×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

नागरिक उन्मुक्ति र जनमत एक हुने

२ चैत्र २०८१

३ चैत , काठमाण्डौ ।

गएको प्रतिनिधिसभाबाट राष्ट्रिय राजनीतिमा शसक्त रुपमा उदाएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एक हुने भएका छन् । यसका लागि दुवै दलका नेताहरुले तयारी थालेका छन् । यसै मेसोमा आज नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतबीच छलफल भएको छ ।

Advertisement
Advertisement

उनीहरूबीच आज दिउँसो नयाँ बानेश्वर संसद् भवनमा छलफल भएको हो । सो छलफल सकारात्मक रहेको रञ्जिताले बताएकी छन् । छलफलका क्रममा श्रेष्ठले ’पार्टी एकताबारे तपाईंको धारणा के हो, के हुँदैछ ?’ भनेर राउतलाई सोधेकी थिइन् ।

जवाफमा राउतले आफूले सबैको सहमतिमा नै एकता हुनुपर्ने धारणा राखेको बताएका थिए । राउतलाई उद्धृत गर्दै श्रेष्ठले भनिन्, ’डा. साबले त्यसरी जबरजस्ती एकता गर्ने होइन, सबैको सहमतिमा गर्ने हो भनेर भन्नुभयो।’ राउतसँगको छलफलपछि श्रेष्ठले भनिन्, ’सकारात्मक कुराकानी भयो । पार्टी एकता हुँदा सबैको सहमतिमा हुन्छ। तर, बाहिर भनिएजसरी तत्कालै एकता हुने होइन। त्यो प्रक्रियाअनुसार हुन्छ।’

श्रेष्ठले अब चाँडै राउत, पार्टी संरक्षक रेशम चौधरीसहित आफूहरू तीन जनाको बीचमा पनि छलफल हुने बताइन्। त्यसपछि मात्रै आफूहरू ठोस निर्णयमा पुग्ने उनले बताएकी छन्। यसअघि राउत र चौधरीका बीचमा निरन्तर पार्टी एकताबारे संवाद भइरहेको थियो ।

चौधरीले त राउतको जनमत पार्टीसँग चाँडै एकताको घोषणा हुने भन्दै ९ बुँदे सम्झौतासमेत भइसकेको बताएका थिए । यसपछि अध्यक्ष श्रेष्ठले राउतसँग पहिलोपटक आधिकारिक रूपमा संवाद गरेकी हुन् । जनमत पार्टीसँग एकता गर्ने विषयमा नागरिक उन्मुक्ति पार्टीले तल्लो तहबाट छलफल अगाडि बढाएको छ ।

पार्टी एकताको विषयलाई लिएर पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी बिच मतान्तर रहेपनि संरक्षक चौधरीले एकता प्रक्रियालाई अगाडि बढाएका हुन् । एकताको विषयमा तलैबाट छलफल गराएर केन्द्रमा पु¥याउने र त्यसैको आधारमा पार्टीले निर्णय गर्ने पार्टीका नेताहरुले बताएका छन् ।

एकताको विषयमा पार्टीमा कुनै विवाद छैन, एकताको विषयमा तल पनि नेता तथा कार्यकर्ताहरूसँग कुरा बुझ्ने काम भइरहेको छ सबै राय बुझेर त्यसको रिपोर्ट माथि केन्द्रमा पठाउने र केन्द्रले त्यसैको आधारमा निर्णय रञ्जिताले बताएकी छन् ।

एकताको विषयमा अहिले हरेक तहमा छलफलहरू भइरहेका बताउँदै उनले जनमत पार्टीका नेताहरूसँग पनि कुराकानी भइरहेको जानकारी दिइन । उनले चैत ८ गतेदेखि बस्न लागेको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठकले सबै विषय टुंगो लगाउने भनिन् ।

यता, जनमत पार्टीले पनि एकताको विषयमा आन्तरिक छलफलहरू चलाएको छ । पार्टी एकताका लागि छलफल गर्न जनमत पार्टीले तीन सदस्यीय कार्यदल गठन गरिसकेको छ। कार्यदलमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरत यादव र पार्टीका नेता बालगोविन्द चौधरी रहेका छन् ।

कार्यदलका सदस्य बालगोविन्द चौधरीले भने, ‘एकता प्रक्रिया सकारात्मक रूपमा अगाडि बढेको छ, नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग आन्तरिक रूपमा छलफल चलिरहेको छ, चाँडै टुङ्गो लाग्छ ।’

तराई मधेसमा पहिलो शक्ति बनाउने गरी जनमत पार्टीले केन्द्रीय समितिबाट निर्णय गरेर एकता प्रक्रियालाई अगाडि बढाएको हो । प्रतिनिधिसभामा जनमतको ६ र नागरिक उन्मुक्तिको ४ सिट छ ।

Advertisement

नागरिक उन्मुक्तिका सांसद प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा सात जना छन् । त्यस्तै लुम्बिनीमा चार र मधेसमा एक सांसद छन् । मधेस प्रदेशमा जनमत पार्टीका १३ सांसद छन् भने लुम्बिनी प्रदेशमा तीन जना सांसद छन्  ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top