक मुद्दाहरूको प्रस्तुति दर्शकहरूलाई मन परेको छ। फेरि रेशम फिलिली चलचित्र ’रेशम फिलिली’को सिक्वेल हो, जसमा रेशम र हरिया नामक दुई मित्रको कथालाई अघि बढाइएको छ।

पहिलो भागमा देखाइएका घटनाक्रमहरूपछि उनीहरूको जीवनमा आएका परिवर्तनहरू, चुनौतीहरू र हास्यप्रद परिस्थितिहरूलाई चलचित्रमा समेटिएको छ। ’फेरि रेशम फिलिली’ले दर्शकहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको छ।

केही समीक्षकहरूले चलचित्रको पहिलो हाफमा कथाको गति केही सुस्त भएको बताए पनि, दोस्रो हाफमा कथा बलियो भएको उल्लेख गरेका छन्। चलचित्रको हास्य पक्ष र संगीतको प्रशंसा गरिएको छ। साथै, कलाकारहरूको अभिनयले पनि दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको छ।

’मायावी’ एक रहस्यमय प्रेम कथामा आधारित चलचित्र हो, जसमा प्रेम, प्रतिशोध र अद्भुत घटनाक्रमहरू समेटिएका छन्। चलचित्रले दर्शकहरूलाई रहस्यको संसारमा डुबाउने प्रयास गरेको छ।

Advertisement

यदि तपाईं सामाजिक विषयवस्तुमा आधारित कथाहरू मन पराउनुहुन्छ भने, ’लाज शरणम्’ उपयुक्त विकल्प हुन सक्छ। यदि तपाईंलाई कमेडी र मनोरञ्जन मन पर्छ भने, ’फेरि रेशम फिलिली’ हेर्न सक्नुहुन्छ। रहस्य र थ्रिलर मन पराउनेहरूका लागि, ’मायावी’ आकर्षक हुन सक्छ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top