×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026

शेखर पक्षका नेता कांग्रेसबाट ‘किक आउट’अब के हुन्छ ?

२६ असार २०८२

२६ असार , काठमाण्डौं ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद एकपटक फेरि उत्कर्षमा पुगेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले निर्वाचनमा अन्तर्घात गरेको आरोपमा डेढ दर्जन नेता–कार्यकर्तालाई कारबाही गरेपछि नेता डा. शेखर कोइराला समूहले त्यसलाई अवैधानिक, पूर्वाग्रही र गुटगत स्वार्थबाट प्रेरित भएको निष्कर्ष निकालेको छ ।

Advertisement
Advertisement

यस घटनाले पार्टीभित्रको संस्थापन र इतर समूहबीचको दूरीलाई थप फराकिलो बनाएको छ । आज काठमाडौंमा बसेको कोइराला समूहको बैठकले अनुशासन समितिको निर्णय विधानसम्मत नभएको ठहर गरेको हो ।

बैठकमा सहभागी नेता राजेन्द्र बजगाईंका अनुसार, पार्टी विधानमा कुनै पनि उजुरीमाथि ६ महिनाभित्र कारबाही टुङ्ग्याउनुपर्ने व्यवस्था भए पनि त्यसको पालना नगरिएकोले यो कारबाही स्वतः अवैधानिक छ ।

यस्तै नेता अर्जुननरसिंह केसीले कारबाहीलाई पूर्वाग्रहपूर्ण र गिरोहको स्वार्थपूर्तिका लागि गरिएको भन्दै कडा आपत्ति जनाए । उनले भने, “पार्टीमा ठूलो योगदान दिएका साथीहरूमाथि पूर्वाग्रहपूर्ण तरिकाले कारबाही भएको छ ।

विधान र नियमावलीबाहिर गएर भएका कुनै पनि कारबाही हामी स्वीकार गर्दैनौं ।” समूहले यो कारबाही २०८४ को आम निर्वाचन र निकट भविष्यमा हुने उपनिर्वाचनहरूमा संस्थापन पक्षले गठबन्धन र उम्मेदवार छनोटमा एकलौटी गर्ने रणनीतिको हिस्सा भएको आशंका गरेको छ ।

आनन्दप्रसाद ढुङ्गाना संयोजक रहेको अनुशासन समितिले २०७९ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै १८ जनालाई कारबाही गरेको थियो ।

समितिले सामाजिक सञ्जाल, अडिओ÷भिडिओ जस्ता प्रमाणका आधारमा र स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय लिएको जनाएको छ ।

कारबाहीमा पर्नेहरूमा अधिकांश कोइराला समूहका नेताहरू छन् । जसमध्ये गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ।

यस्तै, कास्कीका पूर्वसभापति कृष्ण केसीलाई तीन महिना र अन्य नेता–कार्यकर्तालाई छ महिनाका लागि निलम्बन गरिएको छ । रोचक त के छ भने, अनुशासन समितिकै दुई सदस्यले बहुमतको निर्णयमाथि ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

समितिका सदस्य सन्जय गौतम र राजीव कोइरालाले कारबाही प्रक्रिया विधानविपरीत र पूर्वाग्रही भएको भन्दै असहमति जनाएका हुन्।

उनीहरूले विगतमा बागी उम्मेदवारलाई समेत आममाफी दिइएको स्मरण गराउँदै अहिले दोहोरो मापदण्ड अपनाइएको आरोप लगाएका छन् ।

उनीहरुको संयुक्त असहमतिपत्रमा भनिएको छ, “बहुमतका निर्णयहरू अति नै पूर्वाग्रही छन् । यसले पार्टीमा झन् ठूलो समस्या निम्त्याउनेछ ।”

उनीहरूले कारबाहीमा परेकाहरूलाई अन्तिम पटक सचेत गराएर आममाफी दिनु उपयुक्त हुने सुझाव दिएका छन् । यो घटनाले नेपाली कांग्रेसभित्र अनुशासनको विषय राजनीतिक प्रतिशोध साँध्ने हतियार बनेको असन्तुष्ट पक्षको आरोप छ ।

एकातिर संस्थापन पक्ष यसलाई पार्टी शुद्धीकरणको अभियान भनिरहेको छ भने, इतर पक्षले यसलाई आफ्नो समूहलाई किनारा लगाउने षड्यन्त्रका रूपमा हेरेको छ ।

हिजो जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार १ (एक) वर्ष र धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ (छ) महिनाको लागि नेपाली कांग्रेसको सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ ।’

यस्तै, धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं. १ का रामबाबु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवरलाई निलम्बन गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं. २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं. १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं. ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई पनि उपलब्ध प्रमाणहरूको आधारमा निलम्बन गरिएको उल्लेख छ ।

उनीहरूलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार ६ (छ) महिना र नेपाली कास्कीका निवर्तमान सभापति कृष्ण के.सी.लाई ३ (तीन) महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको छ।

कांग्रेस अनुशासन समितिमा संयोजक ढुंगाना र सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजिव कोइराला छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top