NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो आइतवार भदौ ८ , २०८२
सडकमा सुटकेसभित्र शव,कसले राख्यो ?माइतमै बस्थिन महिला आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

“सन्चो“बनाउने जडीबुटी केन्द्र ध्वस्त,कसको के बिगारेको थियो ?

बुधबार चैत्र २० , २०८१
Reading Time: 1 min read
A A
“सन्चो“बनाउने जडीबुटी केन्द्र ध्वस्त,कसको के बिगारेको थियो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० चैत , काठमाण्डौ ।

तपाई सन्चो प्रयोग गर्नु हुन्छ ?यदि गर्नु हुन्छ भने बजारमा अब केही समय सन्चो नपाइन सक्छ । सन्चो उत्पादन गर्ने कम्पनी नै चैत्र १५ गते राजावादी समूहको निसानामा प¥यो । सङ्घीय राजधानीको मुटुमा रहेको जडीबुटी उत्पादन केन्द्रले राजावादीको आन्दोलन उक्साउन कुनै पनि भूमिका खेलेको थिएन ।

न त यो कम्पनी प्रदर्शन गर्ने भनिएको इलाकामा नै थियो । तर सबै भन्दा बढी क्षति यसैले व्यहोर्नु प¥यो । तीनकुनेको राजावादीको प्रदर्शन हिंसात्मक बन्न पुग्यो । तीनकुनेमा भड्किएको हिंसाको छिटा कोटेश्वर पार गरेर जरीवुटी पुग्यो ।

LS Auto

जसका कारण सन्चो उत्पादन गर्ने कम्पनी नै जलेर खरानीमा परिणत बन्नपुग्यो । सन्चोले गणतन्त्रवादी राजावादी, सुरक्षाकर्मी, सरकार पक्ष कसैला पनि फरक व्यवहार गर्दैन थियो । रुघाखोकी लाग्दा मात्र हैन टाउको दुख्दा समेत बिरामीलाई आराम प्रदान गर्ने सन्चो कम्पनी अहिले आफै बिरामी परेको छ ।

राजावादी समर्थकको निसानामा परेपछि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका सबै प्रकारका उत्पादन अहिले बन्द छन् । राजावादी समूहले गरेको आगजनीबाट कम्पनीमा २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

माओवादीको दश बर्षे सशस्त्र जनयुद्धलाई सम्झना गराउने गरी काठमाण्डौंमा भएको तोडफोड र आगजनीले करोडौँ रुपैयाँको क्षति भएको छ भने २ जनाको ज्यान समेत गएको छ ।

त्यही आगजनीमा परी जडीबुटी उत्पादनतथा प्रशोधन कम्पनीको जीएमपी अनुसार सञ्चालन गरिएको भवन लगायत स्वचालित उपकरण जलेर ध्वस्त हुँदा उत्पादन सबै ठप्प भएको हो ।

गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’(जीएमपी) सुविधा सहितका दुई वटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, उपकरण, फर्निचर, कागजात, प्याकेजिङ लगायत सामग्री जलेर खरानीभएका छन् । भवन खण्डहर बनेको छ ।

उपकरण र अन्य सामग्री जलेर खरानी भएका छन् । परिसरमा रहेका एक दर्जन बढी गाडी र मोटरसाइकलको अस्थिरपन्चर मात्रै बाँकी छन् । २०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको सङ्कलन र प्रशोधन गर्दै आएको थियो ।

कम्पनीले २०५६ सालदेखि ‘सन्चो’ उत्पादन गर्दै आएको थियो । यहाँका उत्पादन मध्ये जनता माझ सबै भन्दा बढी रुचाइएको बस्तुमा सन्चो नै पर्छ । कम्पनीले सन्चो, सन्चो बाम (भिक्स), सन्चो शिलाजित, हिमालय मसाज तेल, बाम तेल, सन्चो जटा केश तेल, सन्चो पेन रिलिफ आयल उत्पादन गर्दै आएको थियो ।

जडीबुटी कम्पनीले स्थानीय स्तरसम्म पुगेर जनतालाई रोजगारी समेत दिँदै आएको थियो । सन्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थका लागि जडीबुटीको खेती कम्पनीको आफ्नै जग्गामा हुने गरेको छ ।

त्यति मात्रै होइन, सन्चो उत्पादनकालागि बिउ कम्पनीले नै वितरण गर्दै आमनागरिकलाई रोजगारी दिँदै आएको छ । कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको छ । जसमा ९ सयभन्दा बढी किसान जडीबुटी खेतीमा जोडिएका छन् ।

नेपालमा आयुर्वेदिक औषधिको उत्पादन गर्ने सरकारी उद्योगहरूमा सिंहदरबार वैद्यखाना विकास समिति र नेपाल आयुर्वेद औषधि कम्पनी लिमिटेड भक्तपुर हुन । यसै गरी निजीक्षेत्रका उद्योगहरूमा डाबर नेपाल प्रालि बाँके, हिमालय हर्बल्स काठमाडौँ, पाटनजलि आयुर्वेद नेपाल मकवानपुर र एभरेस्ट आयुर्वेद ललितपुर प्रमुख छन् ।

