NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी!

बुधबार असार १८ , २०८२
Reading Time: 1 min read
A A
रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१८ असार, काठमाडौं।  
राज्य व्यवस्था समितिबाट पास भएको संघीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधि सभाबाट पास भएर आउँदा ‘कुलिङ पिरियड’को व्यवस्थामा हेरफेर भएको भन्दै दलहरूबाट व्यापक  विरोध भइरहेको छ ।
तर ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेरसहित संघीय सांसदबाट पास भएको उक्त विधेयक आज   राष्ट्रिय सभामा टेबुल भइसकेको छ । विधेयकमा बदमासी कहाँबाट भयो भनेर अझै आरोप प्रत्यारोप चलिरहेको छ ।
तर यसको भित्री कुरा खोतल्दै जाँदा प्रारम्भिक अध्ययनले सिङ्गो समितिकै कमजोरी देखाउँदै गएको छ । जनताको सार्वभौम सम्पन्न प्रतिनिधि सभाले पारित गरेको विधेयकमा कहाँबाट हेरफेर भयो भनेर गम्भिर रूपमा नैतिक प्रश्न खडा भएको छ ।
सुरुमा मुख्य हस्ताक्षरकर्ता राज्य व्यवस्था समितिका सभापति तथा कांग्रेस केन्द्रीय नेता रामहरि खतिवडाले ‘बदमासी’ गरेको आरोप लगाइयो । त्यो बदमासीलाई खतिवडाले ‘वनरसीप’ लिएनन् ।
बरु छानबिन गर्न माग गर्दै दोषी देखिए आफू पनि कार्वाही भोग्न तयार रहेको बताए । सभामुख र राष्ट्रियसभासँग समितिका सभापति खतिवडाले ‘कुलिङ पिरियड’को त्रुटी सच्याइदिन र दोषीलाई कार्वाहीका लाग छानबि गर्न आग्रहसहित विज्ञप्ति नै जारी गरे ।
एकाएक ‘कुलिङ पिरियड’मा बदमासी कर्मचारीबाट भयो भन्ने शंका मंगलबार साँझतिर गरियो । त्यो शंका हुनु पनि स्वभाविक थियो । निजामती सेवाबाट अवकास वा राजीनामा गरेको दुई वर्षसम्म सरकारी नियुक्ति खान नपाउने विधेयकले ‘कुलिङ पिरियड’मा व्यवस्था राखेपछि मुख्य सचिव एकनारायण अर्यालसहित सचिवहरूले सभामुख, राजनीतिक दलका नेता र सांसदहरुसँग लबिङ गरेका थिए ।
तर त्यसको सुनुवाई कतै नभएका कारण कर्मचारीहरूबाट बदमासी भयो कि ? भन्ने शंका गर्ने ठाउँ उनीहरुकै चलखेलले सृजना गराइदिएको थियो ।
प्रतिनिधि सभाबाट पास हुनुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विधेयक टेबुल गरेका थिए । मन्त्री गुप्ताले टेबुल गरे तर, हेरफेर बारे उनको पनि ध्यान गएको थिएन ।
विधेयकमा हेरफेर भयो भन्ने खबर मिडियाबाट मात्र थाहा पाएको मन्त्री गुप्ताले बताउँदै आएका छन् ।  उनले समिति सभापतिले आफूलाई थाहै नदिई संसदमा विधेयक  लगेको  बताएका छन् ।
प्रनिनिधिसभाले पास गरेको विधेयकमा यस्तो गम्भिर प्रकारको बदमासी कहाँबाट भयो भन्ने छानबिनको माग हुनु स्वभाविक हो । अहिले सत्तापक्ष, विपक्ष, सरकार सबै पारित भएको निजामती विधेयक सच्याउनु पर्छ भन्ने एउटै स्वरमा छन् ।
तर यो बदमासी कहाँबाट भएको हो भन्ने कैफियतको नालिबेली पनि खोजिदैं छ । यसअघि ‘कुलिङ पिरियड’को समय दुई वर्ष राख्नु हुँदैन भनेर बहालवाला मुख्य सचिवदेखि मन्त्रालयका सचिवहरुले समेत लबिङ गर्नु र त्यही विषयमा बदमासी देखिनु कर्मचारीहरुका बाघ कराउनु र बाख्रा हराउनु जस्तै बन्न पुगेको छ ।
