×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

२३ असार २०८२
२३ असार , काठमाडौं।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि संसदीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्।
४१ दिनदेखिको नाराबाजी र बहिष्कारकै बीच प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्नो स्पेन भ्रमण र त्यसका उपलब्धिबारे सदनलाई विस्तृत जानकारी  गराएका छन् ।
जेठ १३ गतेदेखि निरन्तर सदनमा अवरोध गर्दै आएको रास्वपा  र राप्रपाका  सांसदहरूले  आजपनि बैठक नै बहिष्कार गरेका छन् ।
दुवै दलले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको समितिलाई अस्वीकार गर्दै संसदीय छानबिनकै मागमा अडान लिएका छन्।
बैठकमा रास्वपाका प्रवक्ता मनिष झाले जसपा नेता अशोक यादवको देश टुक्र्याउने आशयको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण गराए।
उनले भने, “गठबन्धनकै एक दलका नेताले भिडिओमार्फत मधेस छुट्टिन्छ भन्ने अभिव्यक्ति दिँदा सरकार के गर्छ? एउटा विषयमा बोल्दा सत्तापक्षले औँला उठाउने तर यस्तो गम्भीर विषयमा किन मौन?“
यस्तै, राप्रपाका सांसद दीपकबहादुर सिंहले बहुमतको बलमा सदन चलाउन खोजेको भन्दै सरकारलाई चेतावनी दिए।
“भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीसम्म मुछिएको र संसारभर नेपालीको बदनाम भइरहेको विषयमा संसदीय छानबिन समिति किन बन्दैन?“ उनले प्रश्न गर्दै तत्काल समिति गठन नभए सदन बहिष्कार जारी रहने बताए।
प्रतिपक्षको अवरोधकै बीच समय लिएर बोलेका प्रधानमन्त्री ओलीले आफ्नो पाँच दिने स्पेन भ्रमण र त्यसका उपलब्धिबारे सदनलाई जानकारी गराए ।
राष्ट्रसंघको विकास वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्रीले आफ्नो भ्रमणले नेपालको पहिचान, हित र आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा मुखरित गरेको  बताए ।
उनले भने, “यो भ्रमणले आर्थिक कूटनीतिका लागि नयाँ विश्वव्यापी साझेदारी बढाउन र दिगो विकास लक्ष्य प्राप्तिमा गति दिन योगदान पु¥याएको छ।”
सम्मेलनमा नेपालले ४४ अति कमविकसित मुलुकहरूको समूहको नेतृत्व गर्दै उनीहरूको न्यायपूर्ण विकासका पक्षमा सशक्त वकालत गरेको प्रधानमन्त्रीले जानकारी दिए ।
“सेभिया प्रतिबद्धता“ को कार्यान्वयनबाट नेपाललगायतका मुलुकले स्तरोन्नतिका लागि विश्वव्यापी साथ पाउने अपेक्षा गर्दै उनले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्यप्रति विश्वस्त तुल्याए ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजसँग भएको द्विपक्षीय भेटवार्ताले दुई देशबीचको सम्बन्ध सुदृढ बनाएको र नागरिक समाजको भेलालाई सम्बोधन गर्दै लोकतन्त्रमा सशक्त खबरदारीको भूमिकाका लागि आह्वान गरेको समेत   बताए ।
यो भ्रमणले नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुकको रूपमा स्थापित भएको, आर्थिक कूटनीतिलाई बल पुगेको र वैदेशिक लगानी भित्र्याउन मद्दत मिल्ने विश्वास उनले व्यक्त गरे ।
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सफलताको कथा सुनाइरहँदा सदनमा भने देशका प्रमुख दुई प्रतिपक्ष दलका सांसदहरुनै  अनुपस्थित रहेका थिए ।
यसअघि स्पेनबाट फर्किदा विमानस्थलमा पत्रकारहरुमाझ प्रधानमन्त्री उपस्थित नभएकामा विभिन्न टिप्पणी हुँदै आएको थियो ।
Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top