×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन् 

१० श्रावण २०८२
९ साउन , काठमाण्डौ ।
नेकपा (एमाले) नेतृत्वद्वारा पार्टी सदस्यता नवीकरणमा लगाइएको रोकपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीलाई खुला चुनौती दिँदै राजनीतिक प्रतिवादको शंखघोष गरेकी छन्।
दुई दिन लामो एमाले केन्द्रीय कमिटी बैठकले मंगलबार मध्यरातमा सदस्यता खारेज गर्ने निर्णय गरेपछि शुक्रबार विशेष पत्रकार सम्मेलन आयोजना गर्दै उनले भनिन्, “मेरो सदस्यता हुलहुज्जतमा केही मुठ्ठीभर नेताले खारेज गर्न सक्दैनन्।“
यो पत्रकार सम्मेलनले एमालेभित्रको शक्ति संघर्षलाई औपचारिक रूपमा सतहमा ल्याएको छ, जहाँ भण्डारीले आफूलाई निषेध गर्ने पार्टी निर्णयविरुद्ध कडा रूपमा प्रस्तुत भएकी छिन्।
’मेरो सदस्यता मदन भण्डारीले दिएका हुन्, कसैलाई लाग्दैमा खारेज हुँदैन’ भन्दै उनले  कुनै लोभलालच नभएको भन्दै राजनीतिमा सेवा गर्ने मुख्य उद्धेश्य रहेको बताएकी छन् ।
भावुक तर दृढ रूपमा प्रस्तुत भएकी भण्डारीले आफ्नो राजनीतिक विरासत र पार्टीप्रतिको निष्ठामाथि प्रश्न उठाइएकोमा गहिरो दुःख व्यक्त गरिन्। “मलाई जननेता मदन भण्डारीले पार्टी सदस्यता दिनुभएको हो। कसैलाई मन लाग्यो भन्दैमा यो खारेज हुन सक्दैन,“ उनले भनिन्, “म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३४ वर्ष भइसकेको थियो, अहिले ४५ वर्ष भयो। यो घाम जत्तिकै छर्लंग कुरा हो।“ 
उनले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्ने निर्णयले पार्टीकै शाख गिराउने चेतावनी दिइन्। “मेरो स्वतन्त्रता नियन्त्रण गर्ने गरी गरिएको यो निर्णयले मलाई दुःखित तुल्याएको छ। सत्यलाई अस्थायी रूपमा छेक्न सकिएला, तर लुकाउन सकिँदैन। जनवादको मूल्यमान्यता पनि यही हो,“ उनले थपिन्।
भण्डारीले आफू कुनै पदको लालसाले नभई पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउने संकल्पका साथ राजनीतिमा फर्किन खोजेको स्पष्ट पारिन्। “म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु, मलाई पदको लालसा छैन,“ उनले भनिन्, “राजनीतिक व्यक्ति भएकैले राष्ट्रपति बनेकी हुँ, र त्यो जिम्मेवारी पूरा गरेर पुनः पार्टी राजनीतिमा आबद्ध भई देश र जनताको सेवा गर्ने संकल्प गर्नु अनौठो होइन।“ 
उनले आफूले विधिपूर्वक नै सदस्यता नवीकरण गरेको र यसलाई विवादको विषय बनाउनु अनावश्यक भएको बताइन्। “मैले चुपचाप सदस्यता नवीकरण गरेकी थिएँ, तर सञ्चारमाध्यमले बाहिर ल्याएपछि मैले मदन भण्डारीको जन्मजयन्तीमा यसलाई सार्वजनिक गर्दै एमालेमा आबद्ध भएर राजनीति अघि बढाउने संकल्प गरेकी थिएँ,“ उनले प्रस्ट्याइन्।
एमालेको   मंगलबार मध्यरातमा सकिएको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् ।
सोमबार र मंगलबार चलेको केन्द्रीय कमिटी बैठकको समापनमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो निर्णय लिएको बताए । उनको उक्त निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा नेता कर्ण थापाले प्रतिवाद गरेका थिए ।
उनीहरूले बैठकमै नोट अफ डिसेन्ट लेख्ने जानकारी गराएका छन् ।  प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पूर्वराष्ट्रपति भण्डारी गणतन्त्रको प्रतीक भएकाले राजनीतिमा आउन नमिल्ने निर्णय बैठकले गरेको हो ।
ओलीले समापन मन्तव्यबाटै पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरणले मान्यता नपाएको घोषणा गरेका थिए । ‘कर्मचारीलाई पैसा बुझाएर रसिद लिएर जानु भयो, त्यो मान्य हुँदैन’, ओलीले तर्क गरे, ‘उहाँको अर्थात विद्या भण्डारीको सदस्यता नवीकरणबारे कि केन्द्रीय कमिटीले विशेष निर्णय गर्नुप¥यो कि सुरुबाटै प्रक्रिया यानिकि नयाँ सदस्यता लिने प्रक्रियाबाटै बढाउनु प¥यो । अब त्यो (नवीकरण) हुँदैन, राजनीतिमा  आउन मिल्दैन ।’
ओलीले यस्तो घोषणा गरिरहँदा हलको एउटा हिस्साले ताली बजाएका थिए । यद्यपि उपाध्यक्ष युवराज ज्ञवाली र अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिवाद गरे । तर त्यसले केही काम गरेन ।
यससंगै ओलीको विकल्प बन्ने उद्घोष गरेकी विद्या भण्डारीका लागि एमालेको सदस्य बन्न पनि अब नयाँ फारम भर्नु पर्ने भएको छ । उनको मुखैमा पार्टीको ढोका बन्द गरिएको छ ।
तर आजको  पत्रकार सम्मेलनसँगै पूर्वराष्ट्रपति भण्डारीले एमालेको आन्तरिक राजनीतिमा आफ्नो सशक्त उपस्थितिको संकेत दिएकी छिन्, जसले आगामी दिनमा पार्टीको शक्ति सन्तुलनलाई थप तरंगित बनाउने निश्चित छ।
Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top