×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

२३ असार २०८२
२३ असार , काठमाडौं।
आधिकारिक रुपले उत्तर कोरियाली सैनिकहरु र नेपालसहित कयौं मुलुकहरुका सैनिक तथा नौजवानहरुको अवैधरुपमा सहयोग लिइरहेको रुसले अब दक्षिणपूर्वी एसियाली मुलुक लाओसलाई पनि युक्रेनविरुद्धको युद्धमा सहभागी गराउन खोजेको दाबी गरिएको छ।
यो दाबी युक्रेनको सैन्य गुप्तचर निकायले गरेको हो । द कीभ इन्डिपेन्डेन्टले  सार्वजनिक गरेको खबरअनुसार, मस्कोले लाओ पिपुल्स आम्र्ड फोर्सेसका सैन्य इन्जिनियरहरूलाई रुसको कुस्र्क क्षेत्रमा तैनाथ गर्ने योजना बनाएको छ ।
त्यहाँ बारुदी सुरुङहरू निष्क्रिय बनाउनका लागि लाओसका इन्जिनियरहरूले मद्दत गर्नेछन् । युक्रेनले रुसको कुस्र्क क्षेत्रको १३ सय वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको थियो । तर, रुसले प्रत्याक्रमण गरी उक्त क्षेत्र पुनः आफ्नो नियन्त्रणमा पारेको छ ।
उसलाई उत्तर कोरियाली सेनाले त्यसमा सहयोग गरेका थिए । लाओसका अधिकारीहरूले रुसको सहायताका लागि  ५० जना इन्जिनियर पठाउने बताइएको छ । त्यसबाहेक लाओसले घाइते रुसी सैनिकहरूलाई पुनःस्थापना सेवा पनि दिनेछ ।
शीतयुद्धको बेलामा सन् १९६४ देखि १९७३ सम्म अमेरिकाले भियतनामविरुद्ध चलाएको सैन्य कारवाहीका क्रममा कम्युनिस्ट सप्लाई लाइनलाई ध्वस्त पार्नका लागि लाओसमा लाखौं बम खसाएको थियो ।
तीमध्ये कतिपय बम अझै पनि लाओसमा छन् र विस्फोट नभई बसेका छन् । यदाकदा बम विस्फोट भएर सर्वसाधारण घाइते हुने वा ज्यान जाने भएको छ ।
युद्ध अन्त्य भएपछि अहिलेसम्म त्यसले २० हजारजनाको ज्यान लिइसकेको र तीमध्ये अधिकांश बालबालिका भएको बताइन्छ ।  लाओसका सैन्य इन्जिनियरहरूले विस्फोट नभएका धेरै बमहरूलाई निष्क्रिय बनाएका छन् ।
त्यस अनुभवले कुस्र्कमा बारुदी सुरुङ निष्क्रिय बनाउन सहयोग गर्न सक्छ भनेर रुसले उनीहरूलाई ल्याएको हुन सक्छ । रुसले एसिया र अफ्रिकाका सैनिक तथा लडाकूहरूलाई युक्रेनविरुद्धको युद्धमा उपयोग गर्ने गरेको छ ।
रुसी सञ्चारमाध्यम इम्पोर्टेन्ट स्टोरीजले ४८ देशका १५ सय विदेशी लडाकूहरूले रुसका लागि युद्ध लडिरहेको खबर दिएको छ । यसबीच रुसले अहिलेसम्मकै भीषण हवाई हमला गरेपछि युक्रेनले पनि फेरि जवाफी कारबाही स्वरुप रुसको एयर बेसमा हमला गरेको छ ।
तर रुसले मस्कोतर्फ आइरहेका चारवटा युक्रेनी ड्रोनलाई नष्ट गरेको बताएको छ । रुसी हवाई रक्षा प्रणालीले शनिबार मस्कोतर्फ आउँदै गरेका चार युक्रेनी ड्रोन खसालेको हो ।
ड्रोन आक्रमणका कारण रुसको राजधानीको एक प्रमुख विमानस्थलले अस्थायीरूपमा उडान रोकेको थियो । सहरका मेयर सर्गेई सोब्यानिनले रुसका आपत्कालीन सेवाका कर्मचारीहरूले ड्रोन खसालिएका स्थानमा काम गरिरहेका बताएका छन् ।
तर, सम्भावित क्षतिबारे कुनै जानकारी नदिएको रोयटर्सको समाचारमा उल्लेख छ । रुसको रक्षा मन्त्रालयले हवाई रक्षा इकाइहरूले शनिबार साँझसम्मको पाँच घण्टाभन्दा बढी समयमा ४८ युक्रेनी ड्रोन नष्ट गरेका बताएको छ ।
