×

NEPAL TIMES UPDATES

Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

२३ फाल्गुन २०८१

२३ फागुन ,काठमाण्डौ।

कागजविहीन आप्रवासीविरुद्ध कठोर कदम चाल्दै हत्कडी र साङ्लोले बाँधेर देश निकाला गरिरहेको अमेरिकाले अब लोटरीबाट कामदार लैजाने भएको छ । ८५ हजार कामदार भिसाको लोटरीमा समावेश गर्न अमेरिकाले आवेदन खुलाएको छ ।

Advertisement
Advertisement

यसका लागि मार्च ७ को मध्यान्हदेखि मार्च २४ को मध्यान्हसम्म प्रारम्भिक दर्ता अवधि तोकिएको छ । यो अवधिमा सम्भावित रोजगारदाता र प्रतिनिधिहरूले छनोट प्रक्रियाको लागि प्रत्येक लाभार्थीलाई लोटरीका लागि इलेक्ट्रोनिक रूपमा दर्ता गर्न सक्नेछन् ।

अनलाइन एकाउन्टबाट प्रत्येक लाभार्थीको लागि सम्बन्धित दर्ता शुल्क तिर्न सकिनेछ । यसपटक कामदार भिसा एच वानबी लोटरीमा सहभागी हुनका लागि शुल्क १० डलरबाट बढाएर २१५ डलर बनाइएको छ ।

रोजगारदाता कम्पनी वा तिनीहरूका प्रतिनिधिहरूले छनोट प्रक्रियाको लागि प्रत्येक लाभार्थीलाई इलेक्ट्रोनिक रूपमा दर्ता गर्न र प्रत्येक लाभार्थीको तर्फबाट पेश गरिएको प्रत्येक दर्ताको लागि सम्बन्धित २१५ डलर दर्ता शुल्क तिर्न युएससीआईएसको अनलाइन खाता प्रयोग गर्नुपर्ने युएससीआईएसले जनाएको छ ।

सम्भावित कामदारका तर्फबाट आवेदन दिने रोजगारदाताको अनलाइन खाता नभएका युएससीआईएसमा संगठनात्मक खाता सिर्जना गर्नुपर्नेछ। आर्थिक बर्ष २०२१ देखि २०२४ को बीचमा विगतमा अनलाइन खाता भएका तर आर्थिक बर्ष २०२५ का लागि खाता प्रयोग नगरेकाहरुको खाता लग इन पछि संगठनात्मक खातामा रूपान्तरण हुनेछ।

पहिलो पटक दर्ता गर्नेहरूले कुनै पनि समयमा खाता सिर्जना गर्न सक्छन्। प्रारम्भिक दर्ता अवधि बन्द भएपछि लोटरीबाट चयन गरिने भएकाले प्रारम्भिक दर्ता अवधि खुल्ने दिनमा नै दर्ता गर्न हतार गर्नु नपर्ने युएससीआईएसले बताएको छ ।

यसपटक देखि लाभार्थी केन्द्रित छनोट प्रक्रिया प्रयोग गरिने भएको छ । मार्च २४ सम्म पर्याप्त दर्ताहरू प्राप्त भएमा लोटरी प्रणालीबाट लाभार्थीहरू चयन गरिने र प्रयोगकर्ताहरूको अनलाइन खाताहरू मार्फत चयन सूचनाहरू पठाइने युएससीआईएसले प्रष्ट पारेको छ ।

मार्च ३१ सम्ममा सम्भावित याचिकाकर्ताहरू र प्रतिनिधिहरूलाई छनौटबारे जानकारी गराइनेछ । एचवान बी भिसा भनेको एक अस्थायी गैर आप्रवासी भिसा श्रेणी हो जसले अमेरिकी रोजगारदातालाई शिक्षित विदेशी पेशेवरहरूलाई विशेष व्यवसायमा काममा राख्न अनुमति दिन्छ, जसमा कम्तीमा स्नातक वा समान डिग्रीको आवश्यकता हुन्छ।

यो भिसा विशेष रूपमा गणित, इञ्जिनियरिङ, प्रविधि, र मेडिकल विज्ञान जस्ता क्षेत्रहरूमा लोकप्रिय छ। अमेरिका जान चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन ।

यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीले मात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ । कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ । लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ ।

अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन । वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ । वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ ।

जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ । सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।

यसरी दर्ता गराइएका आवेदनहरुलाई लोटरीमार्फत छनौट गरिन्छ । छनौटमा परेका आवेदनहरुकोमात्र प्रकृया अगाडि बढाइन्छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार बाइडेनकालमा झण्डै ३५ सय नेपालीले एच श्रेणीको भिसा पाएका थिए ।

अघिल्लो ट्रम्प प्रशासनको अवधिमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको भिसा पाएका थिए । आर्थिक बर्ष २०२४ मा ७८१ जना नेपाली एच वान बी भिसा पाएका थिए ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार ७८१ जनाले एचवानबी भिसा पाएका थिए भने उनीहरुका २८८ जना आश्रितहरुले एचफोर भिसा पाएका थिए ।

यसरी आर्थिक बर्ष २०२४ मा कुल १०६९ जना नेपालीहरुले एच श्रेणीको भिसा पाएका थिए । २०२० मा ५१७ जना नेपालीलाई एच श्रेणीको भिसा प्रदान गरिएको थियो भने आर्थिक बर्ष २०१९ मा ६४१ जना नेपालीहरुले यो श्रेणीको भिसा पाए ।

सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । त्यस्तै २०१७ मा ५९७ जना नेपालीहरुले एच श्रेणीका भिसा पाएका थिए । यसरी ट्रम्पको पहिलो कार्यकालमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको भिसा पाएका थिए ।

अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐन अनुशार अमेरिकन रोजगारदाता कम्पनीले विशेष ज्ञान भएका विदेशी कामदारलाईमात्र यो भिसा अन्तरगत आवेदन दिनसक्छ । यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ ।

त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । अर्काेतर्फ वित्तीय वर्ष २०२५ का लागि रोजगारी–आधारित चौथो प्राथमिकता (EB–4)श्रेणी अन्तर्गत सबै उपलब्ध अमेरिकी आप्रवासी भिसाको वार्षिक सीमा पूरा भइसकेको छ।

वार्षिक सीमा पूरा भएको अर्थ यो हो कि १ अक्टोबर २०२५ मा नयाँ वित्तीय वर्ष सुरु नहुन्जेल कुनै पनि  EB–4 ग्रीन कार्ड जारी गरिने छैन। EB–4 भिसा श्रेणी मुख्य रूपमा धार्मिक कार्यकर्ताहरू, केही विशेष आप्रवासीहरू र अन्तर्राष्ट्रिय प्रसारकहरूका लागि तोकिएको हुन्छ।

यूएस इमिग्रेशन एन्ड नेशनलिटी एक्ट अनुसार, प्रत्येक वर्ष जारी गरिने रोजगारी–आधारित ग्रीन कार्डहरूको संख्या सीमित गरिएको छ, जसमा कुल रोजगार–आधारित कोटाको ७.१ प्रतिशत भ्द्य–द्ध भिसा का लागि छुट्याइएको हुन्छ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top