NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने आइतवार अशोज ५ , २०८२
पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास आइतवार अशोज ५ , २०८२
प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ? आइतवार अशोज ५ , २०८२
अन्नतः युएईले क्रिकेटरलाई दियो भिसा, नेपाली टोली भोलि उड्ने आइतवार अशोज ५ , २०८२
Next
Prev

समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२
Reading Time: 1 min read
A A
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० साउन , काठमाण्डौं ।

नेकपा एमालेको संस्थापन पक्षका केही मुठ्ठिभरका मानिसले हुलहुज्जत र धाकधम्कीको भरमा, प्रक्रिया नपुर्याइकन आफ्नो क्रियाशिल सदस्यता निस्क्रिय पार्दै पार्टीमा फर्किन निषेध गरेकाले यो निर्णय नमान्ने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बताइसकेकी छन् ।

शुक्रबारको पत्रकार सम्मेलनमा उनले आफूविरुद्धको निर्णय अस्वीकार गर्ने मात्रै भनिनन् । अहिले एमालेमा संस्थापन पक्ष, विशेष गरी अध्यक्ष केपी शर्मा ओलीसहितका केही शीर्ष नेताहरुले पार्टीभित्रको लोकतन्त्रको घाँटी निमोठिरहेको पनि आरोप लगाइन् ।

LS Auto

नेता, कार्यकर्तालाई दबाव दिने, कारबाहीको नाममा तर्साउने काम बन्द गर्न र समग्र पार्टी सुधार गर्न उनले सबै कार्यकर्तालाई आह्वान पनि गरिन् ।

तर भण्डारीले पार्टी नेतृत्वलाई चेतावनी दिदै गर्दा यता उनका पक्षमा खुलेका नेताकार्यकर्ता भने कारबाहीमा पर्न थालेका छन् । यसको पहिलो शिकार भएका छन् लुम्बिनीका युवा नेता सुरज खरेल ।

भण्डारीको पक्षमा खुलेवपछ राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको छ ।

सामाजिक सञ्जालमार्फत एमालेको भावी अध्यक्ष विद्या भण्डारीलाई बनाउनुपर्ने मत राख्दै आएका खरेललाई असार २५ मा महासचिव महेश चौलागाईले स्पष्टीकरण सोधेका थिए । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ (दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९–११, पोखरा, कास्कीद्वारा संशोधितको धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूवाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।

पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र स्वेच्छाचारी तथा मनोमानी गतिविधि गरेको आरोप लगाइएको छ ।

खरेलसँग सोधिएको स्पष्टीकरणमा १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट र अभद्र व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्काएको र सामाजिक संजालमा पार्टी नेतृत्वनाई लाञ्छना लगाउने र मानहानी गर्ने लगायतका गतिविधि गरेर पार्टी तथा संगठनको हितमा नकारात्मक असर पारेकोले तीन दिनभित्र भौतिकरुपमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो।

खरेलले भौतिकरुपमा उपस्थित नभई इमेलमार्फत तीन पेज लामो स्पष्टीकरण दिंदै आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका थिए ।

उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर, कसैलाई अभद्र व्यवहार नगरेको, सामाजिक संजालमा नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराध नभएको जवाफ फर्काएका थिए ।

‘पार्टीलाई एकताबद्ध र बलियो बनाउन नेतृत्वको विकल्प खोज्नु कुनै अपराध होइन,म अधिवेशनबाट निर्वाचित भएको हुँ,मलाई हटाउन अर्को अधिवेशनले मात्रै सक्छ,’ खरेलले भने, ‘निलम्बनको निर्णय अन्यायपूर्ण र पुर्वाग्रहणप्रेरित छ,म संघमै क्रियाशील रहेर गतिविधि अघि बढाउँछु, आवश्यक परे समानान्तर कमिटी बन्न सक्छ ।’

सुरज देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन् । खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त गर्नुपर्ने तर्क गर्दै सम्मानसहित पार्टी नेतृत्व परिवर्तनको कुरा सामाजिक सञ्जालमार्फत् उठाउनुलाई लोकतान्त्रिक अभ्यास भनेका छन् ।

‘पार्टीको माया छ, र पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने आशा अझै बाँकी छ । अब मार्गप्रशस्त तपाईंले गर्नुपर्छ, जनता बोलिरहेका छन्, सुन्नुहोस्’, खरेलले केही हप्ताअघि एमाले अध्यक्ष ओलीसंग खिचेको तस्वीर सहित फेसबुकमा स्टाटस लेखेका थिए ।

संगठनमा फरक मत राखेकै कारण हुँदैनभएका आरोप लगाएर निलम्बन गरिनु खेदजनक भएको भन्दै निलम्बनले आफूलाई कुनै फरक नपर्ने बताएका छन् ।

संगठनका गतिविधिलाई निरन्तरता दिइने उनको भनाइ छ । ‘मलाई गलत आरोप लगाएर निलम्बन गरिएको पत्र पठाइएको छ ।’ उनले भने, निलम्बन स्विकार्य हुँदैन । मैले संगठनका गतिविधि निरन्तर गर्छु ।’

यता उनले समर्थन गर्ने गरेका विद्या भण्डारीले पनि आफूलाई पूर्वराष्ट्रपति भन्दा पनि एमालेको पूर्वउपाध्यक्षका रुपमा आफूलाई उभ्याएकी छन् । पार्टीले आफूलाई निषेध गरेपनि आफ्नो क्रियाशिलता नरोकिने उनले बताएकी छन् ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले पार्टी अध्यक्षलाई एमालेले रोक्न खोजे पनि सक्रिय पार्टी राजनीतिमा लागिसकेको, आफूलाई मदन भण्डारीले प्रदान गरेको सदस्यता हुलहुज्जतबाट नखोसिने, पार्टीसँगको आबद्धता राजनीतिक र संवैधानिक अधिकार भएको, पार्टी एकताका लागि आफू सक्रिय राजनीतिमा आएको, केन्द्रीय कमिटीले जबज प्रतिकूलको निर्णय गरेको लगायतमा संदेश दिइकी छन् ।

भण्डारीले आफूलाई राजनीतिक रूपमा निष्क्रिय गराउने एमाले नेतृत्वको प्रयास संविधान, ऐन–कानुन र पार्टीको लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको दाबी गर्दै त्यसको प्रतिरोध गर्ने समेत बताएकी छन् ।

पार्टी सदस्यता खारेज गर्ने एमाले केन्द्रीय कमिटीको कदमलाई उनले आवेग र उत्तेजनामा गरिएको अपरिपक्व निर्णय भन्दै आफ्नो सक्रिय राजनीतिलाई कसैले रोक्न नसक्ने चुनौती दिएकी छन् ।

तर उनका यस्ता चुनौती उनका समर्थकहरुलाई भने भारी पर्ने देखिएको छ । एमाले संस्थापन पक्षले अब थप कारबाहीको शिलशिला सुरु गर्ने आँकलन गरिएको छ ।

Tags: #विद्याको समर्थन3एमालेले हान्यो चाबुक

लोकप्रीय

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

विचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

थप समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने
ताजा समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा
ताजा समाचार

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
ताजा समाचार

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?
ताजा समाचार

अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?

आइतवार अशोज ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

00:16:33

World News: Russia–भियतनामबीच गोप्य सम्झौता, पाक–चीनको प्रस्तावविरुद्ध भिटो || Nepal Times

00:21:52

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

आइतवार अशोज ५ , २०८२

हालका पोस्टहरू

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.