NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

योगीको फोटोले नेपालमा बबाल,भारतमा समाचार

मङ्लबार फाल्गुन २७ , २०८१
Reading Time: 1 min read
A A
ज्ञानेन्द्रको स्वागत बारे अन्तराष्ट्रिय मिडियाले के लेखे ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ फागुन , काठमाण्डौ।

आइतबार पोखराबाट काठमाडांै आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा राजावादीहरुको प्रदर्शनमा देखिएको योगी आदित्यनाथको फोटोले यतिबेला नेपाली राजनीति तरंगित बनाएको छ । यसैलाई लिएर एमाले र राप्रपाबीच वाकयुद्ध चलिरहेको छ भने, संसदमा पनि यो विषय उठेको छ ।

सांसदहरुले यो विषयलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गरेका छन् । उता भारतीय मिडियाहरुमा पनि उत्तर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका बीजेपी नेता योगी आदित्यनाथको फोटो काठमाडौंको प्रदर्शनीमा देखिएको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।

योगीको फोटोमा यतिधेरै बबाल हुनु पछाडी भने एमालेका विष्णु रिमाल र राप्रपाका ज्ञानेन्द्र शाहीको जुहारी नै मुख्य कारण हो । सामाजिक संजालमा योगीको फोटोलाई लिएर भएको उनीहरुबीचको वाकयुद्धले भारतीय मिडियाहरुमा समेत स्थान पाएको छ ।

रिमाल र शाहीबीचको जुहारी आइतबार राती देखिनै चलिरहेको छ । यस क्रममा अहिलेसम्मको ताजा जवाफमा रिमालकै जवाफ रहेको छ । शाही कसरी सांसद हुन सफल भए भन्ने विषयमा व्यंग्य गर्दै रिमालले ‘न्युटनका बिरालाको कथा’ सुनाएका छन् ।

आज बिहान शाहीले रिमाललाई वडाध्यक्षमा उठ्ने तयारी गर्न भन्दै कटाक्ष गरेपछि एमाले उपमहासचिव रिमालले पनि जवाफ फर्काएका हुन् । कथा सुनाइसकेपछि रिमालले लेखेका छन्, ‘लोकतन्त्रमा चुनाव, एक हिसाबले ‘न्युटनको बिरालोको दुलो’जस्तै हो। त्यस दुलोबाट सानो वा ठूलो, लुते वा बलियो, फोहरी वा सुग्घरी…जस्ता बिराला पनि छिर्न सक्छन्। राम्राभन्दा राम्रा प्रणालीमा पनि केही न केही छिद्र हुन सक्छन्, यत्ति त बुझ्नपर्छ । भन्न खोजेको यत्ति मात्र हो।’

यसअघि आइतबार राती योगीको तस्बिरलाई रिमालले ‘राष्ट्रवादी महोदयहरूले ¥यालीमा प्रयोग गरेका फोटाहरू’ भन्दै उक्त तस्बिर फेसबुकमा राखेका थिए । त्यसको जवाफमा प्रवक्ता शाहीले रिमाललाई फेसबुकमार्फत भारतका मुख्यमन्त्री आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा रिमालले नै राख्न लगाएको आरोप लगाए।

शाहीले यस्तो लेखेपछि रिमालले शाहीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत काँक्रा आफूले चोरेर खाने र बियाँ अरूको गालामा टाँस्ने प्रवृत्तिका रूपमा शाहीलाई टिप्पणी गरे । फेरि आज पुनः शाहीले रिमाललाई वडाध्यक्षको तयारी गर्न सुझाव दिए ।

यसको जवाफमा रिमालले न्युटनको विरालोको कथा सुनाएका हुन् । दुई नेताबीचको यो जुहारीलाई समेट्दै भारतीय मिडियाहरुले खबर प्रकाशित गरेका छन् । लाइभ हिन्दुस्तान डट कमले नेपालको राजनीतिमा गुन्जिन लागे योगी, मच्चियो बबाल शिर्षकमा समाचार छापेको छ ।

