NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम बुधबार मंसिर १७ , २०८२
एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर बुधबार मंसिर १७ , २०८२
१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो बुधबार मंसिर १७ , २०८२
भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

नवराजले फर्काउन नसकेका राजा ‘नेपाल ऋषि’ले फर्काउलान् ?

आइतवार चैत्र १७ , २०८१
Reading Time: 1 min read
A A
नवराजले फर्काउन नसकेका राजा ‘नेपाल ऋषि’ले फर्काउलान् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ चैत , विराटनगर ।

राजसंस्था पुनस्र्थापनाका लागि चाँजोबाँझो मिलाउने जिम्मेवारी पाएका नवराज सुवेदी नजरबन्दमा र अर्का आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँ प्रहरीको फरार सूचिमा रहेका बेला अब राजावादीहरुको आन्दोलन कसरी अगाडी बढ्छ भन्ने चासोकाबीच अर्का पात्रको नाम सार्वजनिक भएको छ ।

जसले नजरबन्दमा रहेका सुवेदीको स्थान लिदैछन् । उनी हुन् संस्कृतिविद जगमान गुरुङ । जो अब फ्रन्टलाइनमा आएर राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्वकर्ता भएका छन् ।

LS Auto

संयोजक नवराज सुवेदीले नै आफू नजरबन्दामा रहेको भन्दै नेपाल ऋषि जगमान गुरुङले आन्दोलनको नेतृत्व गर्ने जानकारी दिएका छन् । उनले आन्दोलन जारी राख्न आह्वान समेत गरेका छन् । अर्थात अब राजावादी आन्दोलनको नेतृत्व नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिले गर्ने भएका हुन् ।

व्यवसायी दुर्गा प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो ।

सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको जनकमान्डर पनि घोषणा गरेका थिए । यद्यपि दुवैलाई पूर्वराजा ज्ञानेन्द्र शाहले नै जिम्मेवारी दिएको चर्चा पनि छ । चैत्र १४ गते प्रसाईँ र सुवेदीले छुट्टाछुट्टै निर्मल निवास पुगेर ज्ञानेन्द्र शाहलाई भेटेको समाचारहरुमा पनि बाहिरिएका थिए ।

सोही कारण त्यसको भोलिपल्ट १५ गते शुक्रबारको तीनकुने हिंसात्मक आन्दोलनको जिम्मेवारी पूर्वराजाले नै लिनुपर्ने दलहरुले माग गरेका छन् । काठमाडौंका मेयर बालेन शाहले पनि सो आन्दोलनको जिम्मा ज्ञानेन्द्र शाहकै रहेको भन्दै सो दिन भएको तोडफोड र फोहोरबापतको जरिवानापत्र निर्मल निवासमा पठाएका छन् ।

महानगरका कर्मचारीलाई निर्मल निवासमा पस्न नदिएपछि हुलाकमार्फत जरिवाना पत्र पठाइएको छ ।  उता प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित दर्जनौँलाई पक्राउ गरेको छ ।

यस्तोमा अब ज्ञानेन्द्रको सारथिको बन्ला भन्ने चर्चाकाबीच जगमान गुरुङलाई सुवेदीले अघि सारेका हुन् । हुनत राप्रपा र राप्रपा नेपाल पनि राजसंस्थाका हिमायती हुन् । तर उनीहरुले शुक्रबारको हिंसात्मक आन्दोलनको जिम्मेवारी लिनबाट इन्कार गरेका छन् भने राप्रपाले आफ्ना नेताहरुको रिहाईका लागि भने २४ घण्टे अल्टिमेटम पनि दिएको छ ।

अन्यथा आन्दोलन चर्काउने बताएको छ । यसैपनि राप्रपाले चैत २६ र वैशाख ७ गते प्रदर्शन तथा आन्दोलनको मिति घोषणा गरेको छ । शनिबार पनि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार भएका दल,समूह, अभियान, धार्मिक संघसंस्था र जनसमुदायलाई अपिल गरेको छ ।

उसको यो आन्दोलन शुक्रबारको जस्तै हुन्छ वा त्यो भन्दा उग्र वा सम्हालिएको हुन्छ त्यो भने हेर्न बाँकी छ । राप्रपा अध्यक्ष लिङ्देन स्वयं भने आफूलाई पूर्वराजाले संयोजक नतोकेकोमा चिढिएका छन् ।

यद्यपि पार्टीभित्रैको दबाबले थिचिएका छन् । यसबीच पनि सुवेदीको स्थानमा ज्ञानेन्द्रले गुरुङलाई नै छानेका छन् । यता राजावादीहरुको आन्दोलनको नयाँ कमाण्डर बनेका संस्कृतविद् डा जगमान गुरुङ ‘नेपाल ऋषि’ भनेर पनि परिचित छन् । उनलाई विश्व हिन्दु महासंघले यो उपाधि दिएको हो । उनी महासंघको वरिष्ठ सल्लाहकार पनि हुन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति रही सकेका डा.गुरूङ मूलतः नेपाली इतिहास एवम् संस्कृति क्षेत्रका गहन अध्येता हुन् । विक्रम संवत् २००३ सालमा हाल कास्कीको मादी गाउँपालिकमा जन्मिएका उनले त्यतिबेलाको गण्डकी अञ्चल हुलाक कार्यालयमा मुखिया पदमा सरकारी सेवाको सुरुवात गरेर त्रिभुवन विश्वविद्यालयमा हेड असिस्टेन्ट अनुसन्धानकर्ता हुँदै सहप्राध्यापक भएर ६३ वर्षको उमेरमा अवकाश पाएका व्यक्ति हुन् । गुरुङ हिन्दु धर्म र संस्कृतिका ज्ञाता र इतिहासविद् मानिन्छन् ।

