NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम बुधबार मंसिर १७ , २०८२
एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर बुधबार मंसिर १७ , २०८२
१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो बुधबार मंसिर १७ , २०८२
भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

कुलमान–बालेन पेलेर, के देखाउन खोजेको हो सरकार ?

मङ्लबार चैत्र १२ , २०८१
Reading Time: 1 min read
A A
भारतसँगको विद्युत व्यापार सम्झौतमा सेटिङ ?मूल्य सबैभन्दा सस्तो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ चैत , काठमाण्डौ ।

केही नभने है ओली सरकारलाई । जनताको मनको कुरो बुझी, काम गर्नेलाई । बरु गाली खाइदिउला मै । किनभने जनताले पुरानै व्यवस्था ठीक थियो, राजसंस्था फर्काउनु पर्यो भनिरहँदा जनताको मनकै कुरा बुझेर पुरानो व्यवस्था कस्तो थियो अहिलेको सरकारले छर्लंग देखाइदिएको छ ।

अझ ज्ञानेन्द्र शाहको शासन मात्रै होइन पंचायती व्यवस्था, अझ राणा शासन नै कस्तो थियो भन्ने बुझ्न र हेर्नलाई अब न इतिहासको पुस्तक पल्टाउनु पर्छ, न यसबारे बनेका चलचित्र, डकुमेन्ट्री हेर्नु पर्छ र न जानकारहरुको अन्तर्वार्ता सुन्नुपर्छ ।

LS Auto

पुराना व्यवस्थाको हुकुमी शैली, राजषी ठाँट, निरंकुश शासन, लोकतन्त्रको घाँटी कसरी निमोठिन्छ, कसरी सारा राज्य संयन्त्र कब्जा गरेर मनलाग्दी शासन गरिन्छ । विरोध र विरोधीहरुलाई कसरी दबाइन्छ, आफ्नालाई, आसेपासेलाई राज्यको स्रोत कसरी पेवा बनाउन दिइन्थ्यो भन्ने कुरा कतै काँटछाँट नगरी, हुबहु अहिलेको सरकार देखाइदिएको छ ।

यस्तोमा वर्तमान सरकारलाई के मात्रै भन्नु । फेरि प्रश्न गर्यो भने पनि त उ रिसाइहाल्छ । जस्तोसुकै व्यवाहार गर्यो भने पनि सरकारलाई हिटलर भन्न पाइन्न, महाराजाजस्ता भन्न पाइन्न । तस्कर र भ्रष्टहरुको संरक्षक भन्न पाइन्न ।

दललाई दलदल, देशलाई शेष बनाए भन्न पाइन्न । काम गर्ने कुलमानलाई फेल, आफ्ना हितौषीलाई पास गराए भन्न नि पाइन्न । एउटा सरकारी संस्थाको एमडी जो जनताले औधी रुचाएकामात्रै होइन बकाइदा कामै गरेर देखाएका थिए, तीनलाई कार्यकाल सकिन चार महिनामात्रै बाँकी छँदा केबल इगोकै लागि, प्रतिशोधकै लागि फायर गर्यो ।

अर्कातिर देशकै सबैभन्दा ठूलो र संघीय राजधानीसमेत भएको काठमाडौं महानगरले लगातार कर्मचारी माग्दा पनि पठाएको छैन । किन ? बालेन शाहलाई साइजमा राख्न ? सरकारले हरेक ठाउँमा इगो र प्रतिशोधले काम गरिरहेको छ । विवेक, न्यायसंगत, विधिविधानले होइन ।

सरकारले कहिले भारतलाई देखाइदिन्छु भन्दै समाचार आउँछ, फेरीपछि हामीले त्यस्तो भनेकै होइन, अनर्गल प्रचार गरियो भन्दै खण्डन गर्छ । यता कहिले कुलमानलाई, कहिले बालेनलाई, कहिले रविलाई, कहिले पूर्वराजालाई, कहिले दुर्गा प्रसाइँहरुलाई देखाइदिने शैलीमा मैदानमा उत्रिरहन्छ ।

