×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

२९ असार २०८२

२९ असार , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।

Advertisement
Advertisement

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद सुमना श्रेष्ठलाई बोल्न दिएका थिए ।

उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताइन् । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस लेनदेनसम्बन्धी अडिओबारे प्रश्न उठाइन ।

भूमी आयोगको कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएपछि आइतबार प्रतिनिधि सभामा रास्वपा सांसद सुमना श्रेष्ठले त्यसबारेमा प्रश्न उठाएकी हुन्।

उनले सरकार भूमि विधेयक फास्ट ट्र्याकबाट किन पास गर्न खोज्दै छ भन्ने विषय पनि अडिओ सार्वजनिक भएपछि खुलेको बताइन्। ’कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे र जिल्लाको भूमि आयोगको अध्यक्षमा सेटिङ? किन भूमि विधेयक फास्ट ट्र्याकबाट पास गर्न खोजिएको भन्ने बुझ्यौं। आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन !,’ उनले भनिन्।

सार्वजनिक भएको अडिओमा पनि एउटा मन्त्री (सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता) ले अर्को मन्त्री (भूमि मन्त्री बलराम अधिकारी) लाई पोलेकोले यसमा पनि छानबिन गर्न सांसद श्रेष्ठले माग गरेकी छन्।

’अडिओमा भनिएको बा को हुन् ? दुई तिहाइ भनेको मिलिजुली भाग खान हो? कसको प्रश्रय? कस्तो तागत? कस्तो संस्कार? के फरक भयो यी सबै वर्ष? जनताले के पाए? संसदीय समिति त चाहिन्छ चाहिन्छ,’ उनले भनेकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस ‘डिल’ गरेका छन् । उनले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ ।

मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ । जसमा उनले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पनि पोलेका छन् ।

मालपोत प्रमुखको सरुवा रोक्न र भूमि आयोगमा नियुक्ति दिलाउन गरी करिब ७८ लाख रुपैयाँ घुस ‘डिल’ गरेको प्रमाणसहित उनीविरुद्ध अख्तियारमा उजुरी परेको छ भने उनको संलग्नता पुष्टि गर्ने आधारसहित अडियो संवाद पनि सार्वजनिक भएको छ।

सार्वजनिक भएको अडियोमा मन्त्री गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समेत घुस लिइसकेको दाबी गरेका छन् ।

भूमि आयोग, कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गर्न मन्त्री गुप्ताले २५ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएको छ। यही अडियो संवादमा उनले मन्त्री बलराम अधिकारीलाई समेत मुछेका छन् ।

सार्वजनिक अडियोमा एक बिचौलियाले मन्त्री गुप्तालाई खेम पुनको नियुक्तिका लागि भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई भनिदिन आग्रह गर्छन्।

त्यसक्रममा भएको संवाद यस्तो छः

बिचौलियाः “सुन्नु न मन्त्रीज्यू, त्यो बलराम (भूमिसुधारमन्त्री) लाई भनम् न। बरु, त्यो २० (लाख) म बुझाइदिउँला के खेमका लागि भोलि।“
मन्त्री गुप्ताः “बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन।“

जब बिचौलियाले आफूले अर्कै विषयमा नभई आयोगको नियुक्ति बारे कुरा गरिरहेको स्पष्ट पार्छन्, तब पनि गुप्ताले अधिकारीलाई मनाउन सकिने संकेत दिन्छन्।

उनले भनेका छन््, “अहिले मन्त्रालयमा छ, यहाँ (निवास) हुन्थ्यो भने आइहाल्थ्यो, तीनपाने रक्सी खान।” अडियोमा बिचौलियाले पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरेर बसिरहेको छ भन्दै काम छिटो गराउन दबाब दिएको सुनिन्छ ।

यता सुमनापछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए ।

दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् । उनीहरुले भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविनसमिति र गृहमन्त्रीको राजीनामा माग गर्दै जेठ १३ यता संसदमा अवरोध गर्दै आएका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top