NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो  मङ्लबार साउन २० , २०८२
पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ? मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा मङ्लबार साउन २० , २०८२
दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग मङ्लबार साउन २० , २०८२
१० हजार फिट माथि विमानको इन्जिन फेल, टर्बुलेन्स तीन गुणाले बढ्ने सोमवार साउन १९ , २०८२
Next
Prev

समाचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ६ , २०८२
Reading Time: 1 min read
A A
सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ जेठ ,काठमाण्डौ।

पार्टी रुपान्तरणको पक्षमा रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीबाट राजीनामा दिएर नयाँ सोच भएका युवाहरुलाई समेट्ने अभियानमा रहेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठसँग युवा राजनीतिककर्मी सागर ढकाल जोडिएका छन् ।

सागर सहित उनीजस्तै योजना भएका युवाहरुलाई २०८४मा सिंहदरबार प्रवेश गराउने अभियानमा जोडिएको दुई युवा नेताहरुले उद्घोष गरेका छन् । नेपाली राजनीतिमा नयाँ विकल्प र युवा नेतृत्वको बहस जब–जब चल्छ, केही उदीयमान अनुहारहरू स्वाभाविक रूपमा अगाडि आउँछन्।

हिजो मात्रै सामाजिक सञ्जालमा सार्वजनिक भएको ढकाल र सुमनाको भिडियो अन्तरसंवादले यस्तै दुई युवा राजनीतिकर्मी एकै ठाउँमा उभिएको सन्देश दिएको छ । उनीहरूको कुराकानीको केन्द्रमा थियो ’मिसन ८४’ ।

अर्थात् आगामी २०८४ सालको आम निर्वाचनको तयारी र त्यसमा युवाहरूको भूमिका। यो संवादले नेपाली राजनीतिमा परिवर्तनको आकांक्षा बोकेका धेरै युवाहरूलाई तरंगित बनाएको छ।

यसअघि ७९को निर्वाचनमा डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई कडा टक्कर दिएका स्वतन्त्र उम्मेदवार ढकाल आफ्नो जुझारुपन, राजनीतिमा युवा प्रवेश, परम्परागत राजनीतिक शक्तिहरूलाई निरन्तर प्रश्न गर्ने शैली र युवाहरूलाई राजनीतिको मूलधारमा आउन प्रेरित गर्ने अभियान्ताका लागि चिनिन्छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद श्रेष्ठ नीतिगत स्पष्टता, बौद्धिक बहस र सुशासनका मुद्दामा प्रखर रूपमा प्रस्तुत हुने गरेकी छिन्। यी दुई फरक पृष्ठभूमि र कार्यशैली भएका युवाहरूले एकसाथ मिसन ८४ को साझा लक्ष्यमा संवाद गरेपछि सामाजिक संजालमै उनीहरुको समर्थनमा युवाहरुले आफ्नो मत जाहेर गरेका छन् ।

भिडियो संवादमा उनीहरूले आगामी निर्वाचन केवल सत्ता परिवर्तनको खेल मात्र नभई, देशको राजनीतिक कार्यदिशा र भविष्य निर्माणको एक महत्वपूर्ण अवसर भएको कुरामा जोड दिएका छन्।

’मिसन ८४’ लाई सफल बनाउन अहिलेदेखि नै रणनीतिक तयारी, जनचेतना अभिवृद्धि र संगठन विस्तारमा लाग्नुपर्ने उनीहरूको साझा बुझाइ देखिन्छ। सागर ढकालले विशेषगरी युवाहरूलाई मतदाता नामावलीमा नाम लेखाउन, आफ्नो मताधिकारबारे सचेत हुन र राजनीतिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्।

उनले पुराना र स्थापित दलहरूको कार्यशैलीप्रति वितृष्णा जागेका युवाहरूलाई निराश नभई, आफैँ परिवर्तनको संवाहक बन्न उत्प्रेरित गर्ने प्रयास गरेका छन्। सांसद श्रेष्ठले भने नीति निर्माण तहमा युवाहरूको प्रतिनिधित्वको महत्व, सक्षम र इमान्दार व्यक्तिहरूलाई राजनीतिमा आकर्षित गर्ने वातावरण र दलहरूभित्र पनि युवामैत्री संरचना विकास गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।

उनले ’मिसन ८४’ केवल चुनाव जित्ने अभियान मात्र नभएर, देशलाई सही नीति र नेतृत्व दिने बृहत्तर योजनाको एक हिस्सा भएको बताएकी छन् । यो अन्तरसंवादको सबैभन्दा महत्वपूर्ण पक्ष युवाहरूलाई गरिएको सशक्त अपिल हो।

दुवै जनाले वर्तमान राजनीतिक अवस्थाप्रति निराशा व्यक्त गर्दै पलायन हुने वा निष्क्रिय बस्ने प्रवृत्तिले देशलाई थप संकटमा पार्ने चेतावनी दिएका छन्। उनीहरूले युवाहरूलाई अब चुप लागेर बस्ने बेला होइन, देश बनाउने अभियानमा होमिनुहोस् भन्ने सन्देश प्रवाह गरेका छन्।

सामाजिक सञ्जालमा मात्र असन्तुष्टि पोखेर वा चिया पसलमा गफ गरेर परिवर्तन नआउने, बरु संगठित भएर, आफ्नो मताधिकारको सही प्रयोग गरेर र योग्य व्यक्तिलाई नेतृत्वमा पु¥याएर मात्रै देशले काँचुली फेर्न सक्ने उनीहरूको तर्क छ।

उनीहरुले नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरेका कुलमान घिसिङको योगदानको पनि चर्चा गरेका छन् । युगान्डाबाट फर्किएका सागरले त कुलमानको योजना लोडसेडिङको मार खेपिरहेको युगान्डामा पुर्याउनु पर्ने बताएका छन् ।

देशले काँचुली फेर्नुपर्छ भन्ने हुटहुटी बोेकेका दुई युवा नेताको मिसन ८४ को यो प्रारम्भिक उद्घोषले निश्चय पनि केही आशा र केही प्रश्नहरू एकैसाथ जन्माएको छ। के यस्ता प्रयासहरूले साँच्चिकै परम्परागत राजनीतिको जालो तोड्न सक्लान् ?

के युवाहरू केवल भोट बैंकको रूपमा मात्र प्रयोग हुने हुन् वा निर्णायक शक्ति बन्न सक्लान् ? यी प्रश्नहरूको उत्तर भविष्यले देला, तर सागर ढकाल र सुमना श्रेष्ठजस्ता युवाहरूको सक्रियता र उनीहरूले युवाहरूमाझ जगाउन खोजेको राजनीतिक चेतनाले निश्चय पनि सकारात्मक तरंग पैदा गरेको छ

Tags: #कुलमानको चर्चा#युवालाई ०८४का लागि अपिल#सागर र सुमना मिसन ८४ मा#सागर रास्वपासँगै ?

लोकप्रीय

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२

विचार

थप समाचार

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा
ताजा समाचार

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

मङ्लबार साउन २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२

हालका पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.