×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

ज्ञानेन्द्रको स्वागत बारे अन्तराष्ट्रिय मिडियाले के लेखे ?

२६ फाल्गुन २०८१

२६ फागुन , काठमाण्डौ।

नेपालमा राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा आइतबार गरिएको प्रदर्शनपछि ऐतिहासिक भएको भन्दै राजावादीहरु उत्साहित छन् । अपदस्थ राजा ज्ञानेन्द्र शाहको भव्य स्वागतका साथै हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाका पक्षमा हजारौं समर्थकहरू सडकमा उत्रिए।

Advertisement
Advertisement

राप्रपा, राप्रपा नेपाललगायत  राजनीतिक दल रअन्य समूहहरूको नेतृत्वमा भएको यस प्रदर्शनमा आमसर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको छ। राप्रपाले प्रदर्शनमा एक लाखभन्दा बढी जनता सहभागी भएको दाबी गरे पनि प्रहरी रिपोर्टअनुसार करिब १५ हजार प्रदर्शनकारी उपस्थित थिए।

सहभागिताका विषयमा विभिन्न दाबी भइरहे पनि प्रदर्शनले गणतन्त्र पक्षधर राजनीतिक दलहरू र सरकारलाई गम्भीर सन्देश दिएको स्पष्ट छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ दलहरूलाई खुला चुनौती दिँदै, “तपाईंहरूले हामीले जति जनता सडकमा उतारेर देखाउनुस्,“भनेका छन्।

यस प्रदर्शनले नेपालमा सधैँका लागि समाप्त भइसकेको मानिएको राजसंस्थाको विषयफेरि चर्चाको केन्द्रमा ल्याएको छ । यदि राजनीतिक दलहरू जनताको मागलाई वेवास्ता गर्दै अहंकारमै रमाइरहे भने जनता खबरदारीका लागि मात्र होइन,ठोस परिवर्तनका लागि पनि सडकमा उत्रिन सक्छन् भन्ने संकेत आइतबारको प्रर्दशनले दिएको छ । पूर्वराजाको स्वागत र राजसंस्थाको वकालत अन्तर्राष्ट्रियस्तरमा समेत चासोको विषय बनेको छ । अमेरिकी संचारमाध्यमहरू सीएनएन, एपी र अलजजिराले यस घटनालाई विशेष प्राथमिकता दिएका छन् । छिमेकी भारतका ठूला संचारमाध्यमहरूले समेत काठमाडौंमा उठेको जनलहरलाई विशेष रूपमा उजागर गरेका छन् ।

अलजजिराले लेखेको छ, राजसंस्थाप्रेमीहरूले अपदस्थ राजा ज्ञानेन्द्रलाई काठमाडौंमा स्वागत गरे । पश्चिम नेपालबाट राजधानी फर्किएका पूर्वराजालाई स्वागत गर्न विमानस्थलमा हजारौँ समर्थक सहभागी

यस्तै समाचार संस्था एपीले लेखेको छ, काठमाडौंमा हजारौं समर्थकले नेपालका पूर्वराजालाई स्वागत गरे । आइतबार काठमाडौंमा हजारौं समर्थकले नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गरे र समाप्त भइसकेको राजतन्त्र पुनःस्थापना गर्न माग गरे। करिब १०,००० समर्थकहरू राजधानीको विमानस्थलको मुख्य प्रवेशद्वारमा भेला भए, जहाँ ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणबाट फर्किएका थिए।

 

 यस्तै सीएनएनले , नेपालका अधिनायकवादी राजा १९ वर्षअघि अपदस्थ भए। अब धेरैले राजतन्त्र फर्काउन चाहन्छन् भन्ने शीर्षकमा समाचार लेखेको छ ।

भारतीय संचारमाध्यामहरुले पनि यो खबरलाई प्राथमिताका साथ प्रकाशन गरेका छन् ।

द  हिन्दुले नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह कडा सुरक्षाबीच काठमाडौं आइपुग्दा राजतन्त्र समर्थकहरूको समर्थनले राजतन्त्र पुनःस्थापनाको माग चुलियो भन्ने शीर्षकमा समाचार लेखेको छ ।

यस्तै टाइम्स अफ इन्डियाले पूर्वराजाको स्वागतमा काठमाडौंमा हजारौंको ¥याली शीर्षकमा समाचार लेखेको छ ।

 यस्तै भारतको अखबार नेशनल मिशनले पूर्व राजाका समर्थकहरुको हल्लाबोल भन्दै नेपालमा राजनीतिक संकटको शीर्षमा समाचार लेखेको छ ।

