वीरगञ्जमा सद्भाव विथोल्नेलाई कारबाही गर्न समिम मियाँको माग

५ बैशाख, विराटनगर । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।

Advertisement

एकसातापछि शान्तिसुरक्षाको स्थिति सामान्य रहेको भन्दै प्रशासनले निषेधाज्ञा हटाएपनि गत शनिबार हनुमान जयन्तीका अवसरमा आयोजित शोभायात्रामा सामाजिक सद्भाव विथोल्ने गरी गतिविधि गर्ने ब्यक्तिहरुलाई कारबाही नगरिएको भन्दै मुस्लिम आयोगले असन्तुष्टि जनाएको छ ।

मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले वीरगञ्जमा दुई समुदायबीच भड्किएको हिंसामा सम्बन्धित निकायले तदारुकता नदेखाएको भन्दै संलग्नमाथि कारबाही गर्न माग गरेका छन् ।

Advertisement

उनले सो घटनापछि सद्भाव विथोल्ने गरी गैरकानुनी अभिव्यक्ति दिने ब्यक्तिहरु अझै पनि कानुनी कारबाहीबाट बाहिरै रहेको भन्दै उनीहरु जुनकुनै समुदायको व्यक्ति भएपनि कानुनी दायरामा ल्याउनु पर्ने अन्सारीले बताएका छन् । उनले घटनाको सत्यतथ्य छानविन र दोषीमाथि कारबाही नहुनु प्रशासनको कमजोरी रहेको बताएका छन् ।

अन्सारीले म्यानमारको उदाहरण दिएर सार्वजनिक समारोहमा मुस्लिम समुदायमाथि चेतावनी दिँदा समेत प्रशासन मौन रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

Advertisement

उनले भनेका छन्, मैले पटक पटक दोहोर्याउदै आएको छु,घटना घटाउने ब्यक्ति जुनसुकै समुदायको भएपनि कानुनी दायरमा ल्याउनु पर्छ, घटनाको छानविन हुनुपर्छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले शुक्रबार बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको छ । “स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ,” जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पनि हनुमान जयन्तीका अवसरमा वीरगन्जमा भएको हिंसात्मक घटनालाई दुर्भाग्यपूर्ण भन्दै सामाजिक सद्भाव कायम गर्न सबैलाई संयमता अपनाउन आह्वान गरेका छन्।

मुख्यमन्त्री सिंहले वीरगन्जलाई मधेशको शक्ति र धार्मिक–सांस्कृतिक विविधताको प्रतीक बताउँदै यसमा चोट पु¥याउने कुनै पनि गतिविधि चिन्ताजनक र दुःखद् भएको उल्लेख गरेका छन्।

यसैबीच, खानेपानीमन्त्री प्रदीप यादवले पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक सम्पत्तिमा तोडफोड र उत्तेजक अभिव्यक्ति दिनेहरूमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।

पर्सा प्रहरी प्रमुख गौतम मिश्रले हनुमान जयन्तीको शोभायात्राका क्रममा तोडफोडमा संलग्न दुवै समुदायका चार जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको जानकारी दिएका छन् ।

त्यस्तै, मंगलबार निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने दुई जनालाई पनि नियन्त्रणमा लिइएको छ। गत शनिबार हनुमान जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top