मोदीले ओलीलाई साइडलाइनमै समिति पारिदिए

२२ चैत , एजेन्सी ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो ।

सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेकी थिइन । सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलका नेताहरुले सम्बोधन गर्नेछन् ।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिएको छ ।

तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलका नेताहरुबाट सम्बोधन हुनेछ । सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुने तय भएको छ । यी सबै कार्यक्रमहरु बैङ्ककस्थित होटेल साड्ग्रिलामा हुनेछन् ।

थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन् । बिहीबार बिमस्टेकको अफिसियल डिनरमा भने प्रधानमन्त्री ओली र मोदी सँगसँगै देखिएका थिए।

मोदीको छेउमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस पनि सँगैसँगै देखिएका थिए। सम्मेलनमा सहभागी हुन गएका तीन देशका राष्ट्र प्रमुखहरू सँगसँगै बस्नु सामान्य रहे पनि पछिल्लो परिस्थितीका कारण त्यो दृश्यले ध्यान तानेको हो।

प्रधानमन्त्री ओलीको कार्यकाल ८ महिना बितिसक्दा पनि भारत भ्रमणको निम्तो पाएका छैनन्। उनले चीन भ्रमणलगत्तै भारत भ्रमण गर्ने भने पनि त्यसको टुंगो लागेको छैन। यस्तै शेख हसिनाले देश छाडेको प्रकरणपछि बंगलादेशसँग पनि अहिले भारतको कटुता रहेको छ ।

गत अगस्टमा बंगलादेशमा विद्यार्थीहरूको आन्दोलन चर्किएपछि त्यहाँकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी थिइन्। अहिले उनी भारतमा छिन्। हसिना देश छाडेर भागेपछि युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार छ।

युनुस नेतृत्वको सरकारले हसिनाविरूद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ भने उनीविरूद्ध गम्भीर मानवअधिकारको उल्लंघनमा अदालतमा दर्जनौं मुद्दा दायर भएको छ। हसिनालाई भारतले बंगलादेशको जिम्मा लगाउनुपर्ने आवाजहरू उठिरहेका छन्।

यही विषयमा बंगलादेश र भारतको सम्बन्धमा केही चिसोपन देखिएको छ। त्यस्तो परिस्थितिकाबीच दुवै जना सँगसँगै बसेको दृश्यहरूबारे भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।

यता थाइल्याण्डमा मोदीसँग प्रधानमन्त्री ओलीको भेट भयो भने यो साइडलाइनमा हुने दोस्रोपटकको भेट हुनेछ । यसअघि संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओली र मोदीबीच ३० मिनेट वार्ता भएको थियो।

औपचारिक रूपमा प्रधानमन्त्री ओलीले भारत भ्रमणको निम्तो नपाएको परिस्थितिमा दुई जना सँगसँगै देखिनु र आज आपरान्ह तय भएको भेटलाई लिएर नेपालको राजनीतिक बृतमा पनि चासो बढेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top