NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा बुधबार साउन २१ , २०८२
आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ? बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

प्रदेश प्रमुख र मुख्यमन्त्रीको  सुविधाविरुद्ध रिट

बुधबार चैत्र १३ , २०८१
Reading Time: 1 min read
A A
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१३ चैत , विराटनगर ।
देशभर महँगी बढ्दो छ, सरकारी खर्च व्यवस्थापनमा चुनौती थपिएको छ, विकासका प्राथमिकताहरू ओझेलमा पर्दै छन्। यस्तो अवस्थामा, करदाताको करोडौँ रुपैयाँ खर्च गरी सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि राजधानीको भैंसेपाटीमा अति विलासितायुक्त आवास निर्माण गरिएको विषय अब अदालत पुगेको  छ।
नेताको  दोहोरो सुविधा, विलासिता र प्रदेश संरचना सेतो हात्ती भएको भन्दै यसको औचित्वमाथि नै प्रश्न उठिरहेको अवस्थामा  सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
अधिवक्ता चन्द्रप्रकाश भुसालले बुधबार दर्ता गरेको रिटमा, आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन भएको दाबी गर्दै यस विषयमा संवैधानिक प्रश्न उठाएका छन्। ललितपुर महानगरपालिका वडा नं १८ र वडा नं २५  भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूका लागि २७ रोपनी १२ आनाभन्दा बढी क्षेत्रफलमा अत्यधिक विलासितायुक्त आवास निर्माण गरिएको छ।
उक्त आवासमा ७ वटा भवनमा १४ वटा ब्लक छन्। सोको निर्माण गर्न रु ८५ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ। सो आवासमा प्रदेश प्रमुखको निवास र मुख्यमन्त्रीका निवास छन् । उक्त आवासमा कार्यकक्ष सहयोगी तथा सचिवालयका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ।
भुइँतल्लामा सर्वसाधारणलाई भेटघाटको व्यवस्था, अट्याच बाथरुमसहित मास्टर बेडरुम, अध्ययन स्टडी कक्ष र योग कक्ष तथा फेमिली बैठक कक्ष र पाहुनाका लागि छुट्टै कोठा, भान्सा कोठा, भण्डार कक्षको व्यवस्था गरिएको छ ।
साथै आधुनिक फर्निचर तथा इन्टेरियर विद्युत् अवरुद्ध हुँदा डिजेल जेनेरेटरबाट विद्युत् आपूर्ति तथा ६० हजार लिटर क्षमताको आकाशे पानी सङ्कलन ट्याङ्की,  १ लाख २७ हजार लिटर क्षमताको भूमिगत पानी ट्याङ्की साथै त्यहाँ बगैँचा, पोखरी, भव्य आन्तरिक सडक, पार्किङ र अन्य विलासी संरचनाहरू बनाइएको छ।
प्रदेश प्रमुख र मुख्यमन्त्री निवासमा कर्मचारी व्यवस्था समेत गरिएको छ ।  निजी सचिव १–१ जना,  कार्यालय सहायक कर्मचारी २–३ जना, सुरक्षा ९नेपाल प्रहरी वा सशस्त्र प्रहरी ६–८ जना सवारी चालक ड्राइभर १–१ जना, कार्यालय सहयोगी २–२ जना, प्रदेश प्रमुखका लागि करिब ८–१० जना, मुख्यमन्त्रीका लागि करिब १०–१२ जना कर्मचारी तथा सुरक्षाकर्मी रहेका छन्।
यसको आधारमा प्रदेश प्रमुखको लागि आवास बाहेकका सुविधा खर्च प्रति महिना करिब २–३ लाख सम्म हुनसक्ने र मुख्यमन्त्रीका लागि आवास बाहेकका सुविधा खर्च प्रति महिना करिब  ३–४ लाख सम्म हुनसक्ने रिट निवेदनमा उल्लेख छ।
भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवासगृह गएको भदौ १० गते  तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका  थिए । प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ ।
भवन हस्तान्तरण गर्दै  प्रचण्डले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताएका थिए ।  आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार करिब ८५ करोड रुपैयाँ लागतमा यी भवन तयार भएका हुन् । यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुखले आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्नेछन् ।
केन्द्र र प्रदेशमा दोहोरो सुविधा लिने प्रवृत्ति, राज्यको ढुकुटीमाथिको अनावश्यक भार र जनप्रतिनिधिहरूको विलासितापूर्ण जीवनशैलीलाई लिएर प्रश्न उठिरहेका बेला सर्वोच्च अदालतमा यसविरुद्ध रिट दायर भएको छ।
जब मुलुक आर्थिक मितव्ययिताको आवश्यकतामा छ, तब सत्ताको शानमा विलासिता थप्ने काम भइरहेको छ। जनताको करबाट संकलित रकम नेताको सुविधा बढाउने औजार बन्नु गम्भीर प्रश्नको विषय  हो ।  अब यसको अन्तिम फैसला भने अदालतले गर्नेछ ।
LS Auto
Tags: #प्रदेश प्रमुख र मुख्यमन्त्री#प्रदेश प्रमुखविरुद्ध रिट#सातै प्रदेशका मुख्यमन्त्री

लोकप्रीय

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

विचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

थप समाचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
ताजा समाचार

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा
खेलकुद

एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.