×

NEPAL TIMES UPDATES

Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026

सुरु भो वल्र्ड ट्रेड वार ? ट्रम्प नायक कि खलनायक ?

२० फाल्गुन २०८१

२० फागुन , एजेन्सी ।

पाहुनाका रुपमा अमेरिका बोलाएर युक्रेनी राष्ट्रपति भोलोदेमिर जेलेन्स्कीलाई झपारेपछि युरोपेली नेताहरुको आँखामा बिझाइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ घोषणाले विश्वभर ट्रेड वार सुरु हुने स्थिति सिर्जना भएको छ।

Advertisement
Advertisement

ट्रम्पको प्रशासनले क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा लगाएको अतिरिक्त महसुल लागू भएको छ । मार्च ४ देखि क्यानडा र मेक्सिकोबाट अमेरिका भित्रिने सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लाग्नेछ, भने चीनबाट आउने सामानमा पनि नयाँ १० प्रतिशत कर शुरु भएको छ ।

अमेरिकी कदमको प्रतिकारमा क्यानडाले अमेरिकाबाट आउने १ खर्ब ५५ अर्ब मूल्य बराबरको सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने घोषणा गरेको छ । क्यानाडाली ऊर्जा उत्पादनमा १० प्रतिशतको अतिरिक्त ट्यारिफ लगाइएको छ।

उता, चीनले पनि अमेरिकाबाट आउने केही कृषिजन्य उत्पादनमा १० देखि १५ प्रतिशतको अतिरिक्त कर लगाउने बताएको छ । चीनले उड्डयन, रक्षा र प्रविधि क्षेत्रमा रहेका कयौँ अमेरिकी कम्पनीलाई निशाना बनाउँदै यिनीहरूलाई विश्वास गर्न नसकिने कम्पनीको सूचिमा हाली यिनीहरूमाथि निर्यात प्रतिबन्ध लगाएको छ ।

चिनियाँ वित्त मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार थप ट्यारिफहरु मार्च १० देखि लागू हुनेछ। चीनले २५ अमेरिकी कम्पनीको निर्यात र लगानीमा पनि प्रतिबन्ध लगाएको छ। मार्च १० देखि चीनले अमेरिकी कुखुरा, गहुँ, मकै र कपासमा थप १५ प्रतिशत ट्यारिफ लगाउनेछ र अमेरिकी भटमास, जुवार, सुँगुर, गाईको मासु, समुद्री खाना, फलफूल, तरकारी र दुग्धजन्य पदार्थको आयातमा १० प्रतिशत ट्यारिफ लगाउनेछ।

वास्तवमा अमेरिकाले आफ्नो देशमा लागूपदार्थ नियन्त्रण गर्न चीनको ट्यारिफ दोब्बर गरेको छ। अमेरिकाले फेन्टानिल उत्पादनमा प्रयोग हुने रसायन चीनले आपूर्ति गर्दै आएको दाबी गरेको छ। तर, अमेरिकाको दाबी चीनले अस्वीकार गरेको छ।

मेक्सिकोले पनि आजै अबेरसम्म अतिरिक्त महसुलको प्रतिकारमा महसुल घोषणा गर्ने अपेक्षा गरिएको छ । त्यहाँकी राष्ट्रपति क्लाउडिया शिनबमले सोमबार नै आफ्नो देशले आकस्मिक योजना बनाइसकेको बताइएको थिइन ।

ट्रम्पको मेक्सिको, क्यानडा र चीनबाट आयात हुने सामानमा भन्सार शुल्क लगाउने घोषणा गरेपछि अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ । डाउ जोन्समा १.४ प्रतिशत, एसएन्डपी ५०० मा १.७५ प्रतिशत र नास्ड्याक २.६ प्रतिशत घटेको हो ।

फेब्रुअरी १ मा, ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिएका सामानहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । ट्रम्पको निर्णयले विश्वव्यापी व्यापार युद्धको सम्भावना बढाएको छ।

यसले विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ। ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई अमेरिका बोलाएर रुससँगको युद्ध अन्त्यका लागि दबाब दिएका थिए। तर, दुबै नेताबीचको छलफल तनावपूर्ण भएको थियो, जसपछि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहायता रोक्ने निर्णय गरेका छन्।

यसबाट सिंगो युरोप ट्रम्पसँग रुष्ट छ । ट्रम्पका यी कदमहरूले उनलाई विश्व मञ्चमा विवादास्पद बनाएको छ। तर यसले विश्वव्यापी व्यापार र कूटनीतिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने चाँही समयले नै बताउनेछ।

विश्व व्यापार युद्धको इतिहास हेर्ने हो भने, सन् १९३० को स्मूट–हाउली ट्यारिफ युद्ध भएको थियो । अमेरिकाले आयातमा उच्च ट्यारिफ लगाएकने थियो । जसको प्रतिक्रिया स्वरूप अन्य देशहरूले पनि अमेरिकी सामानमा भारी कर लगाए।

यसको परिणाम अन्तर्राष्ट्रिय व्यापार खुम्चियो, जसले ग्रेट डिप्रेसन (महामन्दी) लाई अझै गहिरो बनाएको थियो । यस्तै सन् १९८० को अमेरिका–जापान व्यापार युद्ध भएको थियो । अमेरिकाले जापानको अटोमोबाइल, इलेक्ट्रोनिक्स र स्टिल उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो ।

जसको परिणाम जापानले निर्यात सीमित ग¥यो, तर प्रविधि सुधार गरेर फेरि व्यापारमा बलियो भएको थियो । चीन र अमेरिकाबीचको व्यापार युद्ध भने अझै यथावत छ । सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा चीनमाथि भारी ट्यारिफ लगाइयो।

बौद्धिक सम्पत्तिको चोरी, अमेरिकी उत्पादनलाई प्रतिस्पर्धाबाट बाहिर पार्ने चिनियाँ नीति, व्यापार घाटा यसका कारण थिए । मार्च २०१८मा ट्रम्पले स्टिल २५ प्रतिशत र एल्युमिनियम १० प्रतिशतमा ट्यारिफ लगाउने घोषणा गरे ।

जुलाई २०१८मा अमेरिकाले चीनबाट आयात हुने ४३४ अर्ब बराबरको सामानमा २५ प्रतिशत ट्यारिफ लगायो। सेप्टेम्बर २०१८मा अमेरिकाले थप ४२०० अर्ब मूल्यका चिनियाँ सामानमा १० प्रतिशत ट्यारिफ लागू ग¥यो।

मे २०१९मा चीनले प्रतिउत्तरमा अमेरिकी सामानमा कर लगायो। तर जनवरी २०२० मा एजबकभ इलभ त्चबमभ म्भब िमा चीनले अमेरिकी कृषिजन्य उत्पादन बढी किन्न सहमति ग¥यो।

तर, २०२० मा कोभिड–१९ महामारीपछि पुनः तनाव बढ्यो। यसले दुबै देशको अर्थतन्त्रमा असर पर्याे । चीनले आफ्ना निर्यातका लागि वैकल्पिक बजार खोज्यो भने अमेरिकी उपभोक्ताले महँगीको समाना गर्नुपरेको थियो ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top