×

NEPAL TIMES UPDATES

Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026

नयाँ वर्षमा नयाँ सरकार, प्रचण्डले गरे घोषणा

३० चैत्र २०८१

३१ चैत , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठूला दलको वर्तमान सरकार ढल्नु त परको कुरा हल्लिन पनि नसक्ने दाबी गरिरहेका बेला प्रतिनिधि सभामा तेस्रो ठूलो दलका रुपमा सरकार बनाउन र भत्काउन सक्ने म्याजिकल नबन्ने लिएर नेकपा माओवादीको नेतृत्व गरिरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षसँगै नेपालमा नयाँ सरकार बन्ने बताएका छन्।

Advertisement
Advertisement

चितवनमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले देशमा नयाँ घटनाक्रमहरू तीव्र रूपमा विकास भइरहेको जनाउँदै वर्तमान सरकारको भविष्य अनिश्चित बन्दै गएको बताए। प्रचण्डले भने, “परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ।“

केही दिन अघि मात्रै प्रचण्डले नेपाली काग्रेसले सरकारको नेतृत्व गरे आफू सहयोग गर्न तयार रहेको बताएका थिए । बिहीबार एक अन्तर्वार्तामा उनले काँग्रेसले यो सरकारको विकल्प खोज्नुपर्ने बताएका थिए ।

माओवादीले काँग्रेसले भनेअनुसार सरकारमा गएर वा बाहिर बसेर समर्थन गर्न तयार रहेको उनको स्पष्ट भनाइ छ । उनले जनआक्रोश बढ्दै गएको उल्लेख गर्दै नयाँ वर्षले नयाँ राजनीतिक निकास ल्याउने विश्वास व्यक्त गरे।

उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना औँल्याउँदै त्यसमा माओवादी केन्द्रले पूर्ण समर्थन गर्ने स्पष्ट पारे। “अबको कोर्स भनेको नेपाली काँग्रेस र शान्ति सम्झौताका सहयात्रीहरू एक ठाउँमा आएर सहमति खोज्नु नै सबभन्दा राम्रो विकल्प हो,” उनले भने, “कांग्रेसको जस्तो चाहना हुन्छ, त्यही अनुसार गर्छौं।

सरकारमा बोलायो भने सरकारमा जान्छौं, बाहिरबाट समर्थन भने त्यसमा पनि हामी तयार छौं।” प्रचण्डको भनाइ अनुसार, नेपाली कांग्रेसले विकल्प दिन आँट गर्नुपर्छ, किनभने त्यो देशको सबैभन्दा ठूलो दल हो र शान्ति प्रक्रियाको मूल हस्ताक्षरकर्तामध्ये एक पनि हो।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति आफ्नो विश्वास व्यक्त गर्दै भने, “देउवाजीले ओलीजस्तो जालझेल गर्नुहुन्न।” प्रचण्डको यस अभिव्यक्तिपछि नेपाली राजनीति फेरि तरंगित भएको छ। सत्ताको वरिपरि निरन्तर सक्रिय देखिने प्रचण्डले फेरि सत्ता समीकरण बदल्ने प्रयास थालेका छन्।

यससँगै कांग्रेसभित्र पनि असन्तुष्टि चुलिँदो देखिन्छ। कांग्रेस महामन्त्री गगन थापा पछिल्लो समय सरकारको कामप्रति खुलेर असन्तुष्टि जनाइरहेका छन्। उनले प्रधानमन्त्री र मन्त्रीहरूले भाषणभन्दा काममा ध्यान दिनुपर्ने भन्दै आलोचना गरेका छन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयबारे उनले सरकारको आलोचना गर्दै यो अनावश्यक कदम भएको बताएका छन्। हिजो मात्रै धनकुटामा आयोजित कार्यक्रममा थापाले भने, “यो सरकार सफल बनाउन हामीले काम गरिरहेका छौं, मेहनत गरिरहेका छौं। परिणाम दिन भनिरहेका छौं।

तर कहिलेकाहीँ दुःख लाग्छ, नगर्नुपर्ने काम गरेर हामीलाई टोलटोलमा जवाफ दिनुपर्ने भएको छ।” ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा गरिएको कुलमान हटाउने निर्णयको तीव्र आलोचना गर्दै उनले पार्टीका मन्त्रीहरूलाई नगर्नुपर्ने काम नगर्न आग्रह गरे।

“हामी भनिरहेका छौं– गर्नुपर्ने काम गर, नगर्नुपर्ने काम नगर। तिमीहरुले राम्रो काम ग¥यौ भने प्रचार गर्न पाउँछौं,“ उनले थपे। यता, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सरकार ढल्ने कुनै सम्भावना नरहेको दाबी गर्दै आएका छन्।

उनले कांग्रेससँगको सत्ता साझेदारीअनुसार देउवालाई सत्ता हस्तान्तरण गर्न तयार रहेको कुरा दोहोर्याएका छन्। दुई दलको समझदारी अनुरुप अबको १५ महिनापछि सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्नेछन् ।

तर, पछिल्लो घटनाक्रमले ओलीको नेतृत्वमा रहेको सरकारको स्थायित्वमा प्रश्न उठ्न थालेको छ। प्रचण्डले ओलीप्रति पुरानो ‘विश्वासघात’ सम्झिँदै कांग्रेससँग मिलेर सरकार परिवर्तनको संकेत दिएका छन्। यदि कांग्रेसले साथ दियो भने प्रतिपक्षी दलहरूको समर्थनमा नयाँ बहुमतको सरकार बन्ने गणित प्रतिनिधिसभामा अझै कायम छ।

सत्तामा स्थायित्वको अभाव, नीति निर्माणमा भ्रम र जनअपेक्षा अनुसारको काम गर्न नसकेको भनेर आलोचना खेपिरहेको वर्तमान सरकार नयाँ वर्षमा संकटमा पर्ने प्रचण्डको अभिब्यक्तिले दर्शाएको छ । गएको असार ३० केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए ।

असार २८ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा प्रतिनिधि सभाबाट विश्वास गुमाएका थिए । सङ्घीय संसदमा उपस्थित २५८ सांसदमध्ये प्रचण्डले पेस गरेको विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो भने एक सांसद तटस्थ बसेका थिए ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top