×

NEPAL TIMES UPDATES

Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026

रेड सीमा हुथीले अर्को जहाज डुबायो, ३ को मृत्यु, कयौँको अपहरण

२६ असार २०८२

२६ असार , काठमाण्डौं ।

इजरायलले यमनमा पुनः आक्रमण सुरु गरेपछि लाल सागरमा हुथी विद्रोही समूहले पनि आफ्नो कारबाही सक्रिय पारेका छन् । हुथीको आक्रमणमा परी लाल सागरमा फेरि एउटा मालबहाक पानीजहाज डुबेको छ ।

जसमा चालक दलका तीन जनाको मृत्यु भएको छ भने ६ जनाको उद्धार गरिएको छ । चालक दलका २५ सदस्य सवार जहाजबाट अरु सदस्य अपहरणमा परेका छन् ।

यमनस्थित अमेरिकी दूतावासले हुथी विद्रोहीले चालक दलका कयौँ सदस्यलाई अपहरण गरेको जानकारी दिएको छ । युरोपेली नौसनिक मिसन युके म्यारीटाइम ट्रेड अपरेशन यूकेएमटीओ एजेन्सीका अनुसार लाइबेरियाको ध्वजा रहेको ‘इटरनिटी सी’ नामको जहाज डुबेको हो ।

हुथी समूहले सोमबार यो जहाजमा ग्रिनेड आक्रमण गरेको थियो । जसबाट जहाजमा गम्भीर क्षति पुगेको थियो । त्यसयता जहाज विस्तारै डुब्दै गएको हो ।

इटरनिटी सी जहाज सामान बोकेर इजरायलतर्फ जाँदै थियो । हुथी विद्रोही समूहले यसै हप्ता यसअघि अर्को जहाज डुबाएको थियो । म्याजिक शिप नामक पानी जहाजमा हुथी समूहले मिसाइल आक्रमण गरेपछि जहाज डुबेको थियो ।

सोमबार भने एउटा सानो डुंगाबाट प्रहार गरिएको रकेट–प्रोपेल्ड ग्रेनेड (आरपीजी) ले जहाजमा ठूलो क्षति पुगेको हो । बुधबार, लाल सागरमा तैनाथ युरोपेली संघको नौसेना मिसन ’अपरेसन एस्पाइड्स’ले पहिले बेपत्ता ६ जना चालक दलका सदस्यलाई उद्धार गरिएको बताएको थियो ।

एस्पाइड्सका एक अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार उनीहरूमध्ये पाँच जना फिलिपिन्सका नागरिक हुन् भने एक जना भारतीय हुन् । अन्य १९ जना भने बेपत्ता छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघकी विशेष दूत फ्रान्सेस्का अल्बानेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अमेरिका जाँदा आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिने देशहरूको आलोचना गरेकी छन् ।

उनले यी देशहरूले अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्नो दायित्व उल्लंघन गरेको बताएकी छन् । उनी इजरायलले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवअधिकारको अवस्थाबारे काम गर्छिन् ।

अल्बानेसले बुधबार इटाली, फ्रान्स र ग्रीसका सरकारहरूले नेतन्याहूलाई सुरक्षित मार्ग किन प्रदान गरे भनेर स्पष्टीकरण दिनुपर्ने बताएकी छन् ।

रोम विधानको हस्ताक्षरकर्ता भएकाले उनीहरूले सैद्धान्तिक रूपमा उनलाई पक्राउ गर्नुपर्ने थियो । किनकी नेतन्याहू अन्तर्राष्ट्रिय अपराध अदालतले पक्राउको आदेश जारी भएका र खोजीमा रहेका सन्दिग्ध व्यक्ति हुन् ।

नेतन्याहू आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गर्न उनको बाटोमा यी देशहरूको हवाई क्षेत्र हुँदै गएका थिए । यी तीनवटै देशहरू रोम विधानका हस्ताक्षरकर्ता हुन्, जसले सन् २००२ मा हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) स्थापना गरेको थियो ।

गत वर्ष आईसीसीले नेतान्याहू र पूर्वइजरायली रक्षामन्त्री योआभ गालान्टलाई गाजामा इजरायलको युद्धको क्रममा युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको भन्दै पक्राउ पुर्जी जारी गरेको थियो ।

“हामी सबैलाई र इटालियन, फ्रान्सेली र ग्रीक नागरिकहरूले अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालाई उल्लंघन गर्ने हरेक राजनीतिक कदमले तिनीहरूलाई कमजोर र खतरामा पार्छ भने थाहा पाउनु पर्र्छ,” अल्बानेसले एक्समा लेखिन् ।

अल्बानेसले मानवअधिकार वकिल क्रेग मोखिबरको पोस्टको जवाफ दिँदै यो बताएकी हुन् ।

क्रेग मोखिबरले अघिल्लो दिन यी देशहरूले रोम विधानअन्तर्गत आफ्नो कानुनी दायित्व उल्लंघन गरेका, नरसंहारका पीडितहरूप्रति तिरस्कार व्यक्त गरेका र कानुनको शासनप्रति अवहेलना देखाएको बताएका थिए ।”