तीमध्ये मस्को वरपरको क्षेत्रमा पाँच ड्रोन रहेको जसमध्ये दुईवटा मस्कोतर्फ आइरहेका थिए । युक्रेनको सीमामा रहेको ब्रायान्स्क क्षेत्रमा १७ र छेउछाउको ओर्योल क्षेत्रमा ११ ड्रोन नष्ट गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।
सीमावर्ती बेलगोरोद क्षेत्रका गभर्नरले चार युक्रेनी ड्रोनले बस चालक र कार चलाइरहेका एक व्यक्तिलाई घाइते बनाएको बताए । यसअघिको रक्षा मन्त्रालयको प्रतिवेदनले शनिबार रातभर रुसमा ९४ ड्रोन नष्ट भएको र दिनको करिब ६ घण्टामा थप ४५ ड्रोन नष्ट भएको जनाएको थियो ।
यसअघि रुसले शुक्रबार किभमा ५३९ ड्रोन र ११ क्षेप्यास्त्र प्रहार गरेको थियो, जुन अहिलेसम्मकै भीषण हवाई हमला हो । रूस–यूक्रेन युद्ध, फेव्रअरी २०२२ मा शुरू भएर अहिलेसम्म जारी छ ।
यो युद्ध दुवैतर्फका लागि निकै महंगो सावित भएको छ ।  विश्व बैंक, यूएनडीपी र यूक्रेनी सरकारका अनुसार युक्रेनका ७०% भन्दा धेरै सार्वजनिक पूर्वाधारहरु या त नष्ट भएका छन् या गंभीर रूपमा क्षतिग्रस्त भएका छन् ।
देशको जीडीपीमा २०२२–२३ को बीचमा ३० देखि ४०% को गिरावट आएको छ । र लगभग ८० लाखभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् । दुवै पक्ष तर्फका सैनिकहरुमा कुल ५ देखि ६ लाख हताहत भएका छन् ।
इंटरनेशनल इंस्टीट्यूट फर स्ट्राटेजिक स्टडीज (आईआई एसएस) र र्याण्ड कर्पोरेशनको रिपोटका अनुसार युद्धमा यूक्रेनलाई अहिलेसम्म लगभग ५५० देखि ६०० अर्ब डलरको प्रत्यक्ष र अप्रत्यक्ष आर्थिक क्षति भइसकेको छ ।
यो क्षति मुख्यतः आधारभूत पूर्वाधारहरु नष्ट हुँदा, उर्जा संयंत्रहरु र औद्योगिक एकाइहरुमा भएको विध्वंस, कृषि भूमिमा क्षति र जमीन युद्ध हुँदा भएको हो । ३ वर्ष ४ महिना पहिला शुरू भएको यो भीषण युद्धमा यूक्रेनले भारी क्षति भोग्नु परेको छ ।
यो युद्ध अहिले युद्धक्षेत्रमा मार हान्नेमा मात्रै समित छैन । यसले एकातर्फ हजारौं सैन्य र गैरसैन्य संरचनाहरुलाई कवाडीमा बदलिदिएको छ । भने अर्कातिर दुवै देशको  अर्थव्यवस्था र पर्यावरणमा पनि यसको गहिरो असर देखिएको छ ।
अंतर्राष्ट्रिय रक्षा विशेषज्ञ संस्थानहरु र पर्यावरण आकलन एजेंसिहरुका अनुसार यो युद्धमा अहिलेसम्म लाखौं टन गोला–बारूदको प्रयोग भएको छ । जसले पूर्वी यूरोपका कयौं शहरहरुको पहिचान नै मेटिएको छ ।
रूसले पनि यो युद्धमा कम आर्थिक झट्का खेपेको छैन । आईएमएफ, ब्लूमबर्ग इकोनोमिक्स र कार्नेगी मस्को सेंटर जस्ता संस्थाहरुका अनुसार रूसलाई अहिलेसम्म लगभग २५० देखि ३०० अर्ब डलरको आर्थिक क्षति भएको छ ।
यो क्षति मुख्य रूपले पश्चिमी देशहरुको आर्थिक प्रतिबंधहरु, विदेशी लगानी पलायन, निर्यातमा गिरावट र युद्धको बढ्दो खर्चका कारण भएको हो ।
तेल र गैस निर्यातमा निर्भरताले रूसको मुद्रालाई अस्थिर बनाएको छ र घरेलू मुद्रास्फीतिमा पनि वृद्धि भएको छ । रूसको लगभग २ लाख सैनिक हताहत भएका छन् । यूक्रेनले पनि करीब ४ लाख सैनिकहरुको क्षति उठाउनु परेको छ ।
Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top