×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

आन्दोलनमय चैत,इपिसेन्टर काठमाडौं

२३ चैत्र २०८१

२४ चैत ,काठमाण्डौ ।

केही दिनदेखि देशको संघीय राजधानी काठमाडौँ अस्तव्यस्त सहरमा परिणत भएको छ । एकातिर एक सातादेखि विश्वकै प्रदूषित सहर बनेको छ भने अर्को तिर सडकमा दैनिक हुने अनेक थरी आन्दोलनले थिलथिलो बनेको छ ।

Advertisement
Advertisement

आगलागी, धुलो र गाडीबाट निस्कने धूवाँका कारण काठमाडौँको हावा साता दिन यता प्रदूषित बनेको छ । काठमाडौँको वायुले खतरनाक तह पार गरेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र काठमाडौँ महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

एकातर्फ सास नै फेर्न नसक्ने अवस्था ब्यहोरिरहेका राजधानीबासी अर्कोतर्फ दैनिक हुने सडक आन्दोलनले घरबाट वाहिर निस्कन समेत सक्ने अवस्थामा छैनन् । आफ्नो स्वास्थ्यलाई जोखिममा हालेर मास्क लगाएरै भएपनि दैनिकीमा निस्कने राजधानीवासी कति बेला कसको आन्दोलनको निशानामा पर्छन भन्ने थाहा नै हुदैन् ।

सडकमा आन्दोलन नै आन्दोलन चलिरहेका छन् । प्रहरीले असुल ग्याँस र गोली समेत चलाउँछ । त्यसमा पनि आन्दोलनकारी भन्दा बटुवा निशानामा पर्दछन् ।दैनिक जसो हुने सडक आन्दोलनले दैनिक ज्यालादारी गरी पेट पाल्नेहरूलाई मात्र हैन सबै खाले व्यवसाय गर्नेलाई निकै असहज बनाएको छ ।

सत्ता स्वार्थका लागि हुने यस्ता आन्दोलनहरुले हरेक पटक जनतालाई पिडामाथि पिडा थप्ने गर्दछन् । विद्यार्थीहरूका पढाइ बन्द भएका छन् भने बिरामीहरू अस्पतालसम्म पनि पुग्न पाउँदैन । घर बाहिर निस्केको सदस्य साँझ घर फर्कने हो कि हैन् भन्ने चिन्ता सबै राजधानीबासीहरूलाई छ ।

एक तर्फ सडकमा दैनिक घण्टौँ जाममा बस्नु पर्ने बाध्यता छ भने अर्को तर्फ स्थानीय प्रशासनलाई सुरक्षा व्यवस्था मिलाउने बेग्लै तनाव छ । वास्तवमा यस पटकको चैत महिना आन्दोलनमय नै बनेका छ ।

गणतन्त्रवादी र राजावादी मात्र हैन चक र डस्टर समाएर कक्षा कोठामा हुनु पर्ने गुरुहरुपनि हजारौँको सङ्ख्यामा काठमाण्डौका सडकमा प्रदर्शन गरी रहेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन गरिरहेका छन् ।

आइतबार उनीहरूले ¥यालीका क्रममा सिठी फुकेर सरकार र राजनीतिक दलहरूको ध्यान खिच्ने प्रयास गरेका छन्। त्यसका अलवा कुलमान घिसिङलाई न्याय दिलाउनका लागि निस्कने जुलुसदेखि रैथाने चाडपर्वले समेत राजधानीका सडकमा यात्रा गरिसक्नु छैन ।

गणतन्त्रको पक्षमा भन्दै एमालेले केही दिन अघि मोटरसाइकल ¥याली निकाल्यो । फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भन्दै सडकमा हजारौं मानिसहरु उत्रिए माओवादी, नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध चार दलीय मोर्चाले चैत १५ गते राजावादीको शक्ति प्रदर्शनलाई ‘काउन्टर’ दिन काठमाडौँमा बृहत् विरोध सभाको ग¥यो ।

दुर्गा प्रसाईँ नेतृत्वको समूह पनि सनातन हिन्दु राष्ट्र तथा राजतन्त्र फर्काउन भन्दै चैत्र १५ गते तीनकुनेमा प्रदर्शनमा उत्रियो । प्रदर्शन एकाएक हिंसात्मक बनेपछि तीनकुनेदेखि कोटेश्वरको भाटभटेनी हुँदै जडीबुटी क्षेत्रसम्म रणभूमि नै बन्यो ।

२ जनाको ज्यान गयो धेरैलाई गोली लाग्यो । धेरै घाइते भए । प्रदर्शनका मुख्य आयोजक प्रसाईँ आज सम्म फरार छन् । प्रहरीले उनको खोजी तीव्र बनाएको वताएपनि फेला पार्न सकेको छैन ।आइतबार पनि विद्युत् प्राधिकरणको निर्देशकबाट निकालिएका घिसिङको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ ।

कुलमानलाई पुनर्बहाली गर्नुपर्ने उनीहरूको माग छ । घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनु पर्ने लगायतका माग राख्दै समर्थकहरू सडकमा आएका छन् । राप्रपा नेपालले देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना र प्रदर्शन गर्याे ।

राप्रपाले चैत्र २६ गते हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना लागि काठमाडौँमा बागमती स्तरीय बृहत् जनप्रदर्शन गर्ने तयारी गरेको छ । हुन त यस अघिका विभिन्न आन्दोलनहरुपनि चैत्र महिनामा नै भएका देखिन्छ ।

२०३५ साल चैतमा सुरु भएको विद्यार्थी आन्दोलन चर्कँदै जाँदा २०३६ जेठ १० गते राजा वीरेन्द्र निर्विकल्प भनिएको निर्दलीय पञ्चायती व्यवस्थाबारे जनमत सङ्ग्रह घोषणा गर्न बाध्य भएका थिए ।

त्यस्तै २०४६ साल फागुन ७ गतेदेखि पञ्चायती व्यवस्थाविरुद्ध काँग्रेस र तत्कालीन संयुक्त वाम मोर्चाले प्रारम्भ गरेको संयुक्त जनआन्दोलन चैत महिनामा उत्कर्षमा पुगेको थियो । जनआन्दोलनको दबाब थेग्न नसकेपछि चैत २६ गते निरङ्कुश पञ्चायती सत्ताले घुँडा टेकेको र बहुदलीय व्यवस्था पुनस्र्थापना भएको थियो ।

२०६२ सालको चैत २४ गतेबाट प्रारम्भ गरिएको जनआन्दोलनले १९ औँ दिनमा राजा ज्ञानेन्द्रको स्वेच्छाचारिता समाप्त गरेको थियो । २०६२ साल मङ्सिर ७ गते तत्कालीन विद्रोही माओवादी र सांसदवादी सात दलबिच १२ बुँदे सहमति भएको थियो ।

सोही आधारमा २०६२ साल चैत २४ गतेबाट सुरु भएको जनआन्दोलन वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले संसद् पुनस्र्थापना भएको घोषणा गरेपछि टुङ्गिएको थियो । अब २०८१ को चैत्रमा राजतन्त्र पुनःस्थापनाको आवाज उठ्दै गर्दा यो आन्दोलन कुन मोडमा पुग्छ, त्यो अहिले नै भन्न कठिन छ ।

तर सत्य यो हो , जनता जागेका छन्, सडक तातिएको छ र सत्ता फेरि एकपटक प्रश्नको घेरामा छ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top