×

NEPAL TIMES UPDATES

Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

३ श्रावण २०८२
२ साउन , काठमाण्डौं ।
पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तान नियन्त्रित कश्मीरमा ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही गरेर विश्वलाई चकित पारेको भारतले अब हतियार प्रविधिमा एउटा यस्तो छलाङ मारेको छ, जसले विश्वका महाशक्तिहरूलाई समेत सोच्न बाध्य बनाएको छ।
भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओ ले आफ्नो अति गोप्य ‘प्रोजेक्ट विष्णु’ अन्तर्गत ध्वनिको गतिभन्दा ८ गुणा छिटो उड्ने हाइपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ।
यो सफलतासँगै भारत अब रुस, चीन र अमेरिकासँगै हाइपरसोनिक हतियारको विशिष्ट क्लबमा सामेल भएको छ। तर, के यो केवल एउटा मिसाइल परीक्षण हो, वा दक्षिण एसिया र विश्वको शक्ति सन्तुलनलाई नै बदल्ने भारतको ठूलो रणनीतिको सुरुवात? हो भन्ने बहस समेत सुरु भएको छ  ।
यो कुनै सामान्य मिसाइल होइन। यो भारतको हालसम्मको सबैभन्दा उन्नत र घातक हतियार हो। यसका विशेषताहरूले नै यसको भयावहताको अनुमान लगाउन सकिन्छ ।
लगभग ८ म्याक, अर्थात् ११,००० किलोमिटर प्रतिघण्टा यसको गति रहेको छ । यो गतिमा दिल्लीबाट बेइजिङ पुग्न एक घण्टाभन्दा कम समय लाग्छ।  क्रान्तिकारी ‘स्क्र्यामजेट’ इन्जिन यसमा रहेको छ ।
 जसले हावाबाटै अक्सिजन लिन्छ। यसले मिसाइललाई हल्का बनाउँछ र लामो दूरीसम्म तीव्र गतिमा उड्न मद्दत गर्छ।  यो कम उचाइमा उड्ने र उडानको क्रममा आफ्नो बाटो बदल्न सक्ने भएकाले विश्वका कुनै पनि अत्याधुनिक राडार र एयर डिफेन्स सिस्टमले यसलाई पत्ता लगाउन र रोक्न लगभग असम्भव छ।
यस्तै यसले २,००० किलोग्रामसम्मको परम्परागत वा आणविक हतियार बोक्न सक्छ।  यसलाई जमिन, समुद्र वा हावा, जहाँबाट पनि प्रहार गर्न सकिन्छ।
यो मिसाइलको सफल परीक्षणसँगै भारतले आफ्नो रक्षा प्रणालीमा एउटा यस्तो हतियार थपेको छ, जसको कुनै जवाफ हाल उसका छिमेकी देशहरू, विशेषगरी चीन र पाकिस्तानसँग नभएको दाबी गरिन्छ ।
हाइपरसोनिकको अर्थ हो, ध्वनिको गति (१ म्याक) भन्दा ५ गुणा वा सोभन्दा बढीको गति। यो प्रविधि यति महत्वपूर्ण हुनुका पछाडि दुई मुख्य कारण रहन्छन् ।
अत्यधिक गति र अप्रत्याशित मार्ग । यति तीव्र गतिमा आउँदै गरेको हतियारलाई प्रतिक्रिया दिन दुश्मनसँग समय नै हुँदैन भने  ब्यालिस्टिक मिसाइलहरू अन्तरिक्षमा गएर एउटा निश्चित बाटोमा फर्कन्छन्, जसलाई अनुमान गर्न सकिन्छ।
तर, हाइपरसोनिक मिसाइलहरू वायुमण्डलमै बसेर आफ्नो दिशा परिवर्तन गर्न सक्छन्, जसले गर्दा तिनीहरू कहाँ खस्छन् भन्ने अन्तिम समयसम्म थाहा हुँदैन। यी दुई विशेषताले हाइपरसोनिक हतियारलाई ’अजेय’ वा ’अनस्टपेबल’ बनाएको छ।
यो घातक प्रविधिको दौडमा विश्वका केही सीमित देशहरू मात्रै छन् । यो दौडको सबैभन्दा अगाडि रुस छ। उसले आफ्नो एभानगार्ड  हाइपरसोनिक ग्लाइड भेइकल र जिरकोन नामक पानीजहाजबाट प्रहार गरिने हाइपरसोनिक मिसाइललाई आफ्नो सेनामा सामेल गरिसकेको छ ।
युक्रेन युद्धमा उसले किन्झाल  नामक हाइपरसोनिक मिसाइल प्रयोग समेत गरिसकेको छ।  यसपछि छ चीन  । चीनले पनि  डीइफ  जेडएफ हाइपरसोनिक ग्लाइड भेइकल र  डीप्m १७ मिसाइल आफ्नो सेनामा तैनाथ गरिसकेको छ।