जसमा ज्ञानेन्द्र शाहको समर्थनमा निस्किएको प्रदर्शनदेखि योगीको फोटो र यसले नेपाली नेताहरुबीच चलाएको वाकयुद्धलाई समेटेको छ । यस्तै न्युज एट्टिनले पनि नेपालमा हिन्दु राष्ट्र र राजशाहीको पुनरागमनलाई लिएर किन बबाल भयो भन्ने शीर्षकमा समाचार छापेको छ ।

जसभित्र नेपालमा राजसंस्थाको इतिहासदेखि, कसरी अन्त्य भयो, अहिले किन राजासहितको हिन्दुराज्यको माग भइरहेको छ, दलहरुले कसरी लिएका छन् भन्ने विषय उल्लेख छ । यसअघि पनि बीबीसी हिन्दी, अमरउजाला लगायतका थुप्रै भारतीय मिडियाहरुले यसबारे लेखेका छन् ।

यता आज पनि नेपालको संसदमा योगीको फोटोलाई लिएर संसदहरुले प्रश्न उठाएका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा संविधानविरोधी गतिविधि भएको बताएका हुन ।

बर्तौलाले पूर्वराजा शाहको उपस्थितिमा राष्ट्रिय गानको अवमूल्यन भएको बताएका छन् । “उहाँको निर्देशन, उक्साहटबाट संविधानविपरीतका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन गर्ने खालका संविधानविरोधी क्रियाकलाप भएका छन्,” उनले भने ।

बर्तौलाले आइतबार पूर्वराजा शाह पोखराबाट फर्किने क्रममा काठमाडौंमा भएको ¥यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर बोक्नु राष्ट्रहितविपरीत भएको पनि बताए । त्यस्ता कार्यलाई सरकारले ’नोटिस’मा राखेर कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ ।

बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि बताए । संग्रहालयमा थन्किएको राजतन्त्रले दिवास्वप्न देख्न आवश्यक नभएको उनको भनाइ छ । योगीको फोटोलाई लिएर प्रधानमन्त्री ओली र माओवादीले पनि टिप्पणी गरेको छ ।

सोमबार प्रधानमन्त्री ओलीले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको टिप्पणी गरेका थिए । आदित्यनाथको फोटो प्रयोग भएको प्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा नरहेको टिप्पणी गरेका हुन् ।

उनले राजावादीको जुलुस आफूले गराएको र फोटो पनि आफूले राखेको भन्दै कटाक्ष गरे । यस्तै नेकपा(माओवादी केन्द्र) ले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शनिवार योगीको तस्बिर प्रयोगलाई जोडेर भारतको भूमिका बारे आशंका गरेको छ ।

यो विषय माओवादी अध्यक्ष प्रचण्डले पनि आज संसदमा उठाएका छन् । उनले राजावादीको प्रर्दशनमा आदित्यनाथको फोटो देखिएको विषय उल्लेख गर्दै विदेशी शक्तिको भूमिका देखिएपनि उनीहरुले प्रमुख नरहेको भन्दै नेपाली जनता नै सडकमा उत्रिएको भन्दै उनले आफुहरुले त्यसलाई उपेक्षा गर्न नसक्ने बताए ।

यस्तै राजावादीको प्रर्दशनलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि टिप्पणी गरेका छन् । उनले सडकमा देखिएको व्यवस्था विरोधीको प्रर्दशन र त्यही विचार राख्न पाउने कुनैपनि ब्यक्तिको ब्यक्तिगत स्वतन्त्रताको विषय रहेको भन्दै त्यस्ता ब्यक्तिहरुका बारेमा आफूले कुनै टिप्पणी नगर्ने बताए ।

तर लोकतान्त्रिक आन्दोलनका लागि सडकमा उत्रिएका नागरिकहरु नै अहिले असन्तुष्ट रहेकोमा उनीहरुसँग भने संवाद गर्नुपर्ने बताएका छन् ।

Tags: #ज्ञानेन्द्रको प्रदर्शन#योगीको फोटो#योगीको फोटोले नेपालमा बबाल

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.