कुनै शास्त्रीय व्याख्या, इतिहासको बारे जिज्ञासा र संस्कृति बारे विवेचना र संशय प्रकट भएमा त्यसको निराकरण गर्ने विद्वान्को रूपमा डाक्टर जगमानको नाम अग्रपङ्क्तिमा आउँछ । यता राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाका निम्ति आन्दोलनका नाममा अराजकता मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै फरार छन् ।

यद्यपि उनले आज एक भिडिओ सन्देश जारी गर्दै आफू काठमाडौंकै कुनै एक मन्दिरमा रहेको बताएका छन् । सरकारले आफूलाई मार्ने योजना बनाएकाले आफू सुरक्षित स्थानमा बस्नु परेको उनले भनेका छन् । यता प्रहरी भने प्रसार्ईंको खोजीमा शुक्रबार रातिदेखि नै लागेको छ ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका तीन जिल्लाका विशेष टोली, प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत शनिबारदेखि प्रसाईंको खोजीमा सक्रिय छन् । तर, प्रहरीले उनको सुइँको पाउन सकेको छैन ।

प्रसाईंका गुरु पुस्कर खतिवडालाई जिल्ला प्रहरी परिसर ललितपुर र विशेष ब्युरोको संयुक्त टोलीले शनिबार पक्राउ गरेको छ । उनी ललितपुरको इमाडोलबाट ट्याक्सीमा भाग्दै गर्दा पक्राउ परेका थिए । उनलाई भेट्न प्रसाईं समेत शनिबार बिहान खतिवडाको घर पुगेको प्रहरीले जनाएको छ ।

खतिवडाको घरमा फलफूल खाएर हिँडेका प्रसाईं कहाँ गए भन्नेबारे प्रहरीले कुनै सूचना पाएको छैन । प्रसाईंले चलाउँदै आएको मोबाइलको अन्तिम ‘लोकेसन’ ललितपुरकै भैँसेपाटीमा देखिएको प्रहरीले जनाएको छ ।

प्रदर्शन अराजक बनाउने युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । प्रसाईंका सहयोगी सन्तोष ‘राजावादी’ पनि फरार छन् । तीनकुने प्रदर्शनक्रममा सुरुमा निषेधित क्षेत्र तोड्न खोज्ने समूहका नाइके समेत सन्तोष राजावादी हुन् ।

प्रसाईं कहाँ गए भन्ने भेउ समेत प्रहरीले पाएको छैन । खतिवडाले प्रसाईं शनिबार बिहान आफ्नो घरमा करिब एक घण्टा बसेर निस्किएको प्रहरीसमक्ष बताएका छन् । खतिवडाको घरबाट निस्कँदा प्रसाईंले काठमाडौं छाड्ने बताएका थिए ।

प्रसाईसँग अरू पाँचजना समेत साथमै रहेको खुलेको छ । तर, खतिवडाले आफ्नो घरको सीसीटीभी फुटेजको ‘हार्डड्राइभ’ गायब पारेको प्रहरीले जनाएको छ । प्रसाईंलाई पक्राउ गर्न हम्मेहम्मे पर्नुका पछाडि उनको निकट टिममा पूर्वसैनिक कर्मचारी र अवकाशप्राप्त प्रहरी समेत रहनुलाई सुरक्षा निकायले कारण मानेको छ ।

सुरक्षा ‘थ्रेट’बारे प्रसाईंले उनीहरूसित सल्लाह लिने गरेका थिए । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, प्रसाईंले चढ्ने गरेका करिब १५ गाडी र उनीनिकट सबै व्यक्तिमाथि सोधपुछ तीव्र पारिएको छ । प्रहरी उच्च स्रोतका अनुसार, प्रसाईंको खोजीमा प्रहरीको विशेष ब्युरोका एसएसपी सन्तोष खड्का खटिएका छन् ।

यस्तै, ललितपुर प्रहरीबाट एसपी नरहरि रेग्मीको टोली परिचालन गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एसपी अंगुर जिसीको ‘कमान्ड’मा टोली सक्रिय छ । तर, उनलाई पक्राउ गर्न हालसम्म सबै टोली असफल छन् ।

यसबीच काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन सर्वसाधारण नागरिकसँग नेपाल प्रहरीले अनुरोध गरेको छ ।

नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै १५ चैतमा तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायत ठाउँमा भएको तोडफोड, आगजनी, लुटपाटमा संलग्न व्यक्तिहरू बारेका प्रमाणहरू विशेष गरी फोटो, भिडियो लगायत विवरणहरू उपलब्ध गराउन अपिल गरेको हो । यसबारे आफना धारणा अवस्य व्यक्त गर्नु होला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #जगमान गुरुङ#नेपाल टाइम्स् ट्रेडिंग#पूर्वराजाको नयाँ सारथि#राजा फर्काउने

लोकप्रीय

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२

विचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२

थप समाचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री
ताजा समाचार

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर
अपराध

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
अन्तर्राष्ट्रिय

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२

हालका पोस्टहरू

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.