सभामुख देवराज घिमिरेले बदमासी भएको खबर बाहिरिएसँगै मंगलबारदेखि समितिका सभापति खतिवडा, संसदीय दलका सचेतकहरु, समितिमा कार्यरत कर्मचारी सबैबाट प्रष्टीकरण लिइराखेका छन् ।
‘बुधबार साढे १० बजेसम्म राज्य व्यवस्था समितिले पारित गरेको विधेयकका मस्यौदा, निर्णयका सक्कल सबै सभामुखको कार्यालयमा आइपुगेको छ’, सभामुख सचिवालयका एक सदस्यले नेपालटाइम्ससँग भने– ‘कैफियत कहाँ छ, भन्ने तथ्य प्रारम्भिक अध्ययनबाट देखिदै छ ।’
प्रतिनिधि सभाबाट पारित भएको विधेयक कार्यन्वयनका लागि अझै चार चरण बाँकी रहेकाले समाधान हुनेमा सभामुखको चासो रहेको सचिवालयले जनाएको छ ।
‘आज १० बजे राष्ट्रिय सभामा विधेयक टेबुल भयो ।  अब विधेयक माथि सैद्धान्तिक छलफल हुन्छ   । त्यसपछि संशोधनका लागि ७२ घन्टा समय खुला हुन्छ ।
त्यो समयमा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव राख्छन् वा राख्दैनन् उनीहरुको विषय हो । त्यसपछि छलफलका लागि राष्ट्रिय सभाले विधान समितिमा लैजाने वा फूल हाउसमा लैजाने दुईवटै विकल्प खुला हुन्छ ।
यदि राष्ट्रिय सभाले विधेयक संसोधन नगरि पठाएमा पनि प्रतिनिधि सभाले संशोधन गर्न पाउने व्यवस्था विकल्पको रूपमा छ । तर त्यसको ‘वनरसीप’ सरकारले लिनु पर्ने हुन्छ ।
सभामुख सचिवालय सदस्यले भने– ‘प्रारम्भिक अध्ययनमा समिति, समितिका सभापतिले नपढेर पठाउँदा गल्ति भएको देखिन्छ । कहाँ कैफियत देखियो  भन्ने बारे अध्ययन जारी छ ।’
विधेयक माथिको छलफल, समितिको निर्णय प्रक्रियाका लिखित कागज हेर्दा समितिले विधेयकको दफा ४  संशोधन गर्नेमा एकमतले निर्णय भएको देखिएको ती सदस्यले बताए ।  तर दफा ५ नम्बर हटाउने भन्ने कहीँ निर्णय र छलफल भएको देखिएको छैन ।
‘दफा ४ संशोधन गर्ने भनेर भाषा समेत सच्चाइएर निर्णय गरिएको छ । तर त्यसको तल दफा ५ बारे केही निर्णय भएको देखिन्न । दफा ५ ले संशोधित दफा ४ को व्यवस्थालाई विस्थापित गरेको छ । अहिले त्यही दफा ५ मा शब्द थप भएको र बदमासी भएको भनेर बहस भएको हो’, ती सदस्यले भने– ‘दफा ५ मा संसदीय समितिको कुनै निर्णय नभएकाले कर्मचारीले त्यसलाई आफूखुसी हटाउन सक्दैनन् ।
अहिले यही विषय वरपर रहेर अध्ययन भइरहेको छ । तर यसमा सिङ्गो समितिकै कमजोरी देखिने अवस्था छ । हस्ताक्षर गर्ने बेला कम्तिमा सभापतिले अध्ययन भने गर्नुपथ्र्यो ।’
यो बदमासीपछि समितिका सदस्यहरुले आजको आकस्मिक बैठकमा भने आक्रोश ब्यक्त गरेका छन् । सत्तापक्ष र प्रतिपक्ष दुवै पक्षका सांसदहरुले सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग्दै उच्चस्तरीय छानविनको माग गरेका छन् ।
https://www.youtube.com/watch?v=HnON_DbuZsM
LS Auto
Tags: #निजामती विधेयक#निजामती विधेयकमा किर्ते बदमासी

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.