यसबाहेक, जागरण, भाषकर, नवभारत टाइम्स,  हिन्दुस्तान टाइम्स, एएनआई, पीटीआई लगायतले पनि प्रमुखताका साथमा पूर्वराजाको स्वागत र राजसंस्थाको मागको खबरलाई प्रकाशन गरेका छन् ।

 यसैबीच नेपालको आइतबारको  प्रर्दशनलाई लिएर भारतका सुरक्षा विज्ञ समेत रहेका भूपु मेजर जनरल गगनदीप बक्षीले कडा टिप्पणी गर्दै आफू राजासहितको हिन्दु राष्ट्रको पक्षमा रहेको र यसका लागि प्रार्थना गर्ने  उल्लेख गरेका छन् ।

बक्षीले  प्रर्दशनमा आदित्यनाथको तस्बिर राखिएको  विषयलाई समेत जोडेका छन् । उनले लेखेका छन्,  नेपालका पूर्व राजा भर्खरै देशको भ्रमणमा आउनुभएको थियो र ४ लाखभन्दा बढी नेपाली जनताले भव्य स्वागत गरेपछि काठमाडौँ फर्कनुभएको छ। गत महिना नेपालका धेरै शहर र नगरहरूमा राजाको समर्थनमा दर्जनौं मोटरसाइकल ¥यालीहरू भएका छन्।  सन् २००७ मा मैले एनडीसी प्रतिनिधिमण्डलको नेतृत्व नेपालमा गरेको बेलादेखि म भन्दै आएको छु कि कांग्रेसको नेतृत्वमा भारतले नेपालमा माओवादीहरूलाई सत्तामा आउन र विश्वको एक मात्र हिन्दू राज्यको अन्त्य गर्न मद्दत गरेर ठूलो स्वार्थपूर्ति हासिल गरेको थियो। नेपालका जनता अब माओवादीहरूको धूर्त र सबैभन्दा भ्रष्ट साबित भएका चालबाजीबाट वाक्क भइसकेका छन्। तिनीहरू राजाको पुनरागमनको लागि आतुर छन्, कुनै पनि रूपमा, संवैधानिक राजा, सांस्कृतिक प्रमुख, राजनीतिक दलको संरक्षक – जे भए पनि। उहाँ जनताको लागि विष्णुको प्रतीक हुनुहुन्छ र नेपालमा हिन्दू राज्य पुनस्र्थापित गर्ने प्रमुख तत्व हुनुहुन्छ। अन्ततः नेपालका जनता माओवादी र कम्युनिस्टहरू विरुद्ध उठेका देखिन्छन् जसको वफादारी नेपालसँग भन्दा चीनसँग बढी देखिन्छ। नेपालका ¥यालीहरूमा योगी आदित्यनाथका पोस्टरहरू देखा परेका छन्। म लामो समयदेखि पीडित नेपाली जनताको मुक्ति र हिन्दू राज्यको पुनस्र्थापनाको लागि प्रार्थना गर्दछु। जनताको इच्छा प्रबल होस्। जनताको आवाज नै ईश्वरको आवाज हो।

भारतीय सुरक्षा विज्ञको यस्तो टिप्पणी आइसकेको अवस्थामा   नेकपा(माओवादी केन्द्र) ले  पनि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शनिवार   उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोगलाई जोडेर भारतको भूमिका बारे आशंका गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा राजावादीको जुलुसमा योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको हो ।  महासचिव देव गुरुङले  बैठकपछि  पूर्वराजाको सक्रियता आफ्नै बलबुतामा नभई विदेशी शक्तिको आडमा प्रतिगामी शक्ति सलबलाएको विषयमा समीक्षा भएको   बताएका छन् ।

उनले अहिले नै गणतान्त्रिक व्यवस्था धरापमा परेको   निष्कर्ष ननिकालिएको भन्दै राष्ट्रियता, स्वाभिमानलाई बचाउन देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प  भने नभएको बताएका छन् ।

Advertisement
Advertisement

नेपालको राजनीतिक परिदृश्यमा आइतबारको प्रदर्शनले मुलुकको भावी राजनीतिक दिशालाई समेत प्रभावित गर्न सक्ने आँकलन गरिएको छ। राजसंस्थाप्रति  सडकमा देखिएको झुकाव र  राजनीतिक दल र नेताहरुप्रति देखिएको  असन्तुष्टिले विशेष गरी सत्तारुढ दलहरूलाई अब गम्भीर आत्मसमीक्षा गर्न सुझाव दिएको  छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top