नेतान्याहूको अमेरिका भ्रमणमा ट्रम्पसँग हमाससँग चलिरहेको युद्धविराम वार्ताको बीचमा प्यालेस्टाइनीहरूको जबरजस्ती विस्थापनबारे छलफल गरेका छन् ।

तर, आईसीसीले उनको पक्राउ पुर्जी जारी गरेपछि भएको यो उनको पहिलो विदेश भ्रमण थिएन । फेब्रुअरीमा, नेतन्याहू अमेरिका गएका थिए ।

अमेरिका रोम विधानको पक्ष राष्ट्र होइन, र ट्रम्पको जनवरीमा सपथग्रहणपछि उनलाई भेट्ने पहिलो विदेशी नेता बनेका थिए । तर, त्यो बेला उनी लामो बाटो हुँदै अमेरिका गएका थिए ।

इजरायली राजदूत येचिएल लेइटरका अनुसार, टाइम्स अफ इजरायलमा प्रकाशित लेखमा उल्लेख गरेअनुसार इजरायली नेतलाई पक्राउ गर्न सक्ने देशहरूको हवाई क्षेत्रबाट बच्नको लागि अमेरिकी वेसहरू हुँदै गएका थिए ।

त्यसपछि, गत अप्रिलमा, नेतन्याहूले हंगेरीका नेता भिक्टर ओर्बानलाई बुडापेस्टमा भेटे जसले आईसीसीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै निमन्त्रणा दिएर हंगेरीको आईसीसी सदस्यता फिर्ता लिएका थिए ।

नेतान्याहू हंगेरीपछि ट्रम्पसँग भेट्न अमेरिका गए । देशहरूले पक्राउ पुर्जी कार्यान्वयन गर्न सक्ने डरले आयरल्यान्ड, आइसल्यान्ड र नेदरल्यान्ड्सको हवाई क्षेत्रबाट बच्नको लागि उनको विमान सामान्य मार्गभन्दा ४०० किलोमिटर टाढा उडेर गएका थिए ।

आईसीसीका सदस्य राष्ट्रहरूले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई आफ्नो क्षेत्रमा भएमा हिरासतमा लिनुपर्ने अपेक्षा गरिन्छ । तर, व्यवहारमा नियमहरू सधैँ पालना हुँदैनन् ।

उदाहरणका लागि, दक्षिण अफ्रिका, जो अदालतको सदस्य हो, उसले सन् २०१७ मा सुडानका तत्कालीन नेता ओमार अल–बशीरलाई उनको भ्रमणको क्रममा पक्राउ गरेन ।

यद्यपि, उनीविरुद्धमा आईसीसीको पक्राउ पुर्जी थियो । युरोपेली संघका देशहरू नेतान्याहूको लागि जारी गरिएको आईसीसी पक्राउ पुर्जीमा विभाजित छन् ।

केहीले गत वर्ष उनीहरूले आफ्नो आईसीसी प्रतिबद्धताहरू पूरा गर्ने बताएका थिए । इटालीले पक्राउ पुर्जीको वैधानिकतामा धेरै शंकाहरू रहेको बताएको छ भने फ्रान्सले नेतान्याहूलाई आईसीसी कारबाहीबाट उन्मुक्ति प्राप्त छ भनेर विश्वास गरेको छ ।

यसबीच ट्रम्प प्रशासनले फ्रान्सेस्का अल्बानेसमाथि प्रतिबन्ध लगाएको छ । विदेशमन्त्री मार्को रुबियोले अल्बानेसले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)लाई समर्थन गरेकाले यो कदम चालेको बताएका छन् ।

फौजदारी अदालतका चार न्यायाधीशहरूमाथि अमेरिकाले पहिले नै प्रतिबन्ध लगाएको छ ।

रुबियोले अल्बानेसमाथि अमेरिकी वा इजरायली नागरिकहरूमाथि मुद्दा चलाउने आईसीसीको प्रयासमा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै उनलाई संयुक्त राष्ट्रसंघको विशेष प्रतिनिधिको रूपमा सेवा गर्न अयोग्य भएको बताएका छन् ।

यो प्रतिबन्धले अल्बानेसलाई अमेरिका भ्रमण गर्नबाट रोक्ने सम्भावना छ । अमेरिकामा रहेको उनको सम्पत्ति रोक्का हुनेछ ।

फौजदारी अदालतका चार न्यायाधीशहरूमाथि अमेरिकाले यो कदम गत वर्ष उक्त अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र तत्कालीन रक्षामन्त्री योआव गालान्टमाथि गाजामा कथित युद्ध अपराधहरूको लागि पक्राउ पुर्जी जारी गरेपछि लिएको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top