×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

२४ घन्टामा चारपटक एक्स डाउन, कारण के ?

२७ फाल्गुन २०८१

२७ फागुन , एजेन्सी ।

विश्वकै धनाढ्य, खर्बपति व्यापारी इलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्स सोमबार २४ घण्टामा चार पटक अवरुद्ध भयो । यसको पछाडी साइबर आक्रमण भएको खुलेको छ ।

Advertisement
Advertisement

मस्कले नै एक्स सोमबार “ठूलो साइबर आक्रमण“ को सिकार भएको बताएका छन् । अमेरिका र बेलायतलगायत विश्वका धेरै भागमा सेवा अवरुद्ध भएको गुनासो आएपछि मस्कले भविष्यमा पनि आक्रमण जारी रहन सक्ने बताएका छन् ।

‘हामीमाथि हरेक दिन आक्रमण हुन्छ, तर यो धेरै स्रोतसाधन प्रयोग गरेर गरिएको थियो’, मस्कले एक्समा लेखेका छन् । उनले यस आक्रमणमा ठूलो समूह वा देश नै संलग्न रहेको दाबी गरेका छन् ।

प्लेटफर्म आउटेज मनिटर डाउन डिटेक्टरले सोमबार प्लेटफर्मलाई असर गर्ने प्राविधिक समस्याबारे अमेरिकी प्रयोगकर्ताहरूबाट हजारौँ गुनासा प्राप्त भएपछि मस्कको यो बयान आएको हो ।

सोमबारको अवरुद्ध भएका बेला धेरै प्रयोगकर्ताले प्लेटफर्ममा पहुँच पु¥याउन तथा यसका एप र डेस्कटप साइटमा फिड रिफ्रेस गर्ने प्रयास गर्दा लोडिङ आइकन देखाइरहेको थियो।

वेबसाइट र अनलाइन सर्भिसको समस्यालाई रियल टाइममा ट्र्याक गर्ने उक्त वेबसाइटका अनुसार सोमबार पहिलोपटक दिउँसो साढे ३ बजे आसपास आधा घण्टासम्म र दोस्रोपटक साँझ ७ बजे आसपास एक घण्टासम्म एक्स डाउन भएको थियो ।

तेस्रोपटक राति पौने नौ बजेदेखि करिब साढे १० बजेसम्म र राति १२ बजेदेखि करिब साढे १२ बजेसम्म पनि एक्स डाउन भयो । धेरै प्रयोगकर्ताले लगइन गर्न समस्या भएको जनाएका थिए ।

उनीहरुले एप र वेबसाइट दुवैमा समस्या रहेको गुनासो गरेका थिए । युके, अष्ट्रेलिया, क्यानडा, भारत, नेपालसहित देशका प्रयोगकर्ताले एक्समा पहुँच स्थापित हुन नसकेको भनेर अन्य सामाजिक सञ्जालहरुमा लेखेका थिए ।

डाउन डिटेक्टरका अनुसार ४० हजार भन्दा बढी प्रयोगकर्ताबाट एक्स नचलेको गुनासो प्राप्त भएको थियो । ५० प्रतिशत प्रयोगकर्ताले वेबसाइटमा र ४० प्रतिशत प्रयोगकर्ताले एपमा समस्या रहेको जनाएका थिए ।

बाँकीले सर्भरमा समस्या भएको सूचना दिएका थिए । यसअघि २६ अप्रिल र २१ डिसेम्बरमा पनि एक्समा समस्या आएको थियो । एक्स (पुरानो नाम ट्वीटर)लाई सन् २००६ मा लन्च गरिएको थियो ।

एलन मस्कले सन् २०२२ मा यसलाई खरिद गरेका थिए । मस्कले एक्समार्फत् पटक–पटक साइबर आक्रमणको चुनौति झेलिरहेको जनाएका छन् । दिनहुँजसो साइबर आक्रमण हुने गरेकाले प्रयोगकर्तालाई लगइनमा समस्या भएको उनको भनाइ छ ।

Advertisement

स्टाटिस्टाका अनुुसार विश्वभर मासिक ६१.१ करोड जनाले एक्स चलाउँछन् । हरेक दिन ५० करोडभन्दा बढी पोष्ट हुने गरेको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top