NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो आइतवार भदौ ८ , २०८२
सडकमा सुटकेसभित्र शव,कसले राख्यो ?माइतमै बस्थिन महिला आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

मङ्लबार असार १७ , २०८२
Reading Time: 1 min read
A A
ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१७ असार, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच आगामी जुलाई ७ मा भेटवार्ता हुने भएको छ । अमेरिकी समाचार संस्था रोर्यटसले अमेरिकी अधिकारीहरूलाई उद्धृत उनीहरूबीच भेटवार्ता हुन लागेको जनाएको हो ।
यो भेट ट्रम्पको दोस्रो कार्यकालको दौरान नेतन्याहुको तेस्रो वासिङ्टन भ्रमण हुनेछ भने इरान–इजरायलबिच भएको १२ दिने युद्धपछिको पहिलो प्रत्यक्ष भेट हुनेछ ।
यी दुवै नेताविरुद्ध हालै इरानका सबैभन्दा वरिष्ठ शिया धर्मगुरु ग्रान्ड आयतोल्लाह नासिर मकरिम शिराजीले धार्मिक ‘फतवा’ जारी गरेका छन् । उनले यी दुवै नेतालाई ‘अल्लाहका शत्रु’ भनेका छन् ।
उनले विश्वभरका मुस्लिमलाई एकताबद्ध हुन र इरानविरुद्ध आक्रमण गरेकामा यी नेताहरूलाई पश्चात्ताप गर्न बाध्य पार्न पनि आग्रह गरेका छन् । फतवा इस्लामिक कानुनको व्याख्या हो ।
यो मर्जाद्वारा जारी गरिन्छ । मर्जा बारह इमामी शिया मुस्लिमको सर्वोच्च धार्मिक पद हो । यस्तो फतवा जारी भएपछि पहिलो पटक यी दुई नेता भेट गर्न लागेका हुन् ।
यसैबीच डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको अमेरिकी प्रतिबन्ध हटाउने कार्यकारी आदेशमा छिट्टै हस्ताक्षर गर्ने तयारी गरेका छन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारहरूसँग कुरा गर्दै यस्तो जनकारी दिएकी हुन् ।
उनका अनुसार ट्रम्पले सिरियाको पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रतिबन्ध हटाउने निर्णय गरेका हुन् । यसअघि मे महिनामा ट्रम्पले सिरियामाथिका कडा आर्थिक प्रतिबन्धहरू खुकुलो बनाउने घोषणा गरेका थिए ।
उता इरान र इजरायलबीच हालै भएको १२ दिने युद्धबारे इराक बल्ल बोलेको छ । इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले सोमबार इजरायलले इराकी हवाई क्षेत्रको प्रयोग गर्नु स्वतन्त्र देशको सार्वभौमिकताको उल्लंघन भएको बताएका हुन् ।
बीबीसी फारसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामीसँग उपयुक्त हवाई रक्षा प्रणाली नभएका कारण इजरायली लडाकु विमानहरूलाई इरानमा आक्रमण गर्न इराकी हवाई क्षेत्र प्रयोग गर्नबाट रोक्न सकेनौँ।’
उनले अगाडि भनेका छन्, ‘युद्ध सुरु हुनुभन्दा लगभग ४८ घण्टाअघि सबै सुरक्षा, राजनीतिक र मिडिया अनुमानले सैन्य कारबाही हुन लागेको संकेत गरेका थिए।’
इराकका प्रधानमन्त्रीलाई हवाई क्षेत्रको उल्लंघन रोक्न के कदम चालिएको थियो भनेर सोधिएको थियो । जवाफमा उनले भनेका छन्,।
‘इजरायलले इराकी हवाई क्षेत्रको प्रयोग गर्नु संयुक्त राष्ट्रसंघको सदस्य रहेको स्वतन्त्र देशको सार्वभौमिकताको उल्लंघन हो । यो संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय सन्धिहरूको उल्लंघन हो र इराकी सेना र देशका बासिन्दाहरूका लागि खतरा हो।’
यसैबीच यता इरानले पनि पुनः अमेरिकासंग वार्ता गर्न सकिने बताएको छ । तर यसका लागि उसले शर्त पनि राखेको छ । इरानका उपविदेशमन्त्री मजिद तख्त–रवान्चीले अमेरिका वार्ता पुनः सुरु गर्न चाहन्छ भने उसले थप आक्रमण नहुने ग्यारेन्टी गर्नुपर्ने बताएका छन्।
रवान्चीले ट्रम्प प्रशासनले मध्यस्थकर्ताहरूमार्फत इरानलाई वार्तामा फर्कन चाहेको बताएको दाबी गरेका छन् । तर वार्ताका क्रममा थप आक्रमण नगर्ने महत्त्वपूर्ण सवालमा अमेरिकाले अझै आफ्नो अडान स्पष्ट नपारेको उनले बताएका छन् ।
इजरायलले इरानविरुद्ध जुन १३ मा सैन्य हमला थालेपछि मस्कटमा हुने भनिएको अप्रत्यक्ष वार्ताको छैटौँ चरण रोकिएको थियो । इरानका उपविदेशमन्त्रीले आफ्नो देशले युरेनियम संवर्धनमा ’जोड दिइरहने’ पनि बताएका छन् ।
उनले आणविक बम बनाउने तयारी गरेको आरोप भने अस्वीकार गरेका छन् ।
LS Auto
Tags: #इजरेल–इरान युद्ध#ट्रम्प–नेतन्याहु भेटवार्ता#सिरियामा अमेरिकी प्रतिबन्ध

लोकप्रीय

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

विचार

थप समाचार

विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल
अन्तर्राष्ट्रिय

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो
आर्थिक

नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.