×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

६ श्रावण २०८२
५ साउन , काठमाण्डौ ।
गत मे महिनामा भारतसंगको युद्ध लडेको पाकिस्तानले अहिले आफ्नो मिलिट्री शक्ति बढाउन लागि परेको छ । पाक आर्मीले पछिल्लो समय नयाँ नयाँ योजनाहरुमा काम गरिरहेको छ ।
अहिलेसम्म पाकिस्तानी मिडियाहरुमा भनिएको थियो कि पाक आर्मीले आफ्नो एयर डिफेंसलाई बलियो बनाउन र चीनबाट लडाकू विमानहरुको खरिद बढाउनमा काम गरिरहेको थियो ।
तर अब के खुलेको छ भने पाकिस्तानी आर्मीले अहिले एक अदृश्य नेटवर्क बनाउने काम सुरु गरेको छ । पाकिस्तानको डिफेंस वेबसाइट कुवाले आफ्नो एक रिपोर्टमा खुलासा गरेको छ कि पाक आर्मीको आगामी ठूलो सैन्य परियोजना लडाकू विमान होइन बरु एक अदृश्य नेटवर्क बनाउने रहेको छ ।
रिपोर्टले भनेको छ, वायु शक्तिको भविष्य केवल लडाकू विमानको रफ्तार, प्रविधि वा हतियार लैजाने क्षमतामा निर्भर छैन । यो भन्दा धेरै महत्वपूर्ण भनेको खतरालाई समय छँदै थाहा पाउनु र त्यसमा आफूले नै पहिलो प्रहार वा कारबाही गर्ने क्षमता हो भनिएको छ ।
सो रिपोर्टमा भनिएको छ, पाक आर्मीको ध्यान एक अदृश्य रक्षा नेटवर्क बनाउनमा छ, जसले हवाई रक्षा बलियो बनाउन सहयोग गर्छ । यद्यपि सैन्य योजनाकारहरुका लागि यो निकै चुनौतीपूर्ण हुनेछ ।
युद्धको समयमा सेनाले सहजतापूर्वक संवाद गर्न र सहयोग गर्न सहज हुँदैन, इलेक्ट्रोम्याग्नेट स्ट्राइकले जुनसुकै बेला झुक्याउन सक्छ । यो आधुनिक वायु युद्धको सबैभन्दा ठूलो तनाव हो पनि भन्न थालिएको छ ।
पाकिस्तानी सेनाको भनाइ छ कि युद्धक्षेत्रमा प्रभाव पार्नका लागि दर्जनौं एसेटमा विशाल मात्रामा सेंसर डेटाको प्रसारण र नेटवर्किंग गरिनु पर्छ । अर्कातर्फ कम इलेक्ट्रोम्याग्नेट फील्ड प्रोफाइलका साथ काम गर्नु पर्ने हुन्छ ।
जुन दुश्मनको सतर्क इलेक्ट्रोनिक सपोर्टका लागि अदृश्य हुनुपर्छ । कुनै विमान वा प्रणाली जसले निकै ध्वनि फाल्छ त्यसले मुश्किलको सामना गर्नु पर्ने हुनसक्छ ।
रिपोर्टले भनेको छ, आगामी पुस्ताको सामरिक डेटा–लिंक (टीडीएल) को विकासका पछाडि प्राविधिक र रणनीतिक अनिवार्यतामा जोड दिन आवस्यक छ । यो खाली प्रविधिको अपग्रेड गर्ने कुरा मात्रै होइन बरु यसलाई युद्धमा एक नयाँ भाषा रच्ने कुरा पनि हो ।
पाकिस्तानी रक्षा एक्सपर्ट ठान्दछन् कि यो देशको वायु सेना (पीएएफ) र रक्षा उद्योगका लागि एक विश्वसनीय सेना बनिरहनका लागि आवस्यक छ । उता पाकिस्तानको छिमकी इरानले पनि अहिले कमाल देखाइरहेको छ ।
इरानले फेरि प्रमाणित गरेको छ कि उ एक पावरफुल नेशन बनिसकेको छ । जुन एयर डिफेंस सिस्टमलाई युद्धका क्रममा इजरायलले पुरै नष्ट गरिदिएको थियो, र तेहरानको आकाश कब्जा गरेर मिसाइलहरु बर्षाएको थियो, अहिले मात्रै एक महिनाको समयमा इरानले ति सबै एयर डिफेन्स सिस्टमलाई पुनः खडा गरेको छ ।
यतिमात्रै होइन पहिलाभन्दा कयौं गुणा घातक पनि बनाएको दाबी गरेको  छ । ईरानको डिफा प्रेस न्यूज एजेंसीका अनुसार, ईरानी सेनाका अपरेशन्स डिप्टी महमूद मुसवीले दाबी गरेका छन् कि सबै ड्यामेज एयर डिफेंस सिस्टमलाई इरानमा बनेका सिस्टमले रिप्लेस गरिएको  छ ।
उनले भने, हामीले यो कुरालाई अस्वीकार गर्दैनौ कि केही सिस्टम्सहरुमा क्षति पुगेको थियो, तर हामीले पहिलाभन्दा सुरक्षित स्थानहरुमा राखिएका प्री–अरेन्ज्ड सिस्टम्सलाई यथासिघ्र तैनाथ गरेका छौ र तिनलाई थप शक्तिशाली बनाएका छौं ।
