×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन

१९ असार २०८२
१९ असार, काठमाडौं ।
लिभरपुल तथा पोर्चुगलका स्टार फुटबलर डियागो जोटाको निधन भएको छ । कार दुर्घटनामा परेर उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्पेनको जामोरा नजिक भएको कार दुर्घटनामा जोटा र उनको भाइ आन्द्रेको पनि मृत्यु भएको स्पेनिस टेलिभिजन च्यानललाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
उक्त दुर्घटना स्थानीय समयअनुसार राति करिब १२ः३० बजे भएको जनाइएको छ। जसमा उनीहरू सवार लाम्बोर्गिनी कार एक अर्को सवारीसाधनलाई ओभरटेक गर्ने क्रममा टायर पम्चर भएर सडकबाट उछिट्टिएको थियो।
त्यसपछि कारमा आगलागी भएको र दुवै जनाको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ। मेडिकल इमर्जेन्सी युनिट (यूएमई)का अनुसार, उनीहरूलाई मोम्बेयु हेल्थ केयरमा पठाइएकामा दुवैको मृत्यु पुष्टि भएको हो ।
२८ वर्षका जोटाले दुई हप्ताअघिमात्रै प्रेमिका रुट कार्डोसोसँग विवाह गरेका थिए । यी दुईले पोर्टोमा विवाह गरेका थिए । लिभरपुलका फरवार्ड तथा लेफ्ट विंगर जोटा सन् २०२० मा इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका थिए ।
त्यसअघि, उनले सन् २०२१८ देखि २०२० सम्म वुल्भ्सबाट खेलेका थिए । सन् २०१९ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका जोटा त्यसयता पोर्चुगलको नियमित सदस्य रहँदै आएका थिए ।
दाजुसंगै दुर्घटनामा मृत्यु भएका आन्द्रे पनि २६ वर्षीय फुटबलर हुन । पोर्चुगलको फुटबल महासंघले जोटा र उनको भाइ आन्द्रेको मृत्युमा गहिरो दुख व्यक्त गर्दै एक बयान जारी गरेको छ ।
सो बयानमा भनिएको छ, ’पोर्चुगाली फुटबल महासंघ र सिंगो पोर्चुगल फुटबल डिओगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको मृत्युबाट  स्तब्ध बनेको छ । पोर्चुगाली फुटबल महासंघ डिओगो र आन्द्रे सिल्भाका परिवार र साथीहरुका साथै लिभरपूल एफसी र एफसी पेनाफिलप्रति आफ्नो गहिरो संवेदना व्यक्त गर्दछ, जुन क्लबहरुमा यी खेलाडीहरुले खेल्दै आएका थिए । हामीले २ च्याम्पियन गुमाएका छौं । डिओगो र आन्द्रे सिल्भाको निधन पोर्चुगाली फुटबलका लागि अपूरणीय क्षति हो र हामी उनीहरुको विरासत सम्मान गर्नका लागि हरसंभव प्रयास गर्नेछौं।’ उक्त बयानमा भनिएको छ ।
यस्तै पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले समेत दुःख ब्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका छन् । यो विश्वास गर्नै सकिरहेको छैन। भर्खरै हामी राष्ट्रिय टिममा सँगै थियौं, भर्खरै तिम्रो विवाह भएको थियो।
तिम्रो परिवार, तिम्री श्रीमती र छोराछोरीप्रति म गहिरो समवेदना प्रकट गर्दछु र उनीहरूलाई संसारको सबै शक्ति मिलोस् भन्ने कामना गर्दछु। मलाई थाहा छ, तिमी सधैं उनीहरूको साथमा रहनेछौ।
भगवानले तिम्रो र आन्द्रेको आत्मालाई शान्ति दिऊन्। हामी सबैले तिमीहरूलाई धेरै याद गर्नेछौं, रोनाल्डोले लेखेका छन् । जोटा हालै भएको नेशन्स लीग कप जितेको टीमको पनि हिस्सा थिए ।
पोर्चुगलको टीमले फाइनलमा स्पेनलाई हराएर उपाधि जितेको थियो ।  उनले लिभरपूल फुटबल क्लबका साथमा पनि कयौं उपाधि जितेका थिए ।
जोटा फुटबलको मैदानमा आफ्नो ड्रिब्लिंग स्किल्स, शानदार फिनिशिंग, तिव्र गतिले डिफेंडर्सलाई छक्याउनका लागि परिचित थिए । उनी क्लब करियरमा कयौंं अलग–अलग टीमहरुको हिस्सा पनि बनेका थिए ।
तर उनले असली पहिचान लिभरपूलमा पाएका थिए । जोटा पकोस डी फरेरा, अटलेटिको म्याड्रिड, पोर्टो, वुल्वरह्याम्पटन वान्डरर्स र लिभरपूलका सदस्य थिए ।
लिभरपूलका लागि १२३ म्याचहरुमा उनले ४७ गोल गरेका थिए । उनले लिभरपूलका साथमा चार उपाधि जितेका थिए । जोटा २०२० देखि नै यो टीमको सदस्य हुन ।
यसको अलावा उनले पोर्चुगलका लागि ४९ म्याचहरुमा १४ गोल हानेका थिए । पोर्चुगलको सीनियर टीमका लागि उनले २०१९ मा डेब्यू गरेका थिए ।
२०२२ फीफा विश्व कप, २०२० र २०२४ यूरो कपमा पनि उनी टीमको सदस्य थिए । २०२५ भन्दाअघि उनी पोर्चुगलका साथमा २०१९ मा नेशन्स लीगको उपाधि पनि जितिसकेका थिए ।
जोटाले आफ्नो अन्तिम इंस्टाग्राम पोस्टमा विवाहको तस्वीरहरु राखेका थिए ।  उनले रुटे कार्डोसोसंगको तस्वीरहरु राख्दै क्याप्शनमा लेखेका थिए, २२ जून २०२५, सधैका लागि हुन्छ(यस)’ ।
उनले विवाहको भिडियो पनि सामाजिक संजालमा राखेका थिए । जसमा लेखेका थिए, म यस दिनलाई कहिले पनि विर्सने छैन ।   जोटाले आफ्नी लामो समयदेखिकी प्रेमिका रुट कार्डोसोसँग  जुन २२ मा विवाह गरेका थिए।
उनकी श्रीमतीले यसै साता आफ्नो विवाह समारोहका तस्बिरहरू इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। एउटा तस्बिरसँगै उनले लेखेकी थिइन्, “मेरो सपना पूरा भयो।“ जसको जवाफमा जोटाले लेखेका थिए, “म भाग्यमानी हुँ।“
यो दम्पतीका तीन साना छोराछोरी छन्।  यो दुःखद घटनाले पूरा फुटबल जगतलाई स्तब्ध बनाएको छ।  उनलाई चाहानेहरु सबै शोकमा डुबेका छन्, अब यो दिन पनि जोटाका समर्थकहरुले जिवनमा कहिल्यै नर्बिसिने दुःखको दिनका रुपमा सम्झिनेछन् ।
Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top