चीनसँग कति हाइपरसोनिक हतियार छन् भन्ने यकिन तथ्यांक गोप्य राखिएको छ, तर ऊसँग दर्जनौं यस्ता हतियार रहेको अनुमान छ। अर्काे छ  संयुक्त राज्य अमेरिका । अमेरिका यो दौडमा रुस र चीनभन्दा केही पछि परेको स्वीकार गर्दछ।
यद्यपि, उसले  एजीएफ १८३ ए  र अन्य गोप्य परियोजनाहरूमा अर्बौं डलर लगानी गरिरहेको छ।   यो  सूचीमा अब भारत पनि उभिएको छ ।  ‘प्रोजेक्ट विष्णु’ अन्तर्गतको यो सफल परीक्षणसँगै भारत अब यो क्लबको एक सम्मानित सदस्य बनेको छ।
यसबाहेक उत्तर कोरिया र इरानले पनि हाइपरसोनिक हतियार विकास गरिरहेको दाबी गरेका छन्, तर त्यसको पुष्टि हुन बाँकी छ।भारतको यो सफलता अचानक भएको होइन।
पछिल्ला केही वर्षदेखि भारतले आफ्नो रक्षा क्षमता बढाउन र हतियार खरिदमा भन्दा उत्पादनमा जोड दिन ठूलो लगानी गरिरहेको छ।  सन् २०२४–२५ का लागि भारतको रक्षा बजेट लगभग ७४ अर्ब अमेरिकी डलर रहेको छ, जुन विश्वकै शीर्ष ५ मध्ये एक हो।
यस्तै  भारतले मेक इन इन्डिया र आत्मनिर्भर भारत अभियान अन्तर्गत ब्रह्मोस मिसाइल, तेजस लडाकु विमान र स्वदेशी विमानवाहक जहाज आईएनएस विक्रान्त जस्ता हतियारहरू निर्माण गरिरहेको छ।
अहिलेको ’प्रोजेक्ट विष्णु’ केवल एउटा मिसाइलमा सीमित छैन। यस अन्तर्गत १२ विभिन्न प्रकारका हाइपरसोनिक हतियारहरू विकास गरिनेछ, जसमा दुश्मनका मिसाइलहरूलाई हावामै नष्ट गर्ने इन्टरसेप्टर मिसाइलहरू पनि पर्छन्।
सन् २०३० सम्ममा यी हतियारहरू पूर्ण रूपमा सञ्चालनमा आउने लक्ष्य राखिएको  भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।भारतले अपरेसन सिन्दुर पछि एक विशेष परियोजना अन्तर्गत हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ।
रक्षा अनुसन्धान तथा विकास संगठनको गोप्य प्रोजेक्ट विष्णु अन्तर्गत डिजाइन गरिएको यो मिसाइलको नाम एक्सटेन्डेड ट्र्याजेक्टोरी लङ ड्युरेसन हाइपरसोनिक क्रुज मिसाइल  हो।
यो मिसाइल भारतको हालको ब्रह्मोस, अग्नि र आकाशभन्दा निकै उन्नत छ। यो मिसाइल लगभग ८ म्याक अर्थात् करिब ११,००० किलोमिटर प्रतिघण्टाको गतिमा दुश्मनमाथि कहर बनेर जाइलाग्न सक्ने भारतीय रक्षा विज्ञहरुले बताएका छन् ।
द इकोनमिक टाइम्सका  अनुसार, यो हाइपरसोनिक मिसाइललाई जमिन, समुद्र वा हवाइजहाजबाट पनि प्रहार गर्न सकिन्छ। त्यसैले यो भारतीय सेनाका सबै अंगका लागि उपयोगी छ।
हाइपरसोनिक ग्लाइड भेइकल  सन् २०२७ वा २०२८ सम्ममा सेनामा सामेल हुन सक्नेछ भने एक्सटेन्डेड ट्र्याजेक्टोरी लङ ड्युरेसन हाइपरसोनिक क्रुज मिसाइल सन् २०३० सम्ममा पूर्ण रूपमा सञ्चालनमा आउन सक्नेछ।
हाइपरसोनिक मिसाइलको विकासले भारतलाई न्युक्लियर ट्रायड (जमिन, हावा र समुद्रबाट आणविक हमला गर्ने क्षमता) मा थप शक्तिशाली बनाएको छ।
यसले दक्षिण एसियामा शक्ति सन्तुलनलाई भारतको पक्षमा ढल्काएको छ भने हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई प्रत्यक्ष चुनौती दिएको छ।
यो सफल परीक्षणपछि  भारत अब रक्षात्मक नीतिबाट आक्रामक नीतिमा अग्रसर भएको हो ? के यो सफलताले भारतलाई विश्वको एक नियम–निर्माताको रूपमा स्थापित गर्नेछ? भन्ने प्रश्न उब्जिएका छन् ।
यी प्रश्नहरूको जवाफ भविष्यले देला, तर एउटा कुरा निश्चित छ, प्रोजेक्ट विष्णुको गर्जनले विश्व शक्ति केन्द्रहरूमा एउटा ठूलो कम्पन पैदा गरिदिएको छ र अब विश्वले भारतलाई नजरअन्दाज गर्न सक्ने छैन। यसबारे तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।
Advertisement

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top