NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा बुधबार साउन २१ , २०८२
आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ? बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

मङ्लबार चैत्र १९ , २०८१
Reading Time: 1 min read
A A
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ चैत, काठमाण्डौ ।

रास्वपाको सभापतिमा पुनर्वहाली भएका रवि लामिछानेले आफ्नो निलम्बनमा परेको सांसद पद पनि फुकुवा गर्न माग गरेका छन् । यसका लागि आज उनले सभामुख देवराज घिमिरेलाई भेटेका छन् । रास्वपाको सांसद टोली लिएर घिमिरेलाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका रविले आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरे ।

निलम्बन फुकुवाका लागि रविले सभामुखसँग गुहाएर लगाएको यो दोस्रो पटक हो । सभामुखसँग लामिछानेले मुद्दा अदालतको ढोकामा पुग्नेबित्तिकै जननिर्वाचित सांसद पद निलम्बन गर्न नमिल्ने बताएको जानकारी दिए ।

सभापति लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप पनि लगाए । उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद भएकाले संसदबाटै समाधान खोज्नु पर्ने र यसका लागि आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताए ।

‘जनप्रतिनिधिका लागि सर्वोच्च निकाय सम्मानित सदन हो । यो अधिवेशन सुरु भएको पहिलो दिन नै प्रक्रियागत रूपमा नै सभामुख देवराज घिमिरेलाई निवेदन दिएको थिएँ । संविधान, कानुनको मक्सद त्यो होइन ।

राजनीतिक प्रतिशोधका कारणले म जन्मनुभन्दा अगाडि, मेरो हजुरबुबाले आर्जन गरेको सम्पत्तिलाई पनि कसुर मानेर, मेरो विवाहभन्दा अगाडि श्रीमतीको सम्पत्तिलाई कसुर मानेर खाली सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भन्ने कुत्सित मनसाय राखेर मुद्दा दर्ता मात्र गरिएको हो ।

ढोकामा टेकाइएको मुद्दामा आधारमा निलम्बन हुनुहुँदैन भनेर निवेदन राखेको थिएँ,’ उनले भने । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो ।

संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो । रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ ।

सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए । तर पहिलाको जस्तै यस पटक पनि सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पदको निलम्बन फुकुवा गर्न नसकिने बताएका छन् ।

लामिछानेसहित रास्वपाको टोलीलाई उनले फुकुवा गर्ने अधिकार आफूसँग नभएको बताएका छन् । ’सांसद पद सभामुखको हैसियतले मैले निलम्बन गरेको होइन । मैले सूचनामात्रै जारी गरेको हो। कानुनले सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि निलम्बन हुने व्यवस्था गरेको छ ।

मैले निलम्बन फुकुवा गर्न सक्दिनँ’ सभामुखले भने । रविले सभामुखबाटै सांसद पद फुकुवा गर्ने विश्वास भएकाले अहिले अदालत नगएको बताए । यद्यपि, सभामुखले तत्काल लामिछानेको सांसद पद फुकुवा गर्न नसक्ने जवाफ दिएका छन् ।

सभामुखले रविलाई भने, ‘तपाईँसहितको संसद भएको भए राम्रो हुन्थ्यो । तर, मैले नियमावली हेरेर कानूनअनुसार गरेको हुँ । कानूनभन्दा माथि कोही छैन ।’ यता लामिछानेले भने सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाए ।

सभामुखसँगको भेटपछि पर्साको विलम्बलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौँ भनेर बसिरहेको टिप्पणी गरे । उनले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाए ।

Tags: #रवि कसरी कसुरदार#रविलाई सभामुखको सान्त्वना#सांसद निलम्बन फुकुवा

लोकप्रीय

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

विचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

थप समाचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
ताजा समाचार

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा
खेलकुद

एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.