श्री वैद्यनाथआयुर्वेद, आर्य भट्ट आयुर्वेद कम्पनीका साथै साना तथा स्थानीय उत्पादन केन्द्रहरूले पनि औषधि उत्पादन गरी रहेका छन् । आयुर्वेदलाई दक्षिण एसियाको मौलिक उपचार पद्धति मानिन्छ । तर उचित व्यवस्थापन र नीतिगत कमजारीका कारण तीन दशक अघिदेखि चलिआएको यो उपचार पद्धति पछि परेको छ ।

जस कारण पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति मानिसको आकर्षण बढ्न सकेको छैन । संसारभरिका मान्छेले नेपालको हिमालयन हर्बल खोजेका छन् । नेपाल सरकारले नीति बनाएर आयुर्वेद औषधिलाई व्यावसायिक बनाउन सके रोजगारी सिर्जनाका साथै नेपाललाई विश्वसामु चिनाउन सकिन्थ्यो ।

आयुर्वेद उपचारको लागि नेपालएकदमै उपयुक्त देश हो । अहिले एलोपेथिक तिर मात्रै मान्छेको आकर्षण छ । आयुर्वेद तिर कम छ । निरोगी हुने जीवन पद्धति भनेको आयुर्वेद हो। आयुर्वेदको पद्धति अपनाएर मान्छे निरोगी हुन सक्छ ।

रोग लागेपछि अस्पताल धाउनुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय हो । यो वैकल्पिक विधिमा परे पनि यसले मान्छेलाई विभिन्न स्वास्थ्यलाभ दिइरहेको छ र निरन्तर दिइरहने छ ।
नेपालमा पाइने तथा खेती भएको आयुर्वेदिक औषधि भारत तथा अन्य देशमा प्रशोधन भएर आउँछ ।

आयुर्वेद उपचार केन्द्र छ्याप छ्याप्ती छन् । औषधि पनि जथाभाबी पाइन्छ । नेपालमा काठमाडौँको नरदेवीमा १०० शय्याको केन्द्रीय आयुर्वेदिक अस्पताल सञ्चालनमा छ। दाङमा ३० शय्याको क्षेत्रीय आयुर्वेदिक अस्पताल सञ्चालनमा छ।

यसका साथै, ७५ वटै जिल्लामा आयुर्वेदिक औषधालयहरू र ३०० भन्दा बढी स्थानमा आयुर्वेदिक प्राथमिक स्वास्थ्य चौकीहरू स्थापना भई सेवा प्रदान गरिरहेका छन्। आयुर्वेदिक सेवाबाट लाभान्वित जनसंख्याः नेपालमा परम्परागत रूपमा आयुर्वेदिक चिकित्सा पद्धति लोकप्रिय छ।

एक अध्ययन अनुसार, नेपालमाकरिब ८० प्रतिशतभन्दा बढी मानिसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आयुर्वेदिक चिकित्साबाट उपचार लिने गरेका छन्। नेपाल जैविक विविधताले सम्पन्न देश हो, जहाँ करिब ७ सय प्रकारका औषधिजन्य जडीबुटी पाइन्छन्।

व्यावसायिक रूपमा उत्पादन र सङ्कलन गरिने प्रमुख जडीबुटीहरूमा टिमुर, तेज पत्ता, रिट्ठा, अमला, मान्थे, लेमनग्रास, अश्वगन्धा, पिप्ला आदि छन्। यी जडीबुटीहरूको ठुलो मात्रा भारत, युरोप, अमेरिका लगायतका देशहरूमा निर्यात गरिन्छ।

सन्चो केवल एउटा औषधि मात्र थिएन, यो नेपाली जनजीवनसँग गाँसिएको नाम थियो। रुघाखोकीदेखि टाउको दुखाइसम्मको सहज समाधान प्रदान गर्ने यो उत्पादन अब अनिश्चित भविष्यतर्फ धकेलिएको छ।

एक हिंसात्मक आन्दोलनको छायाँमा एउटा कम्पनी खरानीमा परिणत हुनु केवल आर्थिक क्षति मात्र होइन, हजारौँ किसान, मजदुर र उपभोक्ताको लागि गहिरो आघात पनि हो।

अब सन्चोको पुनःउत्पदान सम्भव छ वा छैन, त्यो आगामी दिनले देखाउनेछ। तर एक कुरा निश्चित छ,एक क्षणको आवेगले वर्षौँको मेहनतलाई खरानीमा परिणत गर्न सक्छ र यसको असर दीर्घकालीन हुन सक्छ।

Tags: #“सन्चो“बनाउने जडीबुटी केन्द्र ध्वस्त#बिरामीलाई आराम दिने सन्चो

लोकप्रीय

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

विचार

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

थप समाचार

विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल
अन्तर्राष्ट्रिय

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो
आर्थिक

नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.