×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

१८ असार २०८२
१८ असार, काठमाडौं।  
मधेश प्रदेश सांसद एवं जनता समाजवादी पार्टी नेपालकी केन्द्रिय सदस्य ललिता दासमाथि आक्रमण भएको छ । उनीमाथि गएराति सिरहाको लहानमा आक्रमण भएको हो ।
प्रदेश राजधानी जनकपुरधामबाट मंगलबार राति करिब साढे १२ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका– १ मा बसबाट ओर्लिएलगत्तै दुई जना अपरिचित युवाहरूले सांघातिक आक्रमणको प्रयास गरेको उनले सामाजिक संजालमार्फत बताएकी छन् ।
ती युवाहरूले लखेट्न थालेपछि आफू भागेर ज्यान जोगाएको उनको भनाइ छ । भागेर आफ्नो घरमा पुगेर ज्यान जोगाएको उनले बताइन्।
प्रदेशसभामा दलित, महिला, अन्यायमा परेका व्यक्ति र उनीहरूमाथि अत्याचार गर्नेहरूको विषयमा कुरा उठाइरहेकाले आफ्नो आवाज बन्द गर्न षड्यन्त्रमूलक ढंगले आक्रमणको प्रयास भएको दासको दाबी छ ।
सो समूहले आफूमाथि हमला र लुटपाटको प्रयास गरेको सांसद ललिता तत्माले बताएकी छन् । घर नजिकै भएको र हल्लाखल्ला गर्दै भागेकाले आफू उनीहरूको लुटपाट र हमलाबाट जोगिन सकेको उनको भनाई छ ।
हिजो अध्यक्ष उपेन्द्र यादव जनकपुर आएकाले उनलाई भेट्न आफूहरु गएको उनले भनेकी छन् । नेतालाई भेटेर लहान घर फर्किंदा ढिलो भएको र सोही क्रममा घर नजिकै लहान चोकमा राति साढे १२ बजेतिर आफूलाई दुई युवाले पछ्याउँन थालेको उनले बताएकी छन्।
उनीहरुले लखेट्न थालेपछि म भागेँ। घर नजिकै पुगिसेकाले उनीहरुले मलाई भेट्न सकेनन्।’ उनले भनिन् । घटनाको विषयमा आफूले लहानका डीएसपी कैलाश राई र जिल्ला प्रहरी कार्यालय सिराहाका एसपीलाई पनि जानकारी गराएको पनि उनले बताइन् ।
जनकपुरमा अध्यक्ष यादवलाई भेटेर राति जसपाकै अर्का सांसद राजकुमार गुप्ता, जिल्ला समन्वय समितिका सभापति दिनेशकुमार महतो, लहान नगर कमिटीका अध्यक्ष रामउद्गार महतो ÷ इन्जिनियर बैजनाथ प्रसाद साहसँगै सांसद् तत्मा लहान फर्किएकी थिइन् ।
राति साढे १२ बजे लहान चोकमा गाडीबाट ओर्लिएर त्यहाँबाट डेढसय मिटर नजिकै रहेको घरमा हिँडेर जाने क्रममा दुई केटाले आफूलाई हातपातको प्रयास गरेको उनको भनाई छ ।
उनीहरुले लखेट्न थालेपछि आफूले पति शोभाकान्त दासलाई फोन लगाएको र हल्लाखल्ला गर्दै दौडिएकाले उनीहरुको पञ्जाबाट जोगिन सकेको उनले बताइन्।
उनले सामाजिक संजालमा लेखेकी छन्, ‘राति करिब १२ः३० मा म जनकपुरबाट लहान घर आउँदा एनएमबी बैंकको गल्लीमा अपरिचित दुई जना केटाले मलाई लुटपाट र हमला गर्नेगरि लखेटेका छन्।
धन्य समयमा मेरो परिवारले ढोका खोलिदिए र ज्यान जोगाउन सफल भएको छु,’ उनले थप लेखेकी छन्, ‘आखिर के हुँदैछ हाम्रो देशमा किन यति भय, त्रास दिँदैछन हामीलाई? क्रमबद्ध रुपमा दलित समुदायको हत्या हुँदैछ । प्रहरी थानाको नजिक मेरो घर छ, तर पनि यति असुरक्षित । केही महिना पहिला एकजनामाथि मेरै घर अगाडि छुरा प्रहार भएको थियो। आफ्नै देश, घरमा पनि डर त्रासको माहोल छ। कसरी बाँच्ने? डीएसपीलाई खबर गर्दा पनि बेवास्ता गर्नुभयो।’
यता इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले भने प्रदेश सांसदमाथि आक्रमणको प्रयास भएको बारेमा खबर आएलगत्तै आफूले तत्काल मोबाइल टोलीलाई पठाएको बताएका छन् । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top