×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए

२२ असार २०८२
   २२ असार , काठमाडौं ।
कहिलेकाँही घटना, दुर्घटना वा केही अपराधहरु यस्ता हुन्छन् जसले हाम्रो मथिंगल नै हल्लाइदिन्छ । भोजपुरमा भएको यस्तै एउटा अपराधि घटनाले यतिबेला धेरैलाई स्तब्ध पारेको छ ।
सिंगो भोजपुर शोकले स्तब्ध छ । सुन्दापनि जिउ नै सिरिङ हुने गरी गएराति   भोजपुर जिल्लामा एउटा भयानक नरसंहार भएको छ । त्यो पनि सासुराली आएका ज्वाइँको हातबाट ।
भोजपुरको रामप्रसाद गाउँपालिका वडा नम्बर २ धोद्लेखानीमा गएराति १ बजेतिर ज्वाइँ राजेन्द्र राईले आफ्नै ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षका सपन गिरीको हत्या गरेका छन् ।
ससुराली आएर ४ जनाको सामूहिक हत्या गर्ने ज्वाइँ राजेन्द्र राई स्वयं पनि गम्भीर घाइते छन् । राजेन्द्रको पेटमा २, ३ ठाउँ छुरीको चोट पाइएको छ ।
भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि अहिले उनलाई विराटनगर रेफर गरिएको छ । उनले राति सुतिरहेको बेला सासूले आफूमाथि आक्रमण गरेको र ब्युँझिँदा हातमा छुरी देखेपछि त्यही छुरी खोसेर सबैलाई मारेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दिपक श्रेष्ठले वताएका छन् ।
इन्स्पेक्टर श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो बिहे हो । पहिलो श्रीमतीले छाडेपछि मनिषासंग उनले प्रेम भएर केही महिनाअघि भगाएर ल्याएका थिए ।
तर आफैले प्रेम गरेर ल्याएकी श्रीमतीसहित उनको  ससुराली पक्षको नै राजेन्द्रले नरसंहार गरिदिएका छन् । धोद्लेखानी बोन्थिताङका गाउँलेले यसअघि कहिल्यै यस्तो बीभत्स घटना देखेका थिएनन् । राति गाउँमा के भयो कसैले पत्तो समेत पाएनन् ।
घटनाको जानकारी पाएपछि प्रहरीको टोली आइतबार बिहान सबैरै घटनास्थलमा पुगेको छ । इलाका प्रहरी कार्यालय घोडेटार, जिल्ला प्रहरी कार्यालय भोजपुर लगायतका ठाउँबाट प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो ।
पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
  गत वर्ष उनले १६ वर्षीय किशोरीसँग विवाह गर्न अभिभावकसँग प्रस्ताव गरेका थिए । तर किशोरीका परिवारले उनलाई विवाह गरेर दिन नमानेपछि राजेन्द्रले उनलाई भगाएर लगेका थिए ।
तर पतिका परिवारले हेला गरेको कारण उनी पछि माइती फर्किएको स्थानीयहरू बताउँछन् । स्थानीयका अनुसार, १४–१५ वर्षकै उमेरमा विवाह गरेर गएकी किशोरीलाई विभिन्न खालको शारीरिक तथा मानसिक यातनाको कारण त्यहाँ बस्न सक्ने अवस्था नभएपछि उनी माइतीको शरणमा आएकी थिइन् ।
यसबीच केही समयपछि नै राजेन्द्र उनलाई लिन ससुराली नै पुग्छन् । १५ दिन अघि देखि राजेन्द्र ससुरालीमा बस्दै आएको भन्ने जानकारी छिमेकीले दिएका छन् ।
किशोरी आफूसँग जान नमानेको र अभिभावकले पनि किशोरीलाई नै साथ दिएको आवेगमा राजेन्द्रले ससुरा, सासू, श्रीमती र सालोलाई धारिलो हतियारले निर्ममता पूर्वक हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार, उनले आफ्नै हातबाट यी सबैको ज्यान लिएपछि आफैँ प्रहरीलाई फोन गरेर ‘मैले यस्तो गरेँ’ भन्दै जानकारी गराएको पनि प्रहरीले जनाएको छ ।
यो घटना सामान्य पारिवारिक विवादजस्तो देखिए पनि यसको जरा सानै उमेरमै भएको विवाहसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
एकै परिवारका चार जना सदस्यको निर्मम हत्या हुनु कुनै सामान्य घटना होइन । सासू–ससुरा, श्रीमती र नाबालक सालोको हत्या आफन्तै ज्वाइँको हातबाट हुनु आफैंमा झनै भयावह, पिडादायक र चिन्ताजनक छ ।
घटना मानवताको सवाल मात्रै होइन, यो हाम्रो समाजको मानसिक स्वास्थ्य, आपसी सम्बन्ध र पारिवारिक संरचनाको खस्कँदो अवस्थाको पनि सूचक हो । के मान्छे साँच्चिकै मानवरुपी दानव बन्दै गएका हुन् ?
किन यति ठूला र हिंसात्मक निर्णय लिन मानिस तत्पर हुन्छ ? हिजो समाजमा सासू–ससुरा, ज्वाइँ–बुहारी, दाजु–भाइबीचको सम्बन्ध श्रद्धा, माया, विश्वास र आपसी स्नेहमा आधारित थियो ।
तर अहिले ती सम्बन्धहरूमा दरार आउन थालेका छन् । आक्रोश, ईष्र्या, सम्पत्ति विवाद, मानसिक असन्तुलन र सामाजिक मूल्यको क्षयले मानिसलाई यस्तो अमानवीय कदम चाल्न प्रेरित गरिरहेको देखिन्छ ।
यो घटना केवल एकजना ज्वाइँको ‘क्राइम रिपोर्ट’ मा मात्रै सीमित हुँदैन । यसले राज्यलाई पनि चेतावनी दिएको छ । सरकारले यस्ता घटना गम्भीरतापूर्वक लिएर मानसिक स्वास्थ्य, पारिवारिक परामर्श र समन्वययुक्त सामाजिक शिक्षा अभियानलाई अघि बढाउनु पर्छ ।
प्रहरी प्रशासन, स्थानीय सरकार र सामाजिक संस्थाहरूबीच समन्वय गरी मानसिकरूपले असन्तुलित देखिएका व्यक्तिको समयमै उपचार र परामर्श सुनिश्चित गर्नु आजको आवश्यकताको विषय बनेको छ ।
Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top