×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

दक्षिण अमेरिकामा विनाशकारी आँधी, दर्जनौंको ज्यान गयो

२ चैत्र २०८१

३ चैत , एजेन्सी ।

“दक्षिण अमेरिका विनाशकारी आँधीबेहरीको चपेटामा परेको छ, जसले जनजीवन तहसनहस बनाएको छ। भीषण आँधीका कारण हालसम्म कम्तीमा ३२ जनाले ज्यान गुमाइसकेका छन्, जसमा मिसौरी राज्यमा मात्र १२ जनाको मृत्यु भएको छ। दक्षिणपूर्वी राज्यहरूमा यसले ठूलो क्षति पुर्याएको छ ।

Advertisement
Advertisement

घरहरू ध्वस्त भएका छन्, सवारी साधनहरू पल्टिएका छन्, र जनजीवन अस्तव्यस्त बनेको छ। उद्धार कार्य जारी भए पनि आँधीको असर अझै कम नभएकाले क्षतिको आँकडा बढ्ने अनुमान गरिएको छ।

क्यान्ससमा धुलोको आँधीबेहरीका कारण ५५ भन्दा बढी सवारी साधनहरू दुर्घटनामा परेका र उक्त दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको जनाइएको छ । ट्र्याकर पावरआउटेजका अनुसार आधीका कारण शनिबार दिउँसो टेक्सास, मिसौरी र इलिनोइस लगायत छ राज्यका २.४ लाखभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको थियो ।

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीमा गम्भीर मौसम चेतावनी जारी गरिएको छ । यी तीन राज्यहरू बाहेक, दक्षिणपूर्वमा मौसम खराब रहेकोले अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि बाढीको चेतावनी जारी गरिएको छ ।

राष्ट्रिय मौसम सेवाले यी अचानक आउने बाढी घातक साबित हुन सक्ने बताएको छ । यसअघि शनिबार बिहान मध्य मिसिसिपीमा आँधीको बारेमा उच्च सतर्कता जारी गरिएको थियो । राष्ट्रिय मौसम सेवाले यो अचानक आएको बाढीले ज्यान गुमाउन सक्ने जनाएको छ ।

देशभरी चलिरहेकोे एक विशाल आँधी प्रणालीका कारण ठूलो हावाहुरी आयो जसले घातक धूलो भरिएको आँधी र १०० भन्दा धेरै जंगलको आगोलाई समेत भड्काइदिएको छ । क्यानडाको सीमादेखि टेक्साससम्म ८० मील प्रतिघण्टासम्मको हावा चल्ने संभावना छ, जसले चिसो उत्तरी क्षेत्रहरुमा बर्फीलो मौसमलाई गर्मी, सुख्खा क्षेत्रहरुमा जंगलको आगोको खतरालाई बढाउन सक्छ ।

सिंगो देशमा १० करोड मानिसहरुमा यसको असर पर्न सक्ने बताइएको छ । ओक्लाहोमामा १३० भन्दा धेरै आगलागीका घटनाहरु दर्ज भएका छन् । जसका कारणले केही क्षेत्रहरुलाई खाली गर्न आदेश जारी भएको छ ।

ओक्लाहोमामा आगलागीका कारण लगभग ३०० घर क्षतिग्रस्त वा नष्ट भएका छन् । गभर्नर केभिन स्टिटले शनिवार एक प्रेस कन्फ्रेन्समा भने, कि उनको राज्यमा अहिलेसम्म ६९ हेक्टेर क्षेत्र जलिसकेको छ ।

स्टेट हाईवे पेट्रोलले भनेको छ कि हावा यति तिव्र थियो कि त्यसले कयौं ट्रयाक्टर–ट्रेलरहरुलाई पल्टाइ दियो । एक्सपट्र्स भन्छन् कि मार्चमा यस्तो मौसमको चरम रुप देखिनु असामान्य भने होइन ।

भीषण र ध्वंसात्मक आँधीले दक्षिण–पूर्वी राज्यहरूमा व्यापक क्षती गरेको हो । टेक्सास, मिजौरी, इलिनोइस लगायत क्षेत्रमा अझै भयानक आँधीको संभावना रहेको जनाइएको छ । जसअनुसार मध्य मिसिसिपी, पूर्वी लुजियाना र पश्चिमी टेनेसीमा जोखिम उच्च रहेको र सतर्कता अपनाउन अपिल गरिएको छ ।

ती तीनवटा राज्यका साथै अलाबामा र अर्कान्ससका केही भागहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ । किनभने खराब मौसम दक्षिण–पूर्वी क्षेत्रभरि फैलिएको छ ।

राष्ट्रिय मौसम सेवाले (एनडब्लुएस) ले आकस्मिक बाढीहरू घातक हुन सक्ने चेतावनी दिएको छ । मौसमविद्हरूले सचेत गराउँदै भनेका छन् ‘यदि तपाईं ती क्षेत्रमा हुनुहुन्छ भने, सबैभन्दा सुरक्षित तथा बलियो संरचनाभित्र बस्नुहोस् र आँधी पार नहुन्जेल त्यहीँ सुरक्षित रहनुहोस्।’

Advertisement

मिजौरीका गभर्नर माइक केहोले राज्य भीषण आँधीका कारण तहसनहस पारिएको बताउँदै, थुप्रै घरहरू ध्वस्त भएको र मानिसहरुले ज्यान गुमाउनु परेको बताए । जोर्जियाका गभर्नर ब्रायन केम्पले पनि राज्यमा आउने भीषण मौसमको पूर्वानुमान गर्दै आपतकाल घोषणा गरेका छन् । मौसम पूर्वानुमानका अनुसार यो जोखिम आइतबारसम्म अलाबामा, फ्लोरिडा र जोर्जियासम्म फैलिन सक्ने छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top