इरानको सैन्य रणनीतिमा रहेको आत्मनिर्भरता अहिले उसको सबैभन्दा ठूलो शक्ति बनेको छ । इरानले विदेशी सहयोग बिना नै आफ्नो एयर डिफेंसलाई पुनः एक्टिभ गरेको हो ।
जसमा बावर–३७३ जुन ईरानको घरेलू रूपमा विकसित एक लन्ग–रेंज एयर डिफेंस सिस्टम हो, यो पहिलाभन्दा धेरै एक्टिभ गरिएको छ । साथै रूसबाट प्राप्त भएको एस–३०० सिस्टम पनि अलर्ट मोडमा राखिएको छ ।
ईरानी सेनाले यो पनि स्पष्ट पारेको छ कि गत एक महिनामा कुनै पनि किसिमको विदेशी रक्षा उपकरण आयात गरिएको छैन । अर्थात यो पुरै प्रक्रिया घरेलू स्तरमा भएको छ जसले इरानको सैन्य आत्मनिर्भरतालाई दर्शाएको छ ।
गत जूनमा इजरायल र ईरानबीच भएको सैन्य संघर्षमा इजरायली वायुसेनाले कयौं ईरानी सैन्य ठेगानाहरुलाई निशाना बनाएको थियो । जसमा कयौं मिसाइल उत्पादन केंद्र, एयर डिफेंस बटालियन र रडार स्टेशन पनि रहेका थिए ।
सो युद्ध त्यो बेला थप गंभीर भएको थियो जब इरानले इजरायल तर्फ दर्जनौं ड्रोन र मिसाइलहरु हानेको थियो, जसमा धेरैलाई इजरायली ‘आयरन डोम’ र ‘डेभिड्स स्लिंग’ ले इंटरसेप्ट गरेको थियो ।
सोही बेला ईरानको वायु रक्षालाई पनि गहिरो क्षति भएको थियो । तर अहिले जुन प्रकारले तेहरानले जवाफी तयारी गरेको छ, उसले इजरायल र उसका पश्चिमी सहयोगीहरुलाई चकित बनाइदिएको छ ।
सम्भवतः यसैकारण हो, डोनाल्ड ट्रम्पले फेरि इरानलाई बमबारीको धम्की दिन थालेका छन् । उनले इरानले परमाणु कार्यक्रम पुनः सुरु गरे आफूले फेरि बम बर्साउने चेतावनी दिएका छन् ।
जबकी ट्रम्प र नेतन्याहुले नै भनेका थिए कि इरान अब परमाणु बनाउन नसक्ने गरी थला परिसकेको छ । उसका हतियार र रक्षा प्रणालीमा ठूलो क्षति पुगेको छ ।
तर इरानले त्यसलाई अफवाह सावित गरिदिएको छ । अहिले ईरानको बावर–३७३ सिस्टम उसको वायु सुरक्षाको सबैभन्दा भरोसायोग्य स्तंभ बनेको छ ।
यो एस–४०० जस्तै मल्टी–टारगेट र मल्टी–लेयर इंटरसेप्शन क्षमता भएको छ । यसको रेंज ३०० किलोमीटरसम्म छ, र एक साथ कयौं एयरबोर्न थ्रेट्सको सामना गर्न सक्छ ।
२०२० मा ईरानले यसलाई सार्वजनिक गरेको थियो । तर हालैको संकटपछि यसलाई एक नयाँ कन्फिगरेशनमा पुनः तैनाथ गरिएको छ । रक्षा विशेषज्ञहरुका अनुसार यो सिस्टम अब थप तिव्र रिएक्शन टाइम र एन्हांस्ड रडार कभरेज सम्पन्न छ ।
इरान यो पटक खाली आफ्नो सीमाहरुको सुरक्षामा मात्रै अडिएन । डिफा प्रेसको रिपोर्टमा यो संकेत गरिएको छ कि इरानी सेनाले कयौं क्षेत्रहरुमा प्रिभेंटिभ डिफेंस अर्थात हमलाको आशंका भन्दा अघि नै बचाउको रणनीति अपनाएको छ ।
यसका लागि एयर डिफेंस यूनिट्सलाई नयाँ स्थानहरुमा सारिएको छ र मोबाइल मिसाइल यूनिट्सको संख्या पनि बढाइएको छ । इरानको यो तगडा खालको रिकभरी सैन्य रूपले मात्रै होइन कि बरु राजनीतिक रूपले पनि महत्वपूर्ण छ ।
किनभने यो इजरायल र अमेरिकाका लागि एक सिधा संदेश हो, कि ईरानलाई कमजोर सम्झने गल्ती नगर्नु । गत अक्टूबरमा पनि जब इजरायलले मिसाइल फ्याक्ट्रिहरुमा हमला गरेको थियो, ईरानले केही सातामै जवाफी सैन्य अभ्यास गरेर विश्वलाई चकित बनाइदियो ।
अहिले फेरी एक पटक बिना हल्लाखल्ला इरानले त्यो गरेर देखायो जसले  वरिष्ठ रक्षा विशेषज्ञहरुलाई  नै चकित बनाइदिएको छ । यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला ।
तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top