×

NEPAL TIMES UPDATES

Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026
Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026

रेकर्ड ब्रेक गर्दै आज सुनको मूल्य इतिहासकै उच्च

५ चैत्र २०८१

६ चैत , काठमाण्डौ ।

घरेलु बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको खबरका साथ हामी नेपाल टाइम्स समाचारमा उपस्थित भएका छौं । अघिल्लो दिन अर्थात मंगलबारको रेकर्डलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई चुमेको हो ।

Advertisement
Advertisement

सुनको भाउ अहिलेसम्मकै उच्च भएर तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा आठ सय रुपैयाँले बढेको हो ।

सुनको भाउ बढेर हिजो पनि कीर्तिमान बनाएको थियो । हिजो सुनको भाउ तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ ।

चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ५० रुपैयाँ थियो । यसैगरी अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य आज अल टाइम हाईको उचाईमा पुगेको छ ।

आज सुनको मूल्य १.२६ प्रतिशत अर्थात ३७.८८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३७.७३ डलरमा कारोबार भईरहेको छ । मध्यपूर्व क्षेत्रमा बढेको तनाव र विश्वभर बढेको व्यापार अनिश्चितताका कारण सुनको मूल्य बढेको हो ।

अमेरिकी राष्ट्रपतिको ट्यारिफ नीतिका कारण आर्थिक सुस्तता छाउने र यसले अन्नतः आर्थिक मन्दी निम्तिने खतरा समेत बढेकाले लगानीकर्तामा भयको अवस्था सिर्जना भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज चाँदीको मूल्य समेत बढेको छ ।

चाँदीको मूल्य आज ०.२३ डलरले बढ्दै प्रतिऔंस ३४.०२ डलर कायम भएको छ । केही सातादेखि सुनको मूल्यमा क्रमिक वृद्धिको क्रम जारी छ, जसले लगानीकर्ताहरूलाई थप आकर्षित गरेको छ । सुनको मूल्य विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु कारकहरूका कारण बढ्ने वा घट्ने गर्छ।

यसको मुख्य कारणहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभाव हो । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुन्छ। यदि अमेरिका, चीन वा अन्य ठूला अर्थतन्त्रमा अस्थिरता आउँछ भने लगानीकर्ताहरू सुरक्षित सम्पत्तिको रूपमा सुनमा लगानी गर्छन्, जसले यसको मूल्य बढाउँछ।

यस्तै अमेरिकी डलर बलियो हुँदा सुनको मूल्य घट्छ, जबकि डलर कमजोर हुँदा सुनको भाउ बढ्छ। यस्तै बैंकहरूले ब्याजदर घटाउदा लगानीकर्ताहरू सुनमा बढी लगानी गर्छन्, जसकारणले पनि मूल्य बढाउँछ।

अहिले विश्वभर नै सुनको मूल्य नयाँ रेकर्ड बनाइरहेको छ। अमेरिका र चीनबीचको व्यापार तनाव, युक्रेन–रूस युद्ध तथा मध्यपूर्वमा अस्थिरता जस्ता कारणले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन्।

Advertisement

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top