NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

प्रहरीलाई अब ५ लाखसम्म सहुलियत कर्जा

बुधबार चैत्र ६ , २०८१
Reading Time: 1 min read
A A
प्रहरीलाई अब ५ लाखसम्म सहुलियत कर्जा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ चैत , काठमाण्डौ ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले दज्र्यानी चिन्ह ग्रहण गर्दै गर्दा टोखाबाट युरो र डलरसहित २५ करोड रुपैयाँ समातिएको विषयले नेपाल प्रहरीको प्रशंसा भइरहेको थियो । दीपक थापा आईजीपी बन्नु र २५ करोड समातिनु एउटा संयोग मात्रै हो तथापि उनले पदबहाली गरेपछि सिंगो प्रहरी संगठनका लागि महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् ।

थापाले पहिलो निर्णयको रुपमा सहुलित कर्जाको रकम बढाएका छन् । गृहमन्त्रालयमा आईजीको दज्र्यानी चिह्न लगाएपछि मंगलबार प्रहरी प्रधान कार्यालयमा पोलिसी कोओर्डिनेशन कमिटी (पीसीसी) बैठकमा बोलाएका थिए । प्रहरी नायव महानिरीक्षक (डीआईजी)भन्दा माथिल्लो दर्जाका अफिसर रहने पीसीसी बैठकमार्फत उनले सहुलियत कर्जाको रकम बढाएका हुन् ।

LS Auto

यो निर्णयपछि अब नेपाल प्रहरी सेवामा रहेको ५ वर्षपछि ५ लाखसम्म सहुलियत कर्जा पाइने भएको छ । यसअघिसम्म सहुलियत कर्जा भनेर प्रहरी कर्मचारीले ४ लाख रुपैयाँ कर्जा पाउँदै आएका थिए । थापा आईजी भएपछि मंगलबार बसेको पीसीसीको पहिलो बैठकले चार लाख कर्जालाई बढाएर ५ लाख रुपैयाँ पु¥याएको नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले बताएका छन् ।

त्यसैगरी यो कर्जा पाउन यसअघिसम्म ७ वर्ष प्रहरी सेवामा बिताएको हुनुपर्ने व्यवस्था थियो । उक्त व्यवस्थालाई समेत घटाएर ५ वर्षमा झारिएको आचार्यले बताएका छन् । यो बाहेक अन्य विषयहरुलाई संशोधन गर्नुपर्ने भन्दै समिति गठन गर्नसमेत पीसीसीले निर्देशन दिएको छ ।

‘प्रहरी कल्याण कोषबाट सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि गर्ने तथा प्रदान गरिने ऋण रकममा ब्याजदर घटाउने सन्दर्भमा आवश्यक अध्ययन गर्नुका साथै प्रहरी कल्याण कोष संचालन कार्यविधि, २०८० को समयानुकुल संशोधन तथा परिमार्जन गर्नको लागि सिफारिस समिति गठन गर्न निर्देशन दिइएको उनले बताएका छन् ।

प्राप्त भएको राय सुझाव समेतलाई समावेश गरी प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउँदै हक हित र कल्याण अभिवृद्धि हुने समयानुकुल बनाइने बताइएको छ । यसअघि प्रहरी प्रमुख थापाले दज्र्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै आफूले पहुँचको नभइ पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने भन्दै त्यसको सुरुवात आफैबाट गर्ने बताएका थिए ।

अपराधको रोकथाम र अनुसन्धान कुनैपनि बहाना र विकल्प बिना अघि बढाउने प्रतिवद्धता उनले जनाएका छन् । मंगलवार बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।

सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औं आईजीपी बनेका छन् । नेपाल प्रहरी भित्र अन्य सुविधा समेत दिइने गरेको छ । तथापि प्रहरी भित्रका असन्तुष्टि पनि त्यतिनै रहेका छन् ।

यसअघि नेपाल प्रहरीले २०७७ सालमा तल्लो तहमा कार्यरत प्रहरीको समस्या बुझ्न ९ महिना लगाएर स्थलगत रुपमै अध्ययन गरेको थियो । ‘नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरु सम्बन्धी अध्ययन प्रतिवेदन’ तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सार्वजनिक गरेका थिए ।

प्रतिवेदनमा प्रहरी जवान र हवल्दारले मुख्यगरी आठ वटा समस्या बताएका थिए । जसको पहिलो नम्बरमा नियमावलीमै तोकिएको बिदा समेत नपाएको उनीहरुको गुनासो थियो । बिदा नपाउन परिवार भेट्न समेत नपाएको उनीहरुको दुःखसो थियो ।

प्रहरीले ३० दिन घर बिदा तथा १२ दिन भैरपरी आउने बिदा पाउने उल्लेख छ । दोस्रो नम्बरमा डिउटीको समयको धेरै भएको जवान तथा हवल्दारले बताएका थिए । दिनमा १८ घन्टासम्म डिउटी गर्नुपरेको भन्दै डिउटी अवधि ८÷१० घन्टा बनाउनुपर्ने उनीहरुको सुझाव दिएका थिए ।

तेस्रो गुनोसा सरुवा–बढुवा सम्बन्धि थियो । ढिला बढुवा नहुने र बढुवा पारदर्शी समेत नहुने गरेको उनीहरुको अनुभव छ । हाकिमहरुबाट राम्रो व्यवहार नहुने गरेको धेरै प्रहरी साझा गुनासो छ । हेप्ने गरेको र बोल्दा राम्रा शब्द समेत प्रयोग नहुने गरेको बताएका थिए ।

यस्तै यूनिफर्म लगायत स्केलका सामान पर्याप्त नभएको, लामो समयसम्म रासनभत्ता वृद्धि नभएको, घरपायक सरुवा नपाएको तथा विदेश तालिम तथा राष्ट्रसंघीय मिसनमा अवसर नपाएको उनीहरुले बताएका थिए ।

त्यस्तै कतिपय प्रहरीले तलबले नपुगेर ऋण लागेको तथा कल्याणकारी योजना बढाउनपर्ने माग गरेका थिए । सोही सुझावका आधारमा प्रहरी प्रधान कार्यालयले जवान र सिपाहीका लागि कल्याणकोषमार्फत सहुलियत घर कर्जाको कार्यक्रम समेत ल्याएको थियो ।

Tags: #नयाँ आईजीको पहिलो निर्णय#प्रहरीलाई अब ५ लाखसम्म सहुलियत कर्जा

लोकप्रीय

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

विचार

थप समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.