कुलमानलाई हटाइछाड्यो, बालेनलाई कारबाही गर्नु भनिएको छ , दुर्गा प्रसाइँलाई हिरासत बसायो, रविलाई अदालतको चक्कर लगाइरहेको छ, पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा, मुर्तिचोर र जनता उचालेको जस्ता आरोप लगाउँदै कारबाही गरेर देखाउने भनिरहेको छ ।

विरोधी खेमालाई देखाइदिने र सक्काइदिने भन्दा उताको न बोली छ न व्यवहार । काँग्रेस र एमाले मिलेर सुशासन र विकास दिने भनेको सरकारले आएदिन जनतालाई यस्ता निराशा र आक्रोशहरु बाडिरहेको छ ।

भएका आक्रोश र निराशाहरुलाई चिर्ने होइन कि यसलाई थप भड्काउन तिर लागिपरेको छ ।देखि शक्ति, केही नाप्दैनौं, त्यान्द्रो विषय केही हुनेवाला छैन् भनेर असन्तुष्ट आवाजहरुलाई झन मलजल गर्ने काम भइरहेको छ।

यसै त सडकमा व्यवस्था परिवर्तनदेखि अवस्था परिवर्तनसम्मका नारा लागिरहेका छन् । जनआक्रोश बढीरहेको छ तर इगो साध्नेमै रमाइरहेको छ । उल्टै प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, विपक्षीहरुले सरकारको बदनाम गर्न लागेका छन् । के पायाँै के पायौँ, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी शुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

जनता कुलमान, बालेनहरुका लागि स्वतस्फुर्तरुपमा सडकमा आउन थालिसके । नेपाली जनताको नाममा सडक तातिएको छ । तर प्रधानमन्त्रीले यसलाई हल्का रुपमा चित्रण गरेका छन् ।

कुलमानले लोडसेडिङ अन्त्य गरेको मान्न पनि ओली तयार छैनन् , उनले भनेका छन्, एक जना मित्रको मैले स्टाटस पढेको थिएँ । त्यहाँबाट अवकाश प्राप्त भइसकेको मान्छेलाई त्यहीँबाट हुर्किएर आएर त्यहीँ कुनै बाहिरबाट खोजेर ल्याएको होइन, त्यहीँको क्याडरलाई नियुक्त दिएको हो, बाहिरबाट कतैबाट खोजेर ल्याएर होइन ।

त्यस्तो मान्छे निस्काषन गर्नुभयो । अर्को ठाउँमा निकम्भा बनाएर सरुवा भनेर राखिदिनु भयो । रिटायर्ड मान्छेलाई ल्याएर राखिदिनु भयो । उहाँले उज्यालो ल्याउनुभयो भनेर व्याख्या गर्नुभएछ । अघिल्लो ४ वर्षको कार्यकाल पूरै त्यहीँ काम गर्नुभएको हो ।

त्यसबेला ल्याउनुभएको थियो की उहाँले नियुक्त गर्नेबित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो की ? वर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रुपमा व्याख्या गर्ने । कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । ’

प्रधानमन्त्री ओलीले अझै विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको आरोप लगाएका छन् । आजमात्रै पनि ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विरोधीहरू यसलाई सफल बनाउन नदिन लागिरहेको आरोप लगाए ।

उनले २०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको क्रममा रहेको पनि सो क्रममा सुनाए । आफ्नो कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने दाबी गरे । ‘केही पनि भएन, केही पनि भएन भनेर हल्ला गरेको ग¥यै’ उनले भने, ‘यसमा देशीविदेशी सबै तत्वहरू सक्रिय भए ।’

नेपाल विकास भएको देख्न नचाहने त्यस्ता तत्वहरू हल्ला मात्रै गर्न चाहने प्रधानमन्त्रीको आरोप छ । देशका युवाहरु सम्भावना केही नदेखेर विदेशीरहेका छन् । उनीहरुले नै पठाएको रेमिट्यान्सले मुलुक चलिरहेको छ ।

विश्व वैंकले नै नेपालको गरिबी न्युनीकरणमा रेमिट्यान्सको हात रहेको भनिसक्यो । देशका प्रधानमन्त्री भने आफूले गरेजस्तो विकास इतिहासमा त के भविष्यमा पनि कसैले गर्न नसक्ने भनेर डिंग हाँकिरहेका छन् ।

सडकमा त्यत्रो आक्रोश देखिरहेको छ । उनकै नाममा देश छोडको नारा लागिरहेको छ । पुरानो व्यवस्थामा फर्किने कुरा त प्रतिगमन भयो रे मानौं । तर अहिलेका युवा जसले पुरानो व्यवस्थै देखेका थिएनन्, अहिलेको व्यवस्थाले, अहिलेको सरकारले किन उनीहरुलाई रुझाउन सकेन ? लाखौं नौजवानहरुलाई किन देशमै राख्न सकेन ? ल यो पनि छाडौं ।

देशको अर्थतन्त्र किन रेमिट्यान्स बेगर चल्दैन ? किन अर्थमन्त्रीले नै हात उठाउन थालेको देखिए ? अर्थतन्त्रका सूचक कहिले हरियो हुन्छन् ? सडक र भ्वूटावरले मात्रै विकास हुने हो ? सरकार राष्ट्र बैंकमा, धितोपत्र बोर्डमा, बीमामा, प्राधिकरणहरुमा, संस्थानहरुमा, आयोगहरुमा भागबण्डाका लागिमात्रै हो ?

क्याबिनेटमा, अदालतमा, राजदूतमा, संसदीय समितिहरुमा, तमाम राजनीतिक नियुक्तिहरुमा भागबण्डाले पनि नपुगेर अब संस्थानहरुलाई धुलिसात पार्न लागिएको हो ? विगतका सरकारी कलकारखाना, उद्योगहरु त बन्द भइसके ।

अहिले पनि देखादेखी सरकारी जग्गा हडप्नेहरुले राजनीतिक संरक्षण पाइरहेका छन् । बचेकुचेका केही संस्थानहरुलाई पनि काम गर्न नसक्ने बनाउन लागिएको हो ? विद्युत प्राधिकरणजस्ता संस्थानहरुमा राजनीतिक हस्तक्षेप आवस्यक छ ?

अनि अर्को कुरा हिजोसम्म कुलमान हुँदा अब देशमा फेरी लोडसेडिंग हुने, भारतले विजुली नदिने उर्जामन्त्रीले दाबी गरेका थिए । तर आज अचानक नवनियुक्त एमडी हितेन्द्र शाक्यले लोडसेडिंग हुँदैन भन्दै पहिलो स्टेटमेन्ट दिए ।

यो कसरी सम्भव हुन्छ ? कि कुलमानको विरोध बढोस् भन्नका लागि मन्त्रीले र सरकारले झुटो अफवाह फैलाएको थियो ? कुलमानलाई होइन, भारतलाई धन्यवाद दिनुपर्छ भन्ने उर्जामन्त्रीको हितेन्द्र शाक्यको आजको भनाईमा के जवाफ हो ?

कि उनीसंग हिजो लोडसेडिंग हुने आज नहुने जादुको छडी छ ? ८ महिनादेखिको एकमात्र अर्जुनदृष्टि राखेर कुलमान हटाउनकै लागि यत्रो उथलपुथल, बयानबाजी, मन्त्रालयदेखि विजुली अफिससम्मको दौडधुपपछि अब त उनले पनि लोडसेडिंग हुने कि नहुने भन्नेमा जवाफ त दिनुपर्ला नि ।

कि महिना दिनअघि नै अप्रिलफुल मनाको ? जनतालाई जवाफ चाँही दिनुपर्छ हैं उर्जामन्त्री ज्यू । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #कुलमान–बालेन पेलेर#केही नभने है मौसुफ सरकारलाई#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२

विचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२

थप समाचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री
ताजा समाचार

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर
अपराध

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
अन्तर्राष्ट्रिय

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२

हालका पोस्टहरू

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.