×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

७ जेष्ठ २०८२

६ जेठ , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फेरि फोनवार्ता गरेका छन् । उनीहरुबीच दुई घण्टा कुराकानी गरेपछि ‘रुस–युक्रेन’ युद्धविराम वार्ता तुरुन्त शुरु गर्ने ट्रम्पले बताएका छन् ।

Advertisement
Advertisement

ट्रम्पसँगको कुराकानीपछि रुसी नेताले समेत युक्रेन सम्झौतामाथि चर्चा गर्न आफुहरु तयार रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपतिले पुटिनसँग आफ्नो सम्बन्धबारे लामो कुरा गरेको र यसबीच रुस–युक्रेन युद्धविरामबारे विशेष कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उता, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलन्स्कीले ट्रम्पसँग युक्रेनबारे ‘हामीबिना कुनै निर्णय नलिनू, कारण किभ अन्तर्राष्ट्रिय नेताहरुसँग उच्चस्तरीय बैठकबारे विचार गरिरहेको छ’ भनेका छन् ।

लडाईंबारे कुनै पनि प्रकारको वार्ता हुनु पहिले समेत छुट्टै कुराकानी हुने कुरा जेलेन्स्कीले उल्लेख गरेको आफ्नो युक्रेन संवाददाता जेम्स वाटरहाउसको हवाला दिँदै बीबीसीले जनाएको छ ।

रुसी समाचार एजेन्सी तासको रिपोर्ट अनुसार क्रेमलिनका विदेश नीति सल्लाहकार यूरी उशाकोभले युक्रेन युद्धविरामका लागि वार्ता शुरु गर्ने बताए पनि समय सीमाबारे भने कुनै कुरा नभएको उल्लेख गरेका छन् ।

तासले रुसी राष्ट्रपति पुटिनले किभलाई कुराकानीको तहमा ल्याउन ट्रम्पले खेलेको भूमिकाको प्रशंसा गरेको र दुबै पक्ष आफ्नो कुराकानी जारी राख्ने मनस्थिति बनाएको समेत उल्लेख गरेको छ ।

ट्रम्पले भने फोन संवाद ’एकदम राम्रो’ भएको बताउँदै दुई पक्षबीच शान्तिका शर्तहरूबारे सहमति हुनु पर्ने भनेका छन् । पुटिनले ’सम्भावित भावी शान्ति सम्झौताबारे समझदारी’का निम्ति युक्रेनसँग मिलेर काम गर्न आफू तयार भएको बताएका छन् ।

जेलेन्स्कीले चाहिँ ’यो निर्णायक घडी’ भएको बताए अनि अमेरिकालाई यी संवादहरूबाट नटाढिन आग्रह गरे । पुटिनसँगको वार्ताबारे ट्रम्पले सकारात्मक टिप्पणी गरे पनि रुस–युक्रेन शान्ति वार्ता कहिले सुरु हुन्छ भनेर कुनै सङ्केत दिइएको छैन ।

साथै अमेरिका तथा युरोपेली देशहरूले रुसी राष्ट्रपतिलाई ३० दिने निशर्त युद्धविराम गर्न गरेको आग्रहको पनि पुटिनले जबाफ दिएका छैनन् । ट्रम्पसँगको वार्तापछि जेलेन्स्कीले ’पूर्ण तथा निशर्त युद्धविराम’का लागि युक्रेनको इच्छा पुनः प्रकट गरे ।

यदि मस्को तयार नभए ’अझै कडा आर्थिक प्रतिबन्ध’हरू लगाइनु पर्ने पनि उनले बताए । ट्रम्पसँग कुरा हुनुभन्दा अगाडि बोल्दै गर्दा जेलेनस्कीले युक्रेनबारेका कुराकानीमा उनको देशलाई सामेल गराउनै पर्ने र त्यो ’सैद्धान्तिक मान्यता’को विषय भएको बताए ।

उनले रुससँग हुने संवादको प्रक्रियामा ’अमेरिकी तथा युरोपेली दुवै पक्षका उचित तहका प्रतिनिधिको सहभागिता हुनै पर्ने’ बताएका छन् । “अमेरिका यी संवादबाट नटाढिने विषय हामी सबैका लागि अनि शान्तिका लागि जरुरी छ किनभने त्यसो हुन गयो भने केवल पुटिनलाई फाइदा पुग्छ,“ उनले भने ।

फोन वार्तहरूपश्चात् ह्वाइट हाउसमा भएको एक छुट्टै समारोहका बेला बोल्दै ट्रम्पले रुस र युक्रेनको संवाद मध्यस्थता गर्ने कार्यबाट अमेरिका पछि नहट्ने भनेका छन् । तर आफ्नो ’दिमागमा लक्ष्मण रेखा’ भएको र यदि त्यो नाघियो भने चाहिँ उनले दुवै पक्षलाई आग्रह गर्ने कार्य रोक्ने बताए ।

हालैका साताहरूमा मस्को र किएभबीच शान्तिका विषयमा प्रगति नभएकोमा निराश ट्रम्पले अब अमेरिका यी सहजीकरणका कार्यबाट फिर्ता हुने चेतावनी बारम्बार दिएका छन् । रुसबारे उनको पछिल्लो विश्वासका सम्बन्धमा प्रश्न गर्दा पुटिनलाई युद्ध धेरै भएको र त्यसलाई अन्त्य गर्न उनले चाहेको आफूलाई लागेको ट्रम्पले बताए ।

ट्रम्पले फोन गर्दा सोची सहरमा एक सङ्गीत विद्यालयको भ्रमणमा रहेका पुटिनले उक्त फोन संवाद ’खुलस्त, जानकारीमूलक एवं रचनात्मक’ भएको टिप्पणी गरे। उनले युद्धविराम सम्भावनाको पनि कुरा गरे ।

“हामी अमेरिकी राष्ट्रपतिसँग केमा सहमत भएका छौँ भने रुसले सम्भावित भावी शान्ति सम्झौतासम्बन्धी समझदारीका निम्ति प्रस्ताव गर्ने छ र त्यसमा युक्रेनसँग मिलेर काम गर्ने छ,“ उनले भने ।

Advertisement

उनका अनुसार यसले ’कतिपय अडानहरू’ परिभाषित गर्ने छ जसमा ’सहमतिका सिद्धान्तहरू अनि सम्भावित शान्ति सम्झौता सम्पन्न गर्ने समयसारिणी साथै आवश्यक सहमति भएको खण्डमा निश्चित अवधिका निम्ति सम्भावित युद्धविराम’का विषय पनि रहने छन् ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top