×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

उर्जामन्त्रीलाई महावीरले भने पापी, मन्त्री खड्काले पनि दिए जवाफ

८ जेष्ठ २०८२

७ जेठ , काठमाण्डौ।

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा सामाजिक अभियन्ता महावीर पुन ऊर्जा मन्त्री र मन्त्रालयको कार्यशैलीप्रति चरम असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आगो ओकलिरहेका छन्। कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त गर्ने प्रक्रिया सुरु भएदेखि उनी आजित बनेका पुनले विद्युत् कटौतीको समस्याले आजित हुँदै ऊर्जा मन्त्री दीपक खड्कालाई “पापी“ को संज्ञा दिँदै उनलाई पदबाट हटाउन बृहत् जनआन्दोलनको आह्वान गरेका छन् ।

Advertisement
Advertisement

पुनले आफ्नो सामाजिक सञ्जालमा आक्रोश पोख्दै लेखेका छन्, “ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ। त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरुले हटाउने छाँटकाँट देखिएन।बृहत जनआन्दोलन अन्तिम उपाय देखियो।“

यसअघि, नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकालको अन्तिम समयमा हटाउने सरकारी कदमप्रति पनि पुनले कडा असन्तुष्टि व्यक्त गरेका थिए।  उनले नेपालको अर्थतन्त्र र देशको भविष्य विद्युत्मा निर्भर रहेको तथ्यलाई बारम्बार उजागर गर्दै आएका छन्।

ऊर्जा मन्त्रीको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै पुनले लेखेका थिए, “अर्थतन्त्र ध्वस्त भएपछि देश मर्छ र समाप्त हुन्छ। २१ औं शताब्दीमा विद्युत् बिना कुनै पनि देश अगाडि बढ्न सक्दैन।” आम नागरिकलाई एक क्षण आँखा चिम्लेर विद्युत् नभएको देशको कल्पना गर्न आग्रह गर्दै उनले नेतृत्वको अदूरदर्शिताप्रति कटाक्ष गरेका थिए।

ऊर्जा मन्त्रीप्रति लक्षित गर्दै पुनले उनको नियत र कार्यक्षमतामाथि प्रश्न उठाएका छन्, “अहिलेको ऊर्जा मन्त्री जस्तो विवेकहीन र लोभीपापी व्यक्तिले अहिलेसम्म कति भ्रष्टाचार गरे होलान् भनेर सजिलै अनुमान गर्न सकिन्छ।”

उनको बुझाइमा, यदि नेपाल विद्युत् प्राधिकरण आजसम्म जेनतेन टिकेको छ भने, त्यो राष्ट्रप्रेमी र इमान्दार कर्मचारीहरूको अथक प्रयास र योगदानले मात्र सम्भव भएको हो। उनले जनतालाई सचेत गराउँदै भनेका छन्, “राम्रो काम गर्ने व्यक्तिलाई हटाएर मिटर रिडर (भ्रष्ट प्रवृत्ति) ल्याउने मन्त्रीलाई भोट दिने जनताले एक पटक गम्भीर भएर सोच्नुपर्छ।”

महावीर पुनले ऊर्जा मन्त्रीलाई सोझै चुनौती दिँदै भनेका थिए, “कुलमान घिसिङले भन्दा जनताको चित्त बुझ्ने गरेर राम्रो काम गर्नूस्, नत्र जनतासमक्ष माफी माग्नूस्, किनकि जनताले अब माफ गर्ने छैनन्।” उनको पोस्टको अन्त्यमा व्यक्त व्यंग्यात्मक टिप्पणी थियो, “अहिलेको जमानामा दिउँसै रात पार्न खोजेका छन् गाठे!“

यो आक्रोशको शृङ्खला घिसिङलाई सरकारले कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएको घटनाबाट थप चर्किएको थियो। पुनले उक्त मूल्यांकन समितिका सचिव र सहसचिवहरूलाई “माइनस ९९ नम्बर“ दिने घोषणा गर्दै त्यस्ता विवेकहीन कर्मचारीहरूले देश डुबाउने र नेताहरूलाई पंगु बनाउने कटु टिप्पणी गरेका थिए।

यति मात्र होइन, घिसिङलाई पटक–पटक स्पष्टीकरण सोधिएपछि पुनले ऊर्जामन्त्री दीपक खड्का जो ०७९ को निर्वाचनमा संखुवासभाबाट निर्वाचित भएका थिए उनको क्षेत्रबाट घिसिङलाई चुनाव लडेर हराउन समेत सार्वजनिक आग्रह गरेका थिए।

देशमा नवप्रवर्तन र उद्यमशीलताको प्रर्वद्धनका लागि अथक संघर्षरत पुन आफ्नो पुस्तक बेचेर वीरगन्जमा कृषि औजार कारखाना संचालन गर्नेदेखि कुल बजेटको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन निरन्तर पैरवी गरिरहेका छन् ।

यता उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भने लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताएका छन् । बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका लागि आएका बताए ।

मर्मतसम्भारका लागि बाहेक अन्य कुनैपनि बहानामा लोडसेडिङ्ग नहुने उनले बताएका छन् । गत वर्षमा पनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत गएको दाबी गरेका छन् । मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरुमा झनै नहुने उनले दाबी गरेका छन् ।

यस्तै उर्जामन्त्री खड्काले उद्योगधन्दाहरुमा पर्याप्त विद्युत दिएको दाबी गरेका छन् । यो हिउँदमा पर्याप्त विद्युत दिन नसकेको र मंगलवार रातिबाट उद्योगधन्दालाई पुग्नेगरी विद्युत दिइएको दाबी गरे । उनले त्यसबाट बाँकी रहेको करिव डेढ सय मेगावाट विद्युत निर्यात शुरु गरिएको पनि जानकारी दिएका छन् ।

उनले आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको पनि बताए । मन्त्री खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो पनि गरेका छन् ।

उनले भ्रम फैल्याउनेहरुले राति १२ बजे समेत बत्ती गयो भन्दै आफूलाई फोन गर्ने गरेको बताए । बत्ती गएको ठाउँ सोधेर नेपालको उक्त ठाउँमा फोन गरेर बुझ्दा बत्ती नगएको तर बत्ती गयो भन्दै दुःख दिने काम गरेको उनको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top