×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी दबाब र Tehranको अडानबीच Iran को आणविक भविष्य के होला ? || Nepal Times
May 13, 2026
Playing
संसद्मा बालेनलाई लिएर महाभारत,बादलले बोलेको हटेपछि आक्रोश|| Nepal Times
May 13, 2026
Playing
Top 15 Afternoon News || May-13-2026 || Nepal Times
May 13, 2026
Playing
२२ बाट १८ मा झर्‍यो मन्त्रालयहरुको संख्या|| Nepal Times
May 13, 2026
Playing
बालेनमा दुई तिहाइको अहंकार नदेखियोस् || Nepal Times
May 13, 2026
Playing
UAE पछि साउदीले पनि Iran माथि गोप्य आ*क्र*मण गरेको खुलासा || Nepal Times
May 13, 2026
Playing
के राष्ट्रपतिले रोक्न खोजेकै अध्यादेश अब खारेज हुन्छ? || Nepal Times
May 13, 2026
Playing
सरकारलाई अप्ठ्यारो पार्ने सपना–कुमार–हरिको रणनीति|| Nepal Times
May 13, 2026
Playing
विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ || Nepal Times
May 13, 2026
Playing
२ हप्तासम्म दैनिक पानी पर्ने, अवरुद्ध राजमार्गहरुको अवस्था के छ ?|| Nepal Times
May 13, 2026

सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?

१ बैशाख २०८२

१ वैशाख , एजेन्सी ।

बलिउड अभिनेता सलमान खानलाई फेरि एकपटक ज्यान मार्ने धम्की आएको छ। एक अज्ञात व्यक्तिले मुम्बईको वरलीस्थित यातायात विभागको व्हाट्सएप नम्बरमा सन्देश पठाउँदै, सलमान खानलाई घरभित्र पसेर हत्या गर्ने र उनको कारलाई बम विष्फोट गराएर उडाइदिने चेतावनी दिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

यस घटनापछि प्रहरी प्रशासन सतर्क बनेको र उक्त व्यक्ति विरुद्ध मुद्दा दर्ता गर्दै अनुसन्धान थालेको प्रहरीलाई उदृत गर्दै भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यसअघि पनि यस्ता खालका धम्कीपूर्ण सन्देशहरू आएका थिए।

प्रहरीद्वारा अनुसन्धान र हिरासतमा लिइएपछि ती व्यक्तिहरूले ती सन्देश ‘मजाकमा’ पठाएको दाबी गरेका थिए। यद्यपि, यसपटक प्रहरी प्रशासन कुनै पनि लापरवाही नगरी गम्भीर रूपमा विषयको अनुसन्धानमा लागेको छ।

धम्कीपछि वरली प्रहरी कार्यालयमा अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरिएको छ र सन्देशको स्रोत पत्ता लगाउनका लागि डिजिटल फरेन्सिक अनुसन्धान अघि बढाइएको छ। यो धम्की त्यस्तो समयमा आएको हो जब ‘द केरल स्टोरी’ जस्तो विवादास्पद फिल्म प्रदर्शनमा आएको छ, जसले समाजमा व्यापक चर्चा पाएको छ।

धम्कीमा स्पष्ट रूपमा सलमान खानलाई घरभित्र पसेर ज्यान लिने र उनको कारलाई बमले उडाइदिने कुरा लेखिएको थियो। यस्तो खालको धम्कीले न केवल सलमान खानलाई, तर उनको परिवार र शुभेच्छुकहरूलाई पनि चिन्तामा पारिदिएको छ।

यस घटनापछि फ्यानहरू र बलिउड उद्योगमा उनको सुरक्षाको विषय फेरि चासोको केन्द्र बनेको छ। पछिल्ला केही वर्षयता सलमान खानलाई पटक–पटक सुरक्षा खतरा देखिँदै आएको छ, जसमा कहिले गैंगस्टरबाट त कहिले अज्ञात व्यक्तिहरूबाट ज्यान मार्ने धम्कीहरू प्राप्त भएका छन्।

यस पटक पनि उनी वा उनका प्रतिनिधिहरूले कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्, तर प्रहरी प्रशासनले यस विषयलाई गम्भीर रूपमा लिँदै आवश्यक कानुनी कदम चालिरहेको बताइएको छ।

प्रहरीले यसपटकको धम्कीलाई पुरानो घटनाहरूसँग तुलना गर्दै यो वास्तविक खतरा हो वा केवल धम्की मात्रै हो भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेको छ। तर जसरी धम्की सिधै सरकारी नम्बरमा आएको हो, यसले विषयलाई अझ गम्भीर बनाएको छ।

सलमान खानको सुरक्षा अझै कडा बनाइने सम्भावना रहेको बताइएको छ। सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गत वर्ष ठीक आजकै दिन, अर्थात् २०८१ सालको वैशाख १ गते (१४ अप्रिल २०२४) गोलीकाण्ड भएको थियो।

र त्यस घटनाको ठीक एक वर्षपछि, अर्थात् १४ अप्रिल २०२५ मा फेरि एक पटक सलमानलाई धम्कीपूर्ण सन्देश प्राप्त भएको छ। २०२४ सालमा सलमानलाई थुप्रै अनियमित किसिमका धम्कीहरू प्राप्त भएका थिए।

प्रहरीको अनुसन्धानपछि सुरक्षा कारणवश उनको अपार्टमेन्टको बाल्कनी बुलेटप्रुफ बनाइएको थियो। त्यसैगरी सलमानलाई वाई प्लस सुरक्षा दिइएको छ र उनी सधैं कडा सुरक्षा व्यवस्थामा रहने गर्छन्।

उनको गाडी पनि बुलेटप्रुफ छ। सलमान खानलाई लॉरेन्स विश्नोई गिरोहबाट ज्यानको खतरा रहेको बताइएको छ। उक्त गिरोहले उनीमाथिको आक्रमणको जिम्मा पटक–पटक लिँदै आएको छ। कालो हरिण मुद्दामा अदालतले सलमानलाई निर्दोष ठहर गरे पनि विश्नोई गिरोहले अझै माफीको माग गर्दै आएको छ।

यस सम्बन्धमा सलमानका पिता सलीम खानले प्रतिक्रिया दिँदै भनेका थिए, “जुन दिन मर्नु लेखिएको छ, त्यो दिन त आउँछ नै। कसैको धम्कीले केही फरक पर्दैन।” सन् २०२३ मा पनि सलमान खानलाई ग्याङस्टर गोल्डी बरारको तर्फबाट धम्कीपूर्ण इमेल आएको थियो। २०२२ मा पनि उनलाई एक पत्र मार्फत ज्यान मार्ने धम्की दिइएको थियो।

२०२४ मा त दुई अनजान व्यक्तिहरूले उनको पनवेलस्थित फार्महाउसमा पसेर आक्रमण गर्ने प्रयाससमेत गरेका थिए। सलमानले आफूमाथि मडारिएको खतरा सम्बन्धमा प्रतिक्रिया दिँदै भनेका थिए, “भगवान, अल्लाह सबै माथि छन्।

Advertisement

जति उमेर लेखिएको छ, उति नै हो। त्यही हो।” उनले भनेका थिए कि उनी घरबाट शूटिङ जान्छन् र शूटिङ सकेर ग्यालेक्सी अपार्टमेन्ट फर्कन्छन्।

